तेस्रो लगानी सम्मेलन काठमाण्डाैमा शुरू

१६ वैशाख, काठमाडौं । काठमाडौंमा तेस्रो लगानी सम्मेलन सुरु भएको छ ।
दुई दिनसम्म चल्ने यो सम्मेलन लगानीकर्ताका लागि महत्वपूर्ण अवसर रहेको अर्थमन्त्री वर्षमान पुनले बताए । यस सम्मेलनमा विभिन्न चरणमा रहेका धेरै परियोजनाहरु शोकेसमा राखिएको उनले बताए ।

सम्मेलनको प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले गरेका हुन् । उद्घाटन कार्यक्रममा सहभागीलाई स्वागत गर्दै अर्थमन्त्री पुनले नेपाल लगानीका लागि उपयुक्त मुलुक रहेको उल्लेख गरे ।

विभिन्न ५५ देशका लगानीकर्ता सम्मेलनमा सहभागी भएका छन् । सम्मेलनका नेपालका तीन सय ८५ जनाको सहभागिी भएका छन् ।

त्यसैगरी, चीनका २६५, भारतका १४३, संयुक्त राज्य अमेरिकाका ३३, जापानका २८, …

धौवादी फलाम कम्पनीको ४५ प्रतिशत सेयरको लागि परियोजना सोकेस गरिँदै

बैशाख १२, कावासोती,
धौवादी फलाम कम्पनी लिमिटेडको निजी क्षेत्रलाई दिने भनिएको ४५ प्रतिशत सेयरको लागि सरकारले परियोजना सोकेस (प्रदर्शन) गर्ने भएको छ। खानी तथा भूगर्भ विभागले वैशाख १६ र १७ गते हुने अन्तराष्ट्रिय लगानी सम्मेलनमा धौवादी फलाम खानि परियोजना पनि सोकेस गर्न लागेको हो ।
सम्मेलनमा ३६ देशका ४६२ जनाभन्दा बढी लगानीकर्ता सहभागी हुने सुनिश्चित भएको लगानी बोर्डले जनाएको छ । बोर्डले सम्मेलनमा निजी क्षेत्र, प्रदेश र स्थानीय तहका समेत गरी ९ खर्ब रुपैयाँ बराबरका १ सय ४८ भन्दा बढी परियोजना सोकेस गर्ने तयारी गरेको छ ।
त्यस्तै विभागले १२ वटा खानी सम्बन्धी परियोजनामध्ये …

ऋण असुली समस्याले बैंकहरूको नाफा घट्यो, खराब कर्जा बढ्यो

७ वैशाख, काठमाडौं । २० वाणिज्य बैंकहरूले चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक वित्तीय विवरणअनुसार यी बैंकहरूको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.४६ प्रतिशतले घटेको छ ।
चालु आर्थिक वर्षको ९ महिनामा २० वाणिज्य बैंकले ४० अर्ब ६८ करोड रुपैयाँ खुद नाफा कमाएका छन्, जबकि गत आर्थिक वर्षको यसै अवधिमा ४७ अर्ब १ करोड कमाएका थिए ।
वाणिज्य बैंकहरूमध्ये ८ बैंकको नाफा बढेको छ भने १२ को घटेको छ । नाफा बढाएका बैंकहरूमा कृषि विकास, एभरेस्ट, नेपाल इन्भेस्टमेन्ट मेगा, प्राइम, हिमालयन, लक्ष्मी …

परिभाषा निम्न पूँजीवादकाेः जस्ले सम्वृद्दि हाेइन देश बिगार्न महत्वपुर्ण भुमिका खेल्छ ।

