क्याडिजसँग फेरि बराबरीमा रोकियो बार्सिलोना

  • खेलकुद
  • २०७८ आश्विन ८, शुक्रबार ०९:५३

८ असोज, काठमाडौं । स्पेनिस ला लिगाको उपाधि दावेदार बार्सिलोना क्याडिजसँग बराबरीमा रोकिएको छ । क्याडिजको घरेलु मैदानमा शुक्रबार बिहान भएको खेलमा बार्सिलोना गोलरहित बराबरीमा रोकिएको हो ।

बार्सिलोना ६५औं मिनेटमा १० खेलाडीमा समेटिएको थियो । फ्रान्की डि जोङ रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि बार्सिलोना दबाबमा परेको हो । तर क्याडिजले त्यसको फाइदा उठाउन भने सकेन । क्याडिजका प्रहार बार्सिलोनाका गोलरक्षक स्टेगनले जोगाएका थिए । उनी ‘म्यान अफ दी म्याच’ भए ।

जारी सिजन खराब नतिजाबाट गुज्रिएको बार्सिलोनाको यो लगातार दोस्रो बराबरी हो । अघिल्लो खेलमा पनि बार्सिलोना ग्रानाडासँग आफ्नै मैदानमा १–१ गोलको बराबरीमा रोकिएको थियो ।

गत सिजनमात्र शीर्ष डिभिजनमा उक्लिएको क्याडिजलाई बार्सिलोनाले हराउन सकेको छैन । गत सिजन पहिलो खेलमा बार्सिलोना क्याडिजसँग २–१ गोलले पराजित भएको थियो । अर्को खेलमा १–१ गोलको बराबरीमा रोकिएको थियो ।

बराबरीसँगै बार्सिलोना सातौं स्थानमा छ । पाँच खेलमा दुई जित र तीन बराबरी नतिजा निकालेको बार्सिलोनाको नौ अंक छ । ६ अंक बनाएको क्याडिज १४औं स्थानमा छ । शीर्षस्थानमा रहेको रियल म्याड्रिडको ६ खेलबाट १६ अंक पुगेको छ । दोस्रो स्थानमा रहेको एट्लेटिको म्याड्रिडको १४ र तेस्रो स्थानमा रहेको रियल सोसिडाडको १३ अंक छ ।

शनिबार राति भएको खेलमा ग्रानाडालाई ३–२ गोलले हराउँदै सोसिडाड तेस्रो स्थानमा उक्लिएको हो । सोसिडाडको जितमा अरित्ज इलुस्टोन्डोले दुई तथा माइकल मेरिनोले एक गोल गरे । ग्रानाडाका जर्मन सान्चेज र लुईस मिल्लाले गोल गरेका थिए ।

 
 
  • सम्बन्धित समाचारहरूः

    • २०८१ माघ ७, सोमबार २१:५९
    • 56 views
    खो खो खेलको उपलब्धि : नेपाली खेलकुद क्षेत्रमा नयाँ स्वाद

    ७ माघ, काठमाडौं । एक साताअघिसम्म खो खो खेलको बारेमा धेरै नेपाली खेलप्रेमी तथा खेल समर्थकहरू अनविज्ञ नै थिए । एक सातामा नेपाली खो खो खेलले व्यापक चर्चा कमाउन सफल…

    विस्तृत.....

    • २०८१ माघ ७, सोमबार २१:५९
    • 62 views
    नेपाल कबड्डी लिगमा जनकपुर नाइट्सको लगातार दोस्रो जित

    ७ माघ, काठमाडौं । जनकपुर नाइट्सले नेपाल कबड्डी लिग (एनकेएल)मा लगातार दोस्रो जित हात पारेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा मंगबार भएको एक मात्र खेलमा जनकपुरले धनगढी वाइल्डक्याट्सलाई ३७–३१…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *