अमेरिकामा हवाई दुर्घटना हुँदा दुई जनाको मृत्यु
भदौ १२, फ्लोरिडा : अमेरिकी राज्य फ्लोरिडामा एक हवाई दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सोमबार उडेको एक मेडिकल उद्धार हेलिकप्टरमा आगो लागे पछि फोर्ट लाउडरडेल नजिकैको अपार्टमेन्ट कम्प्लेक्समा दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा हेलिकप्टरमा सवार प्यारामेडिक क्याप्टेनसहित दुई जनाको मृत्यु भएको छ । विमानमा सवार अन्य दुई जना र अपार्टमेन्ट कम्प्लेक्समा रहेका अन्य दुई जना घाइते भएका छन् ।
हेलिकप्टर भुईँमा खस्दा ब्रोवार्ड काउन्टी फायर रेस्क्यु क्याप्टेन टेरिसन ज्याक्सन ९४९० र एक महिलाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। सोमबार बिहान करिब ८ः४५ बजे पोम्पानो बिच एयरपार्कबाट उडेको हेलिकप्टर …
टिपरले मोटरसाइकललाई ठक्कर दिँदा चिकित्सकको मृत्यु
भदौ १२, मोरङ : पूर्व पश्चिम राजमार्ग अन्तर्गत मोरङको उर्लाबारीमा आज बिहान भएको सवारी दुर्घटना हुँदा चिकित्सकको मृत्यु भएको छ।उर्लाबारी –४ स्थित ऊँ सत्य साई पेट्रोल पम्प छेउमा टिपरको ठक्करबाट सप्तरी घर भएका २८ वर्षीय डाक्टर निरज यादवको मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ।
इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक देवेन्द्र दासका अनुसार पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्र १–०२–०५२ प ४२४१ नम्बरको मोटरसाइकल र पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र ३–००१ क ००९५ नम्बरको टिपर एकापसमा ठक्कर हुदाँ मोटरसाइकलमा सवार यादव गम्भीर घाइते भएका थिए।
उपचारका लागि तत्काल उर्लाबारी–३ स्थित मदन …
भैरहवाबाट हङकङ र नयाँदिल्ली उडान सुरु
भदौ १२, रुपन्देही : नेपाल वायुसेवा निगम ९एनएसी०ले आजबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हङकङ र नयाँ दिल्लीको उडान गर्ने भएको छ । भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौंलाई ट्रान्जिट बनाएर हङकङ र दिल्लीमा नियमित उडान गर्ने भएको हो ।
मङ्गलवार हप्ताको एक दिन एक उडानबाट सेवा सुरु गरेर यसको सुरुवात गरिएको छ । निगमका प्रवक्ता रमेश पौडेल मागको आधारमा उडानको संख्या थप्दै लगिने छ । उनका अनुसार भैरहवाबाट बिहान ८ः१५ मा उडेको जहाज ९ बजे काठमाडौंमा अवतरण गर्नेछ। त्यसपछि ट्रान्जिट भई हङकङ जाने यात्रु हङकङको उडानमा र दिल्ली जाने यात्रु निगमकै कनेक्टिङ्ग …
समाजवादी मोर्चाले आज बुटवलमा घोषणासभा गर्दै, शीर्ष नेताहरुले सम्बोधन गर्ने
भदौ १२, रुपन्देही : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बुटवल आउने भएका छन्। समाजवादी मोर्चाद्वारा आयोजना हुने घोषणसभालाई सम्बोधन गर्न उनी यहाँ आउन लागेका हुन्
सो सभालाई मोर्चामा आबद्ध अन्य चार दलका शीर्ष नेताले पनि सम्बोधन गर्नुहुने कार्यक्रम रहेको जनता समाजवादीका नेता मनिकर कार्कीले जानकारी दिए ।
बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने सभालाई नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र जनता समाजवादीका केन्द्रीय परिषद् सदस्य तथा प्रदेश इन्चार्ज राजकिशोर यादवलगायतका नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको नेता कार्कीले जानकारी …
विदेशी मुद्राको विनिमय दर सोमबार कुनको कति ?
भदौ ११,काठमाडौं : नेपाल राष्ट्र बैंकले आज ९११ भदौ २०८०, सोमबार० का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। भारतीय रुपैयाँको एउटै दर कायम हुँदै आए पनि अन्य विदेशी मुद्राको विनिमय दर भने हरेक दिन निर्धारण हुन्छ।
भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ।
सोमबार अमेरिकी डलर १ को खरिदर १३१ रुपैयाँ ९४ पैसा छ भने बिक्री दर १३२ रुपैयाँ ५४ पैसा निर्धारण भएको छ।
युरो १ को खरिद दर १४२ रुपैयाँ ५२ पैसा छ भने बिक्री दर १४३ रुपैयाँ १७ …
विदेश पठाइदिने भन्दै रकम ठगी गर्ने देवचुलीका एक सहित चार जना पक्राउ
भदौ ११, काठमाडौं : काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पठाइदिने भन्दै रकम ठगी गरेका अभियोगमा चार जनालाई विभिन्न स्थानबाट पक्राउ गरी सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा नवलपरासी (वर्दघाट सुस्ता पूर्व) नवलपुरको, देवचुली नगरपालिका–८ घर भई कठमाडौँ टोखा नगरपालिका–३ बस्ने ३० वर्षीय समीर आलेमगर, रामेछाप उमाकुण्ड गाउँपालिका–१ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटार बस्ने ३५ वर्षीया शर्मिला सुनुवार, सल्यान कपुरकोट गाउँपालिका–३ घर भई भक्तपुर सूर्यविनायक नगरपालिका–१ बस्ने ५१ वर्षीय जगतबहादुर खड्का र कास्की पोखरा महानगरपालिका घर भई ललितपुर महानगरपालिका–१४ नख्खीपोट बस्ने ४० वर्षीया तारा …
पत्रकार महासंघका जिल्ला अध्यक्ष नै खुलेआम गौ-हत्या अभियानमा
भदौ ११, सुनसरी : राष्ट्रिय जनावर तथा हिन्दू धर्माबलम्बीले ‘माता’ मान्ने गाई तथा गोरुको बध गर्न नेपालको कानूनले निषेध गरेको छ । तर, कानूनी व्यवस्थाको धज्जी उडाउँदै केही व्यक्तिहरुले गाईगोरु काटेको र खाएको भन्दै सामाजिक सञ्जालबाट प्रचारप्रसार गरिरहेका छन् ।
गौहत्याको आरोपमा पक्राउ परेका दुई व्यक्ति केही दिनअघि धरौटीमा छुटेका थिए । उनीहरुलाई स्वागत गर्न भन्दै धरानमा भोज गरिएको थियो । भोजमा गोरुको मासु खाएको भन्दै भिडिओ बनाएर सामाजिक सञ्जालमा अपलोड गरियो ।
त्यसयता थुप्रै व्यक्तिहरुले गाईगोरु काटेर खाएको भन्दै भिडिओ हालेर कानूनी निकायलाई चुनौती दिइरहेका छन् । तर, अहिलेसम्म कोही पनि …
“धर्मनिरपेक्षता खारेज गरी वैदिक सनातन हिन्दू राष्ट्र पुनर्स्थापना गर्नुपर्छ” :- राजेन्द्र लिङ्देन
भदौ ११, काठमाण्डौ : राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालको सनातन धर्म–संस्कृतिमाथि निरन्तर प्रहार भइरहेकोमा चिन्ता व्यक्त गरेका छन् । धर्मनिरपेक्षता खारेज गरी वैदिक सनातन हिन्दू राष्ट्र पुनर्स्थापना गर्नुपर्नेमा उनले जोड दिए ।
हाल दुबईमा रहेका अध्यक्ष लिङदेनले राप्रपा निकट प्रवासी नेपाली एकता समाज ९पानस० ले आयोजना गरेको कार्यक्रममा बोल्दै गलत नेतृत्व र व्यवस्थाको कारणले देश नबनेको बताए । नेपालको हिन्दूराष्ट्रको पहिचान मेटाउने र धर्मनिरपेक्ष बनाउने काम राजनीतिले गरेको भन्दै उनले राजनीतिले बिगारेको चिज राजनीतिबाट नै सुधार्नुपर्ने उल्लेख गरे ।
नेपालमा धर्मको राजनीति राप्रपाले नभई धर्मनिरपेक्षता बनाउनेहरूले शुरु गरेको दाबी लिङ्देनले गरे । …