हाम्रो राज्यको आर्थिक चरित्र के होला ? संविधानत: समाजवाद उन्मुख भनिएको छ, त्यसबाट धेरै पर भाग्ने आँट, जमर्को कुनै कित्ताको पार्टीहरूले पनि गरेका छैनन् न त त्यसलाई विशिष्टीकृत रूपमा परिभाषित गर्ने जमर्को नै। सुन्नलाई राम्रै सुनिन्छ समाज जहाँ उत्पादनको निरन्तर वृद्धि हुन्छ, जहाँ निजी, सहकारी र सरकारी क्षेत्रको तादाम्यताले निरन्तर आर्थिक समृद्धि हासिल हुन्छ, जहाँ शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा सरकारले जिम्मा लिन्छ। जहाँ रोजगारीको ग्यारेन्टी छ र जहाँ मान्छेले आफ्नो श्रम, सीप र पूँजीको लगानीले आशातीत फल प्राप्त गर्छ ।
तर के त्यसको अर्थव्यवस्था निर्माण गर्न चाहिने साधन-स्रोत हामीसँग छ ? …

सेयर बजारमा थलियो ‘बैंकिङ’, सूचक ४३ महिनाकै न्यून

२ फागुन, काठमाडौं । सूचीकृत १९ वाणिज्य बैंकहको सेयर मूल्य उतारचढावलाई ‘बैंकिङ’ सूचकले जनाउँछ । यो सूचक यतिबेला ४३ महिना (साढे ३ वर्ष) यताकै न्यूनतम बिन्दुमा झरेको छ । समग्र बजार परिसूचक नेप्से १८०० देखि २२०० बीचमा घुमिरहँदा बैंकिङ सूचक भने २२ असार २०७७ यताकै न्यूनतम बिन्दुमा झरेको हो । मंगलबार बैंकिङ समूहको सूचक ११२२ अंकमा झरेको छ ।
२२ असार २०७७ मा ११०९ अंकमा रहेको बैंकिङ सूचक १० साउन २०७८ मा २१७५ अंकसम्म पुगेको थियो । त्यस वर्ष भदौ २ मा नेप्से परिसूचक पनि ३१९८ अंकसम्म पुग्यो । त्यतिबेला बैंकिङ …

घट्याे दुई खर्ब बजेट, यस्तो छ बजेटको अर्धवार्षिक समिक्षा (पूर्णपाठ)

काठमाडौं । सरकारले चालु आर्थिक वर्षको बजेटको आकार घटाएर १५ खर्ब ३० अर्ब रुपैयाँमा झारेको छ ।
अर्थमन्त्री प्रकाशशरण महतले सोमबार अर्धवार्षिक समीक्षामार्फत कुल बजेटको १२.६२ प्रतिशत (२ खर्ब २० अब रुपैयाँ) घटाएका हुन् ।

लक्ष्यअनुरुप आम्दानी हुने अवस्था नदेखिएकाले बजेटको आकार घटाइएको उनले जानकारी दिएका छन् । कार्यक्रममा बोल्दै अर्थमन्त्री महतले पुँजीगततर्फ ३ खर्ब २ अर्ब ७ करोड विनियोजन गरिएकोमा ८४.१३ प्रतिशत मात्रै खर्च हुने बताए ।

चालुतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड विनियोजन भएकोमा ८८.२४ प्रतिशत मात्रै खर्च हुने संशोधित अनुमान रहेको उनको भनाइ छ ।

बजेटको पूर्णपाठ :

 

अधिकांश बैंकहरूले घटाए ब्याजदर, कुन बैंकको ब्याजदर कति ? (सूचीसहित)

काठमाडौं । फागुन महिनाका लागि अधिकांश वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर घटाएका छन् । बैंकहरूले सोमबार सार्वजनिक गरेको नयाँ ब्याजदर तालिकाअनुसार माघको तुलनामा ब्यक्तिगत मुद्दतिको औसत ब्याजदर ०.४१ प्रतिशत विन्दुले घटाएका छन् ।
एभरेष्ट, लक्ष्मी सनराइज, माछापुच्छ्रे र हिमालयन बैंकले माघ महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् भने अरु १६ बैंकले ब्याजदर घटाएका छन् ।

बैंकहरुले गत साउनबाट निक्षेपको ब्याजदरमा गरेको भद्र सहमति खारेज गरेसँगै विविधता देखिएको छ । बैंकहरुले आवश्यकता अनुसार ब्याजदर प्रकाशित गरेका हुन् । बढी अवधिको मुद्दति निक्षेपमा बढी र छोटो अवधिको मुद्दति निक्षेपमा कम ब्याजदर रहेको छ ।

कृषि विकास बैंकले फागुनका …

ठूला सहकारीलाई राष्ट्र बैंक ‘राडार’ मा ल्याउने तयारी

११ माघ, काठमाडौं । सानादेखि ठूला आकारका सहकारी संस्थाले सर्वसाधारणको निक्षेप हुरेलधुरेल गरेर समस्या निम्त्याउने क्रम झनै उच्च हुन थालेपछि सरकार एक कदम अगाडि बढेको छ ।
त्यस्ता सहकारीलाई वित्तीय अनुशासनमा ल्याउन सरकारले नेपाल राष्ट्र बैंक गुहारेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आधा दर्जन ठूला सहकारी र अन्य तीन वित्तीय संस्थालाई राष्ट्र बैंकको ‘राडार’ मा ल्याउन औपचारिक पत्राचार गरेको छ ।

सहकारी विभागले त्यस्ता ठूला सहकारी अनुगमन निरीक्षण र लेखा जाँच गर्न राष्ट्र बैंकलाई पत्राचार गरेको हो । विशेषज्ञ जनशक्ति नभए पनि विभागले तालुक मन्त्रालयमार्फत ६ ठूला सहकारी …

कुन विकास बैंकले कति कमायो नाफा ? हेर्नुहोस यस्तो छ अवस्था

काठमाडौं । आर्थिक मन्दीकाकारण बिकास बैंकहरुको निक्षेप र कर्जा लगानीमा समस्या देखिदा यसको नकारात्मक असर बिकास बैंकहरुको खुद मुनाफामा परेको छ । मन्दीकाकारण बिकास बैंकहरुले निर्धारित समयमा कर्जाको सावाँ व्याज उठाउन नसक्दा एकाध बाहेक धेरैजसो बैंकहरुको खुद मुनाफा घटेको छ ।

बैंकहरुले सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण अनुसार कामना सेवा बिकास बैंकले चालु आवको दोस्रो त्रैमासमा २५ करोड ८९ लाख १९ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ ।

गत आवको सोही अवधिमा कामनाको यस्तो नाफा १९ करोड ५८ लाख ७१ हजार रुपैयाँ रहेको थियो । महालक्ष्मी बिकास बैंकले भने …

अवैध सुन र हुण्डीको आशंकामा तीन जना पक्राउ

काठमाडौं । हुन्डी र अवैध सुन कारोबारको आरोपमा दुई करोड नगदसहित तीनजना पक्राउ परेका छन् ।
राजस्व अनुसन्धान विभागको टोलीले बिहीबार राति नरेश अग्रवालसहित तीनजनालाई हुन्डी र सुन कारोबारको आरोपमा पक्राउ गरेको हो ।

क्षेत्रपाटीस्थित अग्रवालको घरमा छापा मारेर नगदसहित पक्राउ गरिएको विभागले जनाएको छ ।

पक्राउ परेका अग्रवाल कपडा व्यवसायी पनि हुन् । अग्रवालको घरबाट दुई हजार अमेरिकी डलर पनि बरामद गरिएको विभागले जनाएको छ ।

५ महिनामै २ खर्ब २८ अर्बले बढ्यो विदेशी विनियम सञ्चिति

२६ पुस, काठमाडौं । चालु आर्थिक वर्ष (आव) को ५ महिनामै विदेशी विनियम सञ्चिति करिब २ खर्ब २८ अर्बले बढेर नेपालको कुल बजेटभन्दा माथि पुगेको छ ।
२०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड रहेको कुल विदेशी विनिमय सञ्चिति २०८० मंसिर मसान्तमा आउँदा १४.८८ प्रतिशतले बढेर १७ खर्ब ६७ अर्ब ४ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ ।

