मंसीर २९ ,नवलपुर : देवचुलीको घुमाउरीमा पौष १० गते देखि तेस्रो महिला तथा २७ औं पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । जन जागृत युवा क्लब देवचुली ९ बिशालटार तिनघरेको आयोजनामा खेल हुने भएको हो ।
पछिल्लो समय पिकनिक स्पटको रुपमा चिनिएको घुमाउरी पिकनिक स्पटको खेल मैदानमा खेल हुने क्लबका अध्यक्ष बिरेन्द्र राज काफ्लेले बताएका छन्। प्रतियोगितामा पुरुषतर्फ पहिलो, दोस्रो र तेस्रो हुने समुहलाई क्रमश १ लाख ११ हजार , ६१ हजार र ३१ हजार पुरस्कार राशि रहेको छ भने महिला तर्फ क्रमश पहिलो, दोस्रो र तेस्रो हुने समुहलाई २० हजार , १५ हजार र १० हजार रहेको आयोजकले जनाएको छ ।
आयोजकका अनुसार सहभागि हुन चाहने समुहले पौष १० गते सम्म सम्पर्क गरि समूह दर्ता गराउन सकिनेछ। यस्तै टिम दर्ताको लागी पुरुष समुहको लागी ३ हजार र महिला समुहको लागी ३ सय रुपैंया तोकिएको खेल संयोजक चन्द्र बहादुर थापा मगरले बताएका छन् ।

