शितल सामुदायिक वनको साधारणसभामा विद्यालयलाई शैक्षिक सामाग्री वितरण

 देवचुली, माधब सुबेदी

गैडाकोट नगरपालिका वडा नं १५ अमरापुरीमा रहेको शितल सामुदायिक बन उपभोक्ता समुहको १९ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गरी सोहि सोहि सामुदायिकको प्राङ्गणमा गरिएको थियो । कार्यक्रमको अध्यक्ष्यता शितल सामुदायिक वनकी अध्यक्ष पार्वती पौडेलले गर्नुभएको थियो भने प्रमुख अतिथीको रुपमा सव डिभीजन वन कार्यालय कावासोतिका प्रमुख मोहनराज काफ्ले रहनुभएको थियो ।

No description available.

त्यस्तै विशेष अतिथिको रुपमा गण्डकी प्रदेश सामुदायिक वन महासंघ नेपालका उपाध्यक्ष खगराज सापकोटा, सामुदायिक वन जिल्ला महासंघ नेपालका अध्यक्ष ठाकुर प्रसाद पाण्डे लगाएत रहनुभएको थियो ।

No description available.

कार्यक्रममा बोल्दै प्रमुख अतिथी काफ्लेले गएको आर्थिक बर्षमा र विगतमा सामुदायिक बनले गर्दै आएका क्रियाकलापहरु, देखा परेका समस्याहरु, चुनौतीहरुलाई कसरी न्यूनीकरण गदैं अगाडी बढाउन सकिन्छ र केहि अवसर, केहि सम्भावनाहरु,स्रोतको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा अगाडी बढेकको मा खुसी व्यक्त गर्नुभयो । उहाँले शितल सामुदायिक वन उत्पादन शिल र संरक्षणमुखी बन रहेको बताउदैं बाढि पहिरो भुक्षय प्राकृतिक प्रकोप जग्गा जमिन लगाएतलाई बचाउन साथैं वनमा गरेको संरक्षण बाट केहि वन पौदावर व्यवस्थापन गर्न पनि सकिने बताउनुभयो ।

No description available.

त्यस्तै शितल सामुदायिक वनकी अध्यक्ष पार्वती पौडेलले कार्यक्रममा शितल सामुदायिक वनको स्थापना काल देखी वन संरक्षण र आर्थिक सहयोग गर्ने ३ जनालाई दोसल्ला ओढाई सम्मान र सोहि स्थान गैडाकोटमा रहेको बालउदय आधारभुत विद्यालयका ९२ जना विद्यार्र्थीहरुलाई कपी १ थान र पेन्सील १ थान सहयोग गरिएको बताउनुभयो । कार्यक्रममा बार्षिक प्रतिवेदन समेत प्रस्तुत गरिएको थियो । २०५४ सालमा स्थापना भएको शितल सामुदायिक वन उपभोक्ता समुहले उपभोक्ताहरुको मन जित्न सफल भएको छ ।

No description available.

पहिरो पिडित बासिन्दाहरुले बस्ती र खेतियोग्य जमिन कटान संरक्षण गर्नको लागि शिशौ जातका विरुवा लगाईएको छ भने यस सामुदायिक वनमा शिशौ, खयर , धुपी, बाँस, अमृसो, बकाईनो, शिरिस , कपोल लगाएतका थुप्रै बोटविरुवाहरु रहेका छन् । १६.६ बाट १७.६ हेक्टर सम्म फैलिएको यस सामुदायिकमा खाली ठाउमा विरुवा रोपण गर्ने, बाह्य लेखा प्रशिक्षण नियुक्ती गर्ने, समयमा वन भित्र रहेको भुई घाँस उपभोक्ताहरुलाई शुल्क लिएर घाँस काट्न दिने , राम्रो काम गर्ने उपभोक्ताहरुलाई पुरस्कृत गर्ने, वनको आम्दानि नभएतापनी समितिको आफनै व्यक्तिगत खर्चबाट वन अवलोकनका लागि भ्रमण लगाएतका विभिन्न विषयहरुमा निर्णय गरिएको छ । कार्यक्रममा सामुदायिक वनका कर्मचारीहरु, उपभोक्ताहरु, विभिन्न ठाउका वनका अध्यक्ष एवम प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।