एसईईको प्रमाण पत्रमा नाम, थर र जन्ममिति ६ महिनाभित्र सच्याउन सकिने
२२ असार, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को प्रमाण पत्रमा विद्यार्थीको नाम, थर र जन्ममिति सच्याउन परेमा अबको ६ महिनाभित्र सच्याउन सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
‘उमेर, नाम, जात सच्याउने नियमहरू, २०१७’ अनुसार विद्यार्थीले प्रमाण पत्र पाएको ६ महिनाभित्र प्रमुख जिल्ला अधिकारी (सीडीओ) समक्ष निवेदन दिनुपर्नेछ । प्राप्त निवेदन अनुसार प्रमुख जिल्ला अधिकारीले फैसला पर्चा र सिफारिस गरेको आधारमा मात्रै बोर्डले नाम, थर र जन्ममिति सच्याउन मिल्छ ।
यदि छ महिना ढिला भएको अवस्थामा सीडीओले पनि फैसला पर्चा बनाउन नमिल्ने नियमले उल्लेख गरेको छ ।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम …
चन्द्रागिरिमा विद्यार्थी कुटेको आरोपमा शिक्षक पक्राउ, विद्यार्थी अस्पतालमा
२१ असार, काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका–१ को श्रीकृष्ण माविमा विद्यार्थी कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ परेका छन् ।
कुटपिटबाट घाइते भएकी विद्यार्थीलाई ओम समाज अस्पतालमा भर्ना गरिएको छ ।
कुटपिट गरेको आरोपमा शिक्षक एकराज पण्डितलाई महानगरीय प्रहरी प्रभाग बलम्बुले नियन्त्रणमा लिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
३.६ देखि ४ जीपीए ल्याउनेको संख्या २२ हजार माथि
कावासोती । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । यसपटक गत सालकोभन्दा नतिजा सुधार देखिएको छ ।
भर्खरै सार्वजनिक गरेको नतिजाअनुसार ३.६० देखि ४ ग्रेड ल्याउनेको संख्या २२४७५ जना छन् । यो प्रतिशतमा ४ दशमलब ६३ हुन आउँछ । गत साल ९ हजार ६३३ जनाले ३.६० देखि ४ ग्रेड ल्याएका थिए ।
नन ग्रेड ल्याउनेको संख्या २.८९ प्रतिशत अर्थात १३ हजार ९९२ रहेको छ ।
एसईईको नतिजा सार्वजनिक
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आज सार्वजनिक भएको छ । बोर्डले अन्तिम पटक २०७२ सालको पद्धतिअनुसार नतिजा प्रकाशित गरेको हो ।
गत चैत १७ गतेदखि २९ गतेसम्म देशभरका दुई हजार ३७ परीक्षा केन्द्रमा सञ्चालित परीक्षामा देशभरका सामुदायिक र निजीका गरी १२ हजार ८३ विद्यालयका कूल चार लाख ८५ हजार तीन सय ९६ विद्यार्थीको सहभागिता रहेको थियो ।
दुई लाख ४२ हजार सात सय १२ जना छात्रा र दुई लाख ४२ हजार छ सय ७४ जना छात्रले परीक्षा दिएका छन् । प्राविधिक धारतर्फका १५ हजार चार …
गर्मी बढेपछि विराटनगर र जीतपुर सिमराका विद्यालयमा २ दिन बिदा
१८ जेठ, विराटनगर । गर्मी बढेपछि विराटनगर महानगरपालिका र जीतपुर सिमरा उपमहानगरपालिकाका विद्यालयमा दुई दिन बिदा दिइएको छ ।
महानगरपालिका र उपमहानगरपालिका ले आफ्नो क्षेत्रभित्र सञ्चालित शैक्षिक संस्थामा बिहीबार र शुक्रबार बिदा दिने निर्णय गरेका हुन् ।
अत्यधिक गर्मीका कारण विद्यालयको पठनपाठनलगायतका गतिविधि सञ्चालन गर्न कठिनाइ भएपछि बदा दिने निर्णय भएको हो ।
गर्मीका कारण विद्यार्थीको स्वास्थ्यमा समेत प्रतिकूल असर पर्ने सम्भावना बढेपछि बिहीबार र शुक्रबार बिदा दिने निर्णय गरेको महानगरपालिकाले जनाएको छ ।
नगर शिक्षा समितिको निर्णयअनुसार महानगरपालिकाको शैक्षिक क्यालेण्डर २०८० मा उल्लेखित साउन महिनाको वर्षे बिदाबाट कट्टा हुनेगरी दुई दिन महानगर क्षेत्रभित्र …
कक्षा १२ को परीक्षा केन्द्र सार्वजनिक
