वालुवाटारमा रहेका राम—सीताका मूर्ति अयोध्यापुरी लगिँदै

  • समाचार
  • २०७८ बैशाख ७, मंगलवार ०५:२९

काठमाडौं : प्रधानमन्त्री निवास बालुवाटारमा राखिएको राम–सीताको मूर्ति रथ यात्रासहित आज चितवनको माडी अयोध्यापुरीमा लगिने भएको छ। राम नवमीका दिन अयोध्यापुरीमा राम मन्दिर स्थापना गर्न बालुवाटारमा बनाएर राखिएको राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति अयोध्यापुरीमा लैजान लागिएको हो। गत असार २९ गते प्रधानमन्त्री केपी शर्मा ओलीले रामको जन्म माडीको अयोध्यापुरीमा भएको भन्ने अभिव्यक्ति दिएपछि त्यहाँ राम मन्दिर स्थापना गर्ने प्रकृया शुरू भएको हो।

 

प्रधानमन्त्री ओलीको निर्देशनमा तीन महिनाअगाडि नै बालुवाटारमा राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति स्थापना गरिएको थियो। मूर्तिलाई आज पशुपतिनाथ मन्दिरको परिसरमा रहेको राम मन्दिरमा लगेर स्वस्ति वाचन र मन्त्र उच्चारणसहित रथमा राखेर माडीतर्फ लैजाने तयारी भएको बागमती प्रदेशका सांसद विजय सुवेदीले बताए। प्रधानमन्त्रीबाट कलश र बग्गीसहित प्रारम्भ हुने शोभायात्रा आज देवघाटमा गए बस्ने र भोलिपल्ट मूर्ति पुजन गरेर माडीतर्फ लैजाने कार्यक्रम रहेको उनले जानकारी दिए। चारवटा मूर्तिलाई चार वटा रथमा राखेर भद्रकालीसम्म १ हजार ८ कलश र बग्गीसहित रथ शोभायात्रा निस्कने सुवेदीले बताए।

त्यसपछि नागढुंगासम्म बग्गी र सयौँ गाडीको लस्करसहित रथयात्रा हुनेछ। त्यहाँबाट साना गाडीहरू सहितको रथयात्रा हुनेछ। भोलि बिहान ८ बजे देवघाटको वेणी संगमको जलले मूर्तिलाई अभिषेक गराई स्वस्ति वाचनसहित विशेष पूजा गरी पुनः रथयात्रा माडीतर्फ लाग्ने सुवेदीले बताए। मूर्तिलाई भोलि नै राम मन्दिरमा स्थापना गर्ने कार्यक्रम तय गरिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री भानुभक्त ढकाल र बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मूर्तिलाई स्वागत गर्ने कार्यक्रम छ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ माघ २०, आईतवार २२:५३
    • 91 views
    अर्जुनचौपारीमा एच.पि.भी खोप सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न ।

    २० माघ, दिपक विश्वकर्मा: अर्जुनचौपारी गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा एच.पि.भी.खोप अभियान २०८१ अन्तर्गत पालिका खोप समन्वय समितिका पदाधिकारीहरुलाई १ दिने अभिमुखिकरण कार्यक्रम माघ २० गते आइतबारका दिन सम्पन्न भएको छ…

    विस्तृत.....

    • २०८१ माघ १३, आईतवार १४:५१
    • 33 views
    विद्युत् महसुल नतिर्ने चितवनका १३ सयभन्दा बढी ग्राहककाे लाइन काटियाे ।

    माघ १३,चितवन । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले एक हजार ३६८ ग्राहकको लाइन काटेको छ। समयमा विद्युत् महसुल नबुझाएका उनीहरूको लाइन गत साउनयता काटिएको हो। कार्यालयका प्रमुख ई. रामु…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *