
कात्तिक २०, काठमाडौं ।। हिन्दू नेपालीहरूको महानचाड तिहार दिदीबहिनीले दाजुभाइलाई सप्तरंगी टीका लगाइदिएर मनाइएको छ ।
नेपाली समयअनुसार टीकाको उत्तम साइत बिहान ११ बजेर २ मिनेटमा थियो ।
अधिकांश नेपालीले शुभसाइतमै टीका लगाएका छन् भने शुभसाइतमा लगाउन नभ्याउनेहरू त्यसपछि पनि टीका लगाउन सक्ने पञ्चांग निर्णायक समितिले जनाएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले पनि शुभसाइतमा दाइ डेकेन्द्र पाण्डेलाई टीका लगाइदिएकी छन् ।
बहिनीको हातबाट टीका थाप्न पाण्डे शीतल निवास पुगेका थिए ।