जातिय विभेद भन्दै मोसो दलेको घटना प्रहरी कार्यालयमा पुग्यो

 बैशाख १ गते , नवलपुरको मध्यविन्दु -९ का आरोपित विष्णु भण्डारीले वनभोजको क्रममा स्थानीय दिपक विकलाई जातिय विभेद गरेको भन्दै आइतबार भण्डारीलाई मोसो दलेका थिए । सोहि  जातिय विभेद गरेको भन्दै मोसो दलेको घटना प्रहरी कार्यालयमा समेत पुगेको छ । वनभोजमा खाना खाने समयमा आफु माथि जातिय विभेद गरेको दिपक विकको आरोप छ । यता आफुलाई मोसो दलेर दुव्र्यवहार गरेको भन्दै भण्डारीले भने जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा उजुरी दिएका छन् । 
 
उनले दिएको उजुरीको आधारमा जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)ले मोसो दल्नेहरुलाई गिरफ्तार गर्न पक्राउ पुर्जी जारी गरेको छ । आफुलाई स्थानीय ६५ रन बहादुर बि.क. को नेतृत्वमा दिपक बि.क., हरि बि.क., प्रमोद बि.क. र नर बहादुर कुमाल सहितका व्यक्तिले मोसो दलेर अभद्र व्यवहार गरेको भन्दै भण्डारीले उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दिलिप कुमार गिरीले बताउनुभयो । 
मोसो लगाउने पक्षले भने जातिय विभेद गरेको कारण मोसो दलेको बताएका छन् । प्रहरीले भने जातिय विभेद भएको सम्बन्धी कुनैपनि उजुरी कार्यालयमा नआएको बताएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको र अनुसन्धान पस्चात मात्रै विस्तृत विवरण आउने डिएसपी गिरीले बताउनुभयो ।
Source: Darpan fm
  • सम्बन्धित समाचारहरूः

    • २०८१ पुष २५, बिहीबार २१:३३
    • 17 views
    नारायणी किनारमा १५ औं चितवन महोत्सव सुरु

    चितवन – नारायणगढको नारायणी नदी किनारमा १५ औं चितवन महोत्सव सुरु भएको छ । व्यापारिक तथा औद्योगिक बस्तुको प्रदर्शनीसहित बिहीबारदेखि महोत्सव सुरु भएको हो । चितवन उद्योग वाणिज्य संघले आयोजना गरेको…

    विस्तृत.....

    • २०८१ पुष २४, बुधबार ०९:२९
    • 14 views
    तिब्बत भूकम्प : ९५ जनाको मृत्यु, १३० घाइते

    कावासोती । तिब्बतको सिगात्से सहरमा मङ्गलबार गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ९५ पुगेको छ भने १३० जना घाइते भएका छन् । चिनियाँ सञ्चारमाध्यम सिन्ह्वाका अनुसार मङ्गलबार बिहान गएको भूकम्पमा…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *