
एन सञ्चार, पौष १३ः
देशका विभिन्न क्षेत्रमा आज वर्षा र हिमपातको सम्भावना रहेको छ । आज दिउँसो देशभर सामान्यदेखि पूर्णतया बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार उच्च पहाडी तथा हिमाली भू–भागहरुका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको संभावना रहेको छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशको थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
आजराति देशभर सामान्यदेखि पूर्णतया बदली रहनेछ । देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको पनि सम्भावना रहेको छ ।
देशको पहाडी तथा हिमाली क्षेत्रका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको तथा देशका पहाडी भू–भागको केही स्थानहरुमा हल्का वर्षाको संभावना रहेकाले देशभर चिसो बढ्ने क्रममा रहेको विभागले जनाएको छ ।
चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन आग्रह गरेको छ ।