१२ वैशाख, काठमाडौं। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा १२)ले वैशाख २६ गतेदेखि हुन लागेको कक्षा १२ को परीक्षा केन्द्र सार्वजनिक गरेको छ । कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार एक हजार ४५३ परीक्षा केन्द्र रहने छन्।
परीक्षा नियन्त्रण कार्यालयले कतिपय विषयको नमुना प्रश्नपत्रमा विद्यार्थी तथा शिक्षकहरुको सुझाव अनुसार परिमार्जन गर्दै लगिरहेको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए। अथवा राखेर वैकल्पिक प्रश्न नराखिएको केही विषयहरुमा पनि राखिनुपर्ने सुझाव आएकोले त्यसरी परिमार्जन गरिएको उनले बताए ।
उनले भने, ‘हामीले नमुना प्रश्नपत्र सार्वजनिक गरिरहेका छौं। त्यसमा हामीले अर (अथवा) भनेर राखिएको थिएन । तर …
एसईईको उत्तरपुस्तिका परीक्षण सुरु, असार तेस्रो हप्ताभित्र नतिजा सार्वजनिक गर्ने तयारी
१० वैशाख, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले माध्यामिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षण सुरु गरेको जनाएको छ ।
परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले शनिबारदेखि केही परीक्षा नियन्त्रण कार्यालयमा र आइतबारदेखि अधिकांश परीक्षण केन्द्रमा विद्यार्थीको उत्तरपुस्तिका परीक्षण सुरु भएको जानकारी दिए ।
कार्यालयले ५० भन्दा बढी परीक्षण केन्द्रमा विद्यार्थीको उत्तरपुस्तिका जाँच भइरहेको जनाएको छ ।
चैत १७ गतदेखि २९ गतेसम्म भएको परीक्षामा ७७ जिल्लाका २ हजार ३६ परीक्षा केन्द्रबाट करिब पाँच लाख विद्यार्थी सहभागी भएको पनिकाले जनाएको छ ।
नतिजा असारको तेस्रो हप्ताभित्र सार्वजनिक गर्ने तयारी भइरहेको कार्यालयले जनाएको …
आश्वासन दिएर झुलाउँदै सरकार, कर्मचारीको चेतावनी- फेरि विद्यालय बन्द गर्छाैं
काठमाडौं : नेपाल विद्यालय कर्मचारी परिषद्ले विभिन्न माग राख्दै गत भदौ १२ गतेदेखि १८ गतेसम्म सामुदायिक विद्यालय बन्द आह्वान गर्याे। यही आह्वानलाई ऐक्यबद्धता जनाउँदै भदौ १२ गते केही स्थानीय तह, विद्यालयले बन्द गर्याे।
परिषद्ले आफ्नो आह्वानविपरीत विद्यालय बन्द नगर्ने सामुदायिक विद्यालयमा कुनै अप्रिय घटना घटे सम्बन्धित प्रधानाध्यापक हुने चेतावनी पनि दियो। त्यसपछि १२ भदौमा विद्यालय बन्दको कार्यक्रम स्थगित गरी शिक्षा मन्त्रालयले भन्यो, ‘विद्यालय बन्द कार्यक्रम स्थगित गरी वार्तामा आउनू।
शिक्षा मन्त्रालयले वार्तामा बोलाएर माग पूरा गर्ने भएपछि परिषदले आन्दोलन कार्यक्रम फिर्ता लियो तर सरकारले माग पूरा गर्ने आश्वासन दिएको ८ महिना बितिसक्दा पनि ती निर्णय सरकारले कार्यान्वयनमा …
नक्कली परीक्षार्थी राखेर एसईई दिएको आरोपमा मेयरविरुद्ध पक्राउ पुर्जी
२४ चैत, रौतहट । रौतहटको देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानुविरुद्ध जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ ।
उनको सट्टामा माध्यमिक शिक्षा परीक्षा (एसईई) दिंदै गरेका नक्कली परीक्षार्थी आइतबार पक्राउ गरेपछि शुक्रबार जिल्ला अदालतले मेयर कानुविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको हो ।
‘अनुसन्धानका क्रममा प्रेमलाल साह कानुको नाम आएकोले उनीमाथि पनि छानबिन गर्नु परेकोले जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी गराइएको हो’ जिल्ला प्रहरी कार्यालय रौतहटका उपरीक्षक वीरबहादुर बुढामगरले भने ‘अहिले मेयर भन्दा पनि उनी परिक्षार्थीको रुपमा देखिएकोले सोही बमोजिमको अनुसन्धान कार्य गर्दैछौं ।’
कानुको सट्टामा एसईई दिंदै गरेको आरोपमा गरुडