२७ दिनपछि रिहा हुँदै साहरुख खान पुत्र आर्यन
एजेन्सी, काठमाडौं, १३ कात्तिक
क्रूज ड्रग्स प्रकरणमा पक्राउ परेका बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान रिहा हुँदैछन् । गत अक्टोबर २ मा आर्यनसहित आठ जनालाई मुम्बईस्थित नार्कोटिक्स कन्ट्रोल ब्युरोले पक्राउ गरेर मुद्दा चलाएको थियो ।
खानले बिहीबार जमानत पाएका थिए। बाम्बे उच्च अदालतले शुक्रबार जमानतका लागि १४ सर्त राखेको थियो । तर, सर्त उल्लंघन भएमा जमानत रद्द हुनेछ ।
आर्यनको जमानत भए पनि औपचारिकता बाँकी रहेकाले उनी अझै मुम्बईस्थित आर्थर रोड जेलमा रिहाइको पर्खाइमा छन् । आज बिहान १० बजे कारागार खुलेपछि उनी बिहान नै ११ बजेसम्म रिहा हुने ठानिएको छ ।
आर्यनलाई पार्टीका लागि तयार एक क्रुज सिपबाट पक्राउ गरिएको हो । उनको साथमा ड्रग्स नभेटिएको र उनले सेवन नगरेको भनिए उनको २ पटक जमानत रद्द गरिएको थियो ।
कावासाेतीः व्यक्तिगत आयकर तथा कम्पनी दर्ता र सवारी
२८ असार, चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदो
पछिल्लो समय गर्भपतन गराउनेको संख्या बढ्दै गइरहेको छ
दिपेन्द्र रेग्मी, कावासोती, : सरकारसँग विभिन्न १६ बुँदे
काठमाडौं । लघुवित्त पीडित र मिटरव्याज पीडितको आन्दोलनका
दिपक विश्वकर्मा,मंसिर २७, स्याङ्जा, । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले
कावासोती । नेपाल पत्रकार महासंघ नवलपुरको नयाँ नेतृत्व
एन सन्चार, कावासोती, ३० मंसिर ०८१ । सर्पदंश