मंसिर ६, काठमाडौं ।। सूचना तथा प्रसारण विभागले आस्था र पतञ्जली टेलिभिजनमा छापा मारेको छ। विभागका महानिर्देशक गोगनबहादुर हमालले निरीक्षणका लागि टोली पठाएको पुष्टि गरे।
हमालले उक्त टोलीले दिने प्रतिवेदनको आधारमा निर्णय लिइने बताए। अनुगमन टोलीले आस्था र पतञ्जली टेलिभिजनको केही महत्त्वपूर्ण कागजातसमेत निणन्त्रणमा लिएको छ।