सरकारले चालु आर्थिक वर्षको लागि १७ खर्ब ५१ अर्ब ३१ करोड बजेट ल्याएको छ । मुलुकसँग रहेको कुल विदेशी विनियम सञ्चित चालु आर्थिक वर्षका लागि सरकारले ल्याएको उक्त बजेटभन्दा माथि पुगेको तथ्यांक …

कानुनको शर्त नमाने एनसेल बिक्री अवैधानिक हुन्छ’

५ पुस, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले एनसेलको सेयर खरिद बिक्री अवैधानिक हुन सक्ने बताएको छ ।
प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले सोधेको प्रश्नको लिखित जवाफ पठाउँदै प्राधिकरणले कानुन र नियम विपरीत पाइए एनसेलको सेयर खरिद बिक्री अवैधानिक हुन सक्ने बताएको हो ।

गत मंसिर १५ गते मलेसियाली कम्पनी आजियटाले एनसेलको ८० प्रतिशत सेयर रहेको संस्था रेनोल्ड होल्डिङ्स गैरआवासीय नेपाली सतीशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट युकेलाई बिक्री गरेको जानकारी गराएको थियो ।

सात वर्षअघि आजियटाले रेनोल्ड होल्डिङ्स नामक कम्पनी एक खर्ब ४४ अर्ब रुपैयाँमा खरिद गरेको थियो र अहिले ६ अर्ब रुपैयाँमा बिक्री गरेपछि यसलाई …

नेपाल एयरलाइन्सका ५ जहाज लिलामीमा

५ पुस, काठमाडौं । नेपाल एयरलाइन्सले पुराना ५ वटा जहाज लिलामीको सूचना जारी गरेको छ । नेपाल एयरलाइन्सले दुई वटा एमए–६० र तीन वटा वाई–१२ ई जहाज बेच्न लागेको हो ।
यी चिनियाँ जहाजहरु तीन वर्षदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउण्डेड छन् ।

 
यी जहाज जे जस्तो अवस्थामा छन्, त्यस्तै अवस्थामा बेच्न लागिएको हो । जसले बढी मूल्य कबुल गर्छ, उसैले जहाज पाउने छ ।

त्यसका लागि आज गोप्य सिलबन्दी टेन्डर आह्वान भएको छ । निवेदन दिने म्याद ४ फेब्रुअरीसम्म अर्थात् आगामी २१ माघसम्म छ ।

निगमसँग कुल ६ वटा जहाज थिए । जसमध्ये एउटा …

घरजग्गा र सेयर धितो कर्जामा उल्लेख्य वृद्धि, अर्थतन्त्रमा सुधारको संकेत

४ पुस, काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूको कर्जा प्रवाह ५० खर्ब नाघेको छ । नेपाल राष्ट्र बैंकको २ पुसको तथ्यांकमा कुल कर्जा प्रवाह ५० खर्ब अर्थात् कुल गार्हस्थ्य उत्पादनको ९३ प्रतिशत पुगेको हो ।
यही साता बैंक तथा वित्तीय संस्थामा निक्षेप पनि ६० खर्ब नाघेको थियो । २२ पुसम्मको तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ६० खर्ब २२ अर्ब पुगेको छ ।

असार मसान्तमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ५७ खर्ब ७१ अर्ब र कुल कर्जा ४८ खर्ब ७८ अर्ब रुपैयाँ थियो । त्यसबेला जीडीपीमा ऋणको अनुपात ९१ …

सेयर बजार ३६ अंकले बढ्यो, यी हुन् धेरै मूल्य बढेका १५ कम्पनी

काठमाडौं । सेयर बजारको परिसूचक नेप्से मंगलबार ३६.८६ अंकले बढेको छ । यो वृद्धिपछि नेप्से १९८५ अंकमा कायम भएको छ । परिसूचक बढ्दा कारोबार रकम भने केही घटेको छ । सोमबार ४ अर्ब ८४ करोड रुपैयाँको कारोबार भएकोमा मंगलबार ४ अर्ब ३० करोडमा खुम्चियो । कुल २१४ कम्पनीको मूल्य बढ्दा २४ को घट्यो भने ४ को स्थिर रह्यो ।
यस दिन सबै समूहका सूचक बढेका छन् । होटल तथा पर्यटन समूह सबैभन्दा धेरै ४.३ प्रतिशत बढ्यो । जीवन बीमा, फाइनान्स, जलविद्युत् समूह पनि ३–३ प्रतिशतभन्दा धेरै बढे ।

अंकका आधारमा बैंकिङ २, …

बैंकिङ समूहमा चरम बियरिस, सूचक २९ महिनायताकै तल्लो विन्दुमा

१७ मंसिर, काठमाडौं । समग्र सेयर बजार डेढ वर्षयता ‘साइडवेज ट्रेन्ड’मा देखिए पनि बैंकिङ सूचक भने चरम बियरिस देखिएको छ । २ भदौ २०७८ मा ३१९८ विन्दुको उच्चत्तम रेकर्ड बनाएयता घटेको नेप्सेले पटकपटक १८ सय नजिक टेवा पाइरहेको छ । नेप्सेले डेढ वर्षदेखि नै १८ सय नजिक टेवा पाइरहँदा बजारमा सबैभन्दा शक्तिशाली रहेको बैंकिङ समूह भने ३० असार २०७७ यताकै न्यूनतम विन्दुमा झरेको छ । ‘बैंकिङ’ सूचक हाल ११४४ विन्दुमा कायम भएको छ, जुन विन्दु २९ महिनायताकै कम हो ।
नेपाल स्टक एक्स्चेन्जमा सूचीकृतमध्ये आधाभन्दा धेरै वाणिज्य बैंकहरुको सेयर मूल्य यतिबेला …

१ खर्ब ४३ अर्बमा किनेको सेयर साढे ६ अर्बमा बेचेर बाहिरियो आजियाटा

१५ मंसिर, काठमाडौं । मलेसियाको टेलिकम जायन्ट आजियाटाले नेपालको एनसेलमा रहेको आफ्नो ८० प्रतिशत सेयर बेलायतको स्पेक्ट्रलाइट यूके लिमिटेडलाई बिक्री गर्ने भएको छ ।
आजिआटाले आफ्नो सेयर ५ करोड अमेरिकी डलर अर्थात् ६ अर्ब ६६ करोडमा स्पेक्ट्रलाइट यूके लिमिटेडलाई बेचेको उल्लेख गरेको छ ।

तर, सन् २०२९ सम्म एनसेलले पाउने लाभांश भने आजिआटाले नै पाउने सेयर खरिद सम्झौतामा उल्लेख भएको आजिआटाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

आजिआटाले आफ्नो शतप्रतिशत सेयर रहेको रेनोल्डस् होल्डिङ लमिटेड बेलायती कम्पनीलाई बिक्री गरेको विज्ञप्तिमा उल्लेख छ । आजियाटाले सात वर्षअघि स्विडेनको टेलियासोनेरासँग रेनोल्ड होल्डिङ खरिद गरेको थियो …

आर्थिक मन्दिको असर : खसीबोका र मासुको बिक्री आधाले घटेको मासु व्यवसायी संघको दाबी

