+
+
-- Sponsored Ad --

एकाध देशले तोकेको वैश्विक नियम मान्य नहुने चिनिया राष्ट्रपतिको भनाइ ।

752 पटक हेरिएको
Clock २०७८ बैशाख ८, बुधबार ०४:२२
-- Sponsored --

चीनका राष्ट्रपति सी जिनपिङले एक–दुई देशले वैश्विक नियम बनाउन नसक्ने बताएका छन्।

अमेरिका र पश्चिमा राष्ट्रबाट कटुतापूर्ण व्यवहार झेलिरहँदा पनि विश्व महाशक्ति बन्ने यात्रामा रहेको चीनका राष्ट्रपतिले यस्तो अभिव्यक्ति दिएका हुन्। 

केही देशले मात्रै बनाएको नियम जबरजस्ती पालना गराउन खोज्ने कोशिश भए कसैलाई पनि फाइदा नपुग्ने पनि उनले चेतावनी दिएका छन्।

 

बोआओ फोरमलाई मंगलबार सम्बोधन गर्दै सीले यस्तो बताएका हुन्। फोरमको बैठकमा एसियाली मुलुकका अधिकांश कार्यकारी प्रमुखहरु सहभागी थिए। 

अमेरिकाको नाम नलिइकन सीले निशाना साँधेको बीबीसीमा उल्लेख छ। उनले विश्व अब एक–दुई देशले तय गरेको नियमअनुसार चल्न नसक्ने बताएका हुन्। सबैलाई न्याय मिल्नुको सट्टा अहिले निश्चित शक्तिहरुले बोलवाला चाहेको तथा जवाफदेही नभएको सीले दाबी गरे। 

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --

सिफारिस

×
ताजा लोकप्रिय सर्च
Ad
🎡 Spin & Win