असोज १ देखि बञ्चरेडाँडामा काठमाडौंको फोहोर फाल्न रोक लगाउने
भदौ ११, काठमाडौं : काठमाडौं महानगरपालिकासहित उपत्यकाका १८ वटा नगरपालिकाले फोहोर फाल्दै आएको बञ्चरेडाँडा क्षेत्रका बासिन्दा पुनः आन्दोलित भएका छन्। संघीय सरकार र काठमाडौं महानगरपालिका समेतले गरेको सम्झौता कार्यान्वयन नभएको भन्दै असोज १ गतेदेखि फोहोर बिर्सजनमा रोक लगाउने उनीहरूले बताएका हुन्।
‘फोहोर र मानिस सँगै बस्न सक्दैनौं। हामीलाई यहाँबाट हटाइयोस् र फोहोरको सही ढंगले व्यवस्थापन होस् भनेर प्रधानमन्त्री कार्यालयदेखि काठमाडौं महानगरपालिकासम्मलाई ध्यानाकर्षण गरायौं,’ बञ्चरेडाँडा संघर्ष समितिका संयोजक श्रीराम ढुंगानाले भने, ‘तर, कतैबाट पनि सुनुवाइ भएन।’
फोहोरको दुर्गन्धका कारण ओखरपौवा, चाउथे, ककनीसम्मका बासिन्दा घरमा बस्ने नसक्ने भएको गुनासो गरे। त्यस्तै धादिङ, धुनिबेसी नगरपालिका–१ …
मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु,एक घाईते
भदौ ११, पाल्पा : पाल्पामा आइतबार राति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । तानसेन तम्घास सडक खण्डको अर्गलीस्थित पुरानो गाउँमा जोर्तेदेखि अर्गलीतर्फ जाँदै गरेको लु४२प ६७०९ नम्बरको मोटरसाइकल भित्तामा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
सोही मोटरसाइकल सवार अर्का एक जना घाइते भएको प्रहरीले जनाएको छ । दुर्घटनामा सल्यानको कालीमाटी गाउँपालिका वडानम्बर २ का अन्दाजी ३० वर्षीय नरेश घर्ती मगरको मृत्यु भएको छ । दुर्घटनापछि तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
यस्तै, मोटरसाइकलको पछाडि बसेका नवलपरासी सरावल गाउँपालिका(१ का २८ वर्षीय प्रकाश थारू …
गौ हत्याको विरोधमा कावासोतीमा प्रदर्शन (भिडियो सहित)
एनसञ्चार संवाददाता, भदौ १०, कावासोती : धरानमा भएको गौ हत्याको विरोधमा नवलपुरमा प्रदर्शन भएको छ । सुनसरीको धरानमा भएको गौ हत्याको विषयलाई लिएर देशैभर द्धन्द्ध चर्कीएको अवस्थामा नवलपरासि (वर्दघाट सुस्ता पूर्व) नवलपुरको सदरमुकाम कावासोतिमा हिन्दुवादि संघसंगठनहरु, नवलपुर युवा समाज लगायतले संयुक्त रुपमा आज प्रदर्शन गरेका हुन् । कावासोतिको फलफुल चोकबाट निस्किएको र्यालि जिल्ला प्रशासन कार्यालय सम्म पुगेको थियो ।
कावासोतीमा भएको विरोध प्रर्दशनमा विश्व हिन्दु युवा सङ नवलपुर अध्यक्ष लक्षु रिजाल, विश्व हिन्दु महासङ नगर अध्य्क्ष आनन्द राज चापागाइ, विश्व हिन्दु युवा सङ नवलपुर नगर अध्यक्ष सुदर्शन सापकोटा, विश्व हिन्दु महासङ …
भदौमा सरकारको खर्च भन्दा आम्दानी दोब्बरले बढ्यो
भदौ १०, काठमाडौं : सरकारको खर्च भन्दा आम्दानी दोब्बरले बढेको देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार भदौ १० गतेसम्मको अवस्थामा खर्च भन्दा आम्दानी बढी देखिएको हो । सरकारले यो अवधिमा १ खर्ब बढी आम्दानी गर्दा ५३ अर्ब मात्र खर्च भएको तथ्याङ्कले देखाएको छ ।
तथ्याङ्क अनुसार सरकारले उठाउने कर, गैर कर, अनुदान र अन्य प्राप्ति गरेर १ खर्ब ७८ करोड ६ लाख रुपैयाँ आम्दानी गरेको छ । तर, यो अवधिमा खर्च भने ५३ अर्ब ९० करोड ४० लाख रुपैयाँ भएको छ । चालू खर्चको हिस्सा २४ अर्ब ६५ करोड ६५ …