१२ कात्तिक, काठमाडौं । धादिङको नीलकण्ठ– ५ का पूर्णबहादुर श्रेष्ठ काठमाडौंको नागार्जुन नगरपालिका– १ मा मासु पसल चलाउँछन् । उनको धादिङ मिट सपले हरेक वर्ष दशैंमा निकै राम्रो व्यापार गर्थ्यो । यस वर्ष पनि दशैं नजिकिएसंगै पूर्णबहादुरले धादिङ र गोरखाबाट मासु बिक्रीका लागि २ दर्जन खसी–बोका खरिद गरेर ल्याए ।
फूलपातीको अघिल्लो दिन काठमाडौं आइपुगेका खसी–बोकाको मासु पुरै बिक्री होलान् भन्ने उनको आशा थियो । तर, दशैं सकियो उनले गाउँबाट ल्याएको खसी–बोका अझै दाम्लोमै छन् ।
यस पटक मानिसहरु दशैंमा मासुमा खर्च गर्न हच्किएको उनको अनुभव छ । ‘यो वर्ष मान्छेहरुले मासु …

बैंकिङ प्रणालीबाट दशैमा ७६ अर्ब बाहिरियो ।

१२ असोज, काठमाडौं । दशैंका लागि बैंकिङ प्रणालीबाट करिब ७६ अर्ब रुपैयाँ बाहिरिएको छ । दशैं अगाडि १६ असोजमा करिब ६ खर्ब २० अर्ब रहेको नगद सर्कुलेसन दशैं सकिँदा ६ खर्ब ९६ अर्बसम्म पुगेको नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले बताए ।
साना र ठूला दरका नोट कति सटही भए भन्ने एकिन तथ्यांक नभएपनि दशैमा ७६ अर्ब रुपैयाँ नगद सर्कुलेसन बढेको उनले बताए । ‘दशैंमा बैंकिङ प्रणालीबाट बाहिरिएको नगद प्रणालीमा फर्किन केही समय लाग्छ,’ उनले भने ।
नेपाल राष्ट्र बैंकले दशैंलाई लक्षित गर्दै हरेक वर्ष नयाँ नोट सटहीको व्यवस्था गर्छ । …

दशैंमा चितवन रास्ट्रिय निकुन्ज घुम्नेको संख्या २० माथी, १ करोड ८५ लाख राजश्व संकलन

१२ कात्तिक, चितवन । चितवन राष्ट्रिय निकुञ्जले वडा दशैंकव बेलामा १ करोड ८५ लाख राजश्व संकलन गरेको छ ।
निकुञ्जका सूचना अधिकारी गोविन्दप्रसाद तिवारीका अनुसार दशैंको घटस्थापनादेखि पूर्णिमासम्म नेपाली, सार्क देश, विदेशी तथा निकुञ्जमा चल्ने जीपबाट १ करोड ८५ लाख ४४ हजार ९ सय ५० राजश्व संकलन गरेको हो ।
सौराहा, कसरा, मेघौली, माडी, अमलटारी (नवलपरासी) र कुजौलीबाट जीप तथा पर्यटकहरु निकुञ्ज भ्रमणका लागि जाने गर्दछन् । सूचना अधिकारी तिवारीका अनुसार यो अवधिमा नेपाली १३ हजार २ सय ३३, सार्क देशका ७७९ र विदेशी ६ हजार ४८ गरी २० हजार ६० पर्यटकले …

You Missed

हुप्सेकोटका वासिन्दा अब आन्तरिक राजस्व कार्यालय कावासोती धाउनु नपर्ने ।
दाउन्नेकाे वाटाेमा अव अवराेध खेप्नु पर्दैन।
आजदेखि अधिकमास (मलमास) सुरू, विवाहसहित शुभ कार्य बर्जित
नवलपुरमा यात्रुबाहक बसबाट १०३ किलो अवैध बँदेलको मासु बरामद
सन्तुलित र रूपान्तरणकारी बजेटको तयारीमा सरकार
नयाँ सरकारको आक्रामक सुरुवात: ७ दिनमा ८ ‘हाई प्रोफाइल’ पक्राउ
कलाकार सागर लम्साल (बले) लाइ बलात्कार आरोप, आराेपपछि चलचित्रबाट निकालिए

Primary Color

Secondary Color

Layout Mode