कात्तिक २०, एजेन्सी ।।भारतको महाराष्ट्रस्थित अहमदनगरको जिल्ला अस्पतालमा शनिवार बिहान आगलागी भएको छ ।

अस्पतालको आईसीयूमा आगलागी हुँदा ११ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । 

शनिवार बिहान ११ः३० बजे आगलागी शुरू भएको थियो । 

सो समयमा आईसीयू वार्डमा २० जना रहेको बताइएको थियो । आईसीयूमा केही बिरामीलाई भेन्टिलेटरमा राखिएको थियो ।

विद्युत शर्ट भएर अस्पतालमा आगलागी भएको भारतीय प्रहरीले प्रारम्भीक अनुसन्धानमा खुलेको जनाएको छ । तर यसबारे पूर्ण जानकारी भने आइनसकेको प्रहरीले बताएका छन् । 

यसैबीच महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेले घटना दुखद् भएको प्रतिक्रिया दिएका छन् । 

त्यहाँका स्वास्थ्यमन्त्री राजेश टोपेले प्रत्येक मृतकको परिवारलाई ५/५ लाख रुपैयाँ राहत दिने घोषणा गरेका छन् ।