ललिता निवास प्रकरणमा ४ पूर्वमन्त्रीसहित २ सय ९० जनाविरुद्ध मुद्दा दायर
भदौ १०, काठमाडौं : बालुवाटारस्थित प्रधानमन्त्री निवास वरपरको सरकारी जग्गा कागजात कीर्ते गरी व्यक्तिको नाममा पुर्याएको भन्दै चार पूर्वमन्त्रीसहित २९० जनाविरुद्ध अदालतमा मुद्दा दायर भएको छ । पूर्वउपप्रधानमन्त्री एवं कांग्रेस नेता विजयकुमार गच्छदार, पूर्वमन्त्री चन्द्रदेव जोशी, डम्बरबहादुर श्रेष्ठ, सञ्जयकुमार शाह छन् । उक्त मुद्दामा १८ अर्बमाथि बिगो दाबी गरिएको छ ।
आइतबार काठमाडौं जिल्ला अदालतमा दायर गरेको कीर्तेसम्बन्धी मुद्दामा २९० जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरिएको हो । ५२ जनाबाट जग्गा जफत गर्न मागदाबी गरेको छ । उनीहरूमाथि कीर्तेको अभियोग भने छैन, तर कीर्ते कामबाट जोडिएको जग्गा किनेकाले त्यो जग्गा जफत …
घाँस काट्न जाँदा खोलाले बगाएका आमाछोराको शव फेला
भदौ १०, चितवन : घाँस काट्न जाँदा खोलाले बगाएर बेपत्ता भएका आमाछोराको शव फेला परेको छ । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–६ रागेचुरीका आमाछोराको शव फेला परेको हो । घाँसको भारी लिएर घर फर्कँदै गर्दा खोला पार गर्ने क्रममा स्थानीय खड्कुले खोलाले उनीहरूलाई बगाएको थियो ।
खोलाले बगाएका छोरा २८ वर्षीय राजकुमार गोले र आमा ५७ वर्षीय मायाकुमारी गोलेको शव फरक फरक स्थानमा फेला परेको हो । छोराको शव शव हरिहरपुरगढी गाउँपालिका–६ को क्यानखोला र खड्कुले खोलाको दोभानमा फेला परेको तथा आमाको भने रौतहटको बागमती किनारमा आइतबार बिहान फेला परेको प्रहरीको भनाई रहेको …
धरानमा गौहत्या गर्ने विरुद्ध अनुसन्धान पछि मुद्या दायरको तयारी
भदौ १०, काठमाडौं : केही दिनअघि सामाजिक सञ्जालमा गाई गोरुको मासु खाएको भन्दै भिडिओ पोस्ट गर्नेहरुमाथिको अनुसन्धान प्रहरीले अन्तिम चरणमा पुर्याएको छ । घटनामा संलग्नहरूमाथि मुद्दा दायर गर्ने तयारी भइरहेको सुनसरीकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताइन् ।
गाइगोरु काटेर पक्राउ परेका दुई व्यक्ति रिहाइ भएको उपलक्ष्यमा भन्दै धरानमा भोज गरिएको थियो । उक्त भोजको भिडिओ युट्युबमा अपलोड गरेर उक्त भोजको भिडिओ युट्युबमा अपलोड भएपछि विवाद उब्जिएको हो ।
सुनसरीका पत्रकार महासंघका अध्यक्षसमेत रहेका अभियन्ता जनकऋषी राईसमेतको संलग्नतामा गाइगोरु काटेर खाएको भन्दै सामाजिक सञ्जालमा भिडिओ पोस्ट गरिएको थियो । भिडिओमा देखिएका अन्य …
सामाजिक सञ्जालको गलत प्रयोगबाट बच्ने तरिका
भदौ १०, काठमाडौं : सामाजिक सञ्जाल त्यसलाई उपयोग गर्ने मानिसहरुझैं सुन्दर छ । तर हालकै दशकमा त्यसको उपयोगको विश्लेषण गर्दा यसको प्रयोग राम्रोसँग भएको छैन । नयाँ विचारको प्रचारप्रसार वा समुदायलाई जोड्न बनेको एउटा गतिलो माध्यम विस्तारै निरासा पोख्ने र अविश्वास पैदा गर्ने र षड्यन्त्र रच्ने थलोको रुपमा विकास हुँदै आएको छ ।
सामाजिक सञ्जाल प्रयोगकर्ताको जमातामा नयाँ पुस्ता थपिँदै जाँदा जिज्ञासा उब्जिएको छ । के यसको उच्चतम उपयोग गर्नसकिँदैन ?
