नवलपरासी प्रहरीद्धारा ९ जना अभियुक्त प्रकाउ
पौष ८, नवलपुर । नवलपरासी (पश्चिम) प्रहरीले आज बिभिन्न मुद्धामा फरार रहेका ९ जना अभियुक्त पक्राउ गरेको छ । बिभिन्न मितिमा फैसला भई कैद तथा जरिवाना तोकिई तत्काल सजाय भुक्तान गर्न बाँकी रहेका वैदेशिक रोजगार ठगी मुद्धाका १ जना, कुटपिट मुद्धाका ३ जना, गाली बेईजती मुद्धाका १ जना, जारी मुद्धाका १ जना, सवारी ज्यान मुद्धाका १ जना, चोरी मुद्धाका १ जना र नकवजनी चोरी मुद्धाका १ जना गरी जम्मा ९ जना फरार अभियुक्तहरु जिल्ला प्रहरी कार्यालय तथा मातहत समेतबाट खटिएको प्रहरी टोलीले जिल्लाका बिभिन्न स्थानबाट पक्राउ गरेको हो ।
जिल्लाको रामग्राम नगरपालिका अन्तर्गतको एरियाबाट २ जना, सरावल गाउँपालिका अन्तर्गतको एरियाबाट १ जना, बर्दघाट नगरपालिका अन्तर्गतको एरियाबाट ४ जना, प्रतापपुर गाउँपालिका अन्तर्गतको एरियाबाट २ जना फरार अभियुक्त पक्राउ गरीएको छ । सम्मानित अदालतको लगत अनुसार प्रक्राउ पर्नेमा वैदेशिक रोजगार ठगी मुद्धाका १ जना अभियुक्तको ३ बर्ष कैद र ३ लाख रुपैयाँ जरीवाना तोकिएका छ भने अन्य अभियुक्तहरुको कसुर अनुसार ७ दिन देखि २ महिना ४ दिन सम्म कैद र १ सय रुपैयाँ देखि १० हजार रुपैयाँसम्म जरीवाना तोकिएको छ जसमा न्यूनतम सजाय गाली बेईजती मुद्धाका एक जना अभियुक्तको १ सय रुपैयाँ जरीवाना रहेको छ ।
आज पक्राउ परेका ९ जना अभियुक्तहरुको एकमुष्ट जम्मा सजाय ३ बर्ष ३ महिना ४ दिन कैद र ३ लाख १२ हजार ९ सय ९१ रुपैयाँ जरिवाना रहेको छ । पक्राउ गरीएका सबै ९ जना फरार अभियुक्तहरुलाई आवश्यक कारवाहीको लागि आजै सम्मानित नवलपरासी जिल्ला अदालतमा पेश गरिएको र सम्मानित अदालतबाट लगत अनुसारको कारबाही भएको छ ।
https://www.nsancharonline.com/archives/8593?p=8593कावासाेतीः व्यक्तिगत आयकर तथा कम्पनी दर्ता र सवारी
https://www.nsancharonline.com/archives/8593?p=8593२८ असार, चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदो
https://www.nsancharonline.com/archives/8593?p=8593पछिल्लो समय गर्भपतन गराउनेको संख्या बढ्दै गइरहेको छ
https://www.nsancharonline.com/archives/8593?p=8593दिपेन्द्र रेग्मी, कावासोती, : सरकारसँग विभिन्न १६ बुँदे
https://www.nsancharonline.com/archives/8593?p=8593काठमाडौं । लघुवित्त पीडित र मिटरव्याज पीडितको आन्दोलनका
https://www.nsancharonline.com/archives/8593?p=8593दिपक विश्वकर्मा,मंसिर २७, स्याङ्जा, । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले
https://www.nsancharonline.com/archives/8593?p=8593कावासोती । नेपाल पत्रकार महासंघ नवलपुरको नयाँ नेतृत्व
https://www.nsancharonline.com/archives/8593?p=8593एन सन्चार, कावासोती, ३० मंसिर ०८१ । सर्पदंश
https://www.nsancharonline.com/archives/8593?p=8593गजल १. आगो बोकेर हिंडेको छु पैतालामा गहिरा समुन्द्र भए पनि
https://www.nsancharonline.com/archives/8593?p=8593चितवन, मंसिर १९ गते । चितवनमा रास्वपा सभापति