यसको प्रयोगमा देखिएका समस्या समाधान माथिदेखि तल नभएर तलदेखि माथिको अवधारणा अर्न्तगत गर्नुपर्ने हुन्छ । यसको मतलब प्रयोगकर्तामार्फतनै सुधार । व्यक्तिगत …
इटहरीदेखि तरहरासम्म हिन्दु धर्मावलम्बीको पैदलयात्रा (तस्बिरहरू)
भदौ ९, धरान : हिन्दु धर्मावलम्बीले शनिबार सुनसरीको इटहरीदेखि तरहरासम्म र्याली निकालेका छन् । धार्मिक र्यालीमा सुनसरीस्थित चतराधामका गुरु बालसन्त, विराटनगरका आचार्य रामानुज नेपाल, विराटनगर पञ्चाली मन्दिरका पीठाधीश अच्युत प्रपन्न स्वामीजी, श्रीनिवासाचार्य, गोलोकधामका दिनबन्धु शास्त्रीलगायत व्यक्ति सहभागी थिए ।
विभिन्न स्थानबाट धार्मिक गुरूहरू सहभागी भई धरानमा र्याली निकाल्ने तयारी गरिएको थियो । तर, सम्भावित जोखिमलाई मध्यनजर गरेर स्थानीय प्रशासनले धरानमा निषेधाज्ञा जारी गरेको छ । कुनै अप्रिय घटना हुन नदिन प्रहरीले र्यालीका सहभागीलाई तरहराबाट मास्तिर जान रोक लगाएको छ । निषेधाज्ञा जारी भएको क्षेत्र तरहरासम्म धार्मिक गुरु र समर्थकले पैदलयात्रा गरेका …
“अनियमितता लुकाउनलाई सामाजिक द्वन्द्व फैलाउने प्रयास भयो” : रवि लामिछाने
भदौ ९, काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले समाजको सद्भाव खल्बल्याएर अहिले भइरहेका अनियमितता लुकाउने प्रयास भइरहेको बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले कोशी प्रदेशमा सामाजिक द्वन्द्व भड्काएर अनियमितता ढाकछोप गर्ने काम भइरहेको भन्दै सचेत हुनुपर्ने बताए।
समाजको सद्भाव खल्बल्याउने मान्छेलाई आफ्नो सामाजिक सञ्जालबाटै बहिष्कार गर्न उनले आग्रह गरे। जाति जातिबीचको द्वन्द्व अहिले नरहेको भन्दै अहिले सबै एकजुट भइ गरिबी, बेरोजगारी र अशिक्षारुपी शत्रुलाई हटाउनुपर्ने बेला रहेको उनको भनाइ थियो।
उनले कानुनी रुपमा वर्जित काम गर्न नमिल्ने भन्दै एक …
डीएलस मेथडबाट महिला टी–२० सिरिजको उपाधि नेपाललाई
भदौ ९, काठमाण्डौ : नेपाल र हङकङ चार देश सम्मिलित महिला टी–२० सिरिजको उपाधि नेपालले जितेको छ। हङकङले नेपालसामु जितका लागि एक सय दुई रनको लक्ष्य प्रस्तुत गरेको थियो।
जवाफी ब्याटिङका क्रममा नेपालले ५ दशमलव ३ ओभरमा ३७ रन बनाएर एक विकेट गुमाएको थियो। तर खेलका क्रममा अकस्मात पानी परेपछि खेल अवरुद्ध भएको थियो।
पानी नरोकिएपछि खेल डीएलस मेथडमा गएको थियो। जहाँ नेपालले १३ रनले जित निकालेको हो। मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायुमास ओभल क्रिकेट मैदानमा नेपालले टस जितेपछि पहिला बलिङ गर्ने निर्णय गरेको थियो।
नेपालकी इन्दु बर्मा र सीता रानामगर नरआउट क्रिजमा थिइन्। …
एमसीसी परियोजना लागू हुन नदिने क्रान्तिकारी कम्युनिष्ट पार्टीको घोषणा
भदौ ९, काठमाडौँ : मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्जस कर्पोरेशन ९एमसीसी० लागू हुन नदिने चेतावनी दिएको छ । नेता सिपी गजुरेलले राष्ट्रघाती एमसीसी परियोजना संसदबाट पास भएपनि आफूहरुले त्यसलाई लागू हुन नदिने चेतावनी दिएका छन् ।
शनिबार काठमाडौँमा आयोजित ‘एमसीसी खोरजी र फिर्ता’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले भदौ १४ गतेबाट एमसीसी मुलुकका विभिन्न भागबाट लागू हुने कार्यक्रम तय गरिएको उल्लेख गर्दै त्यसको विरोधमा आफूहरुले सोही ठाउँमा प्रदर्शनसहितको आन्दोलन गर्ने घोषणा गरे ।
‘अब यो लागूृ गर्ने चरणमा गएको छ । सम्झौता खारेज गर्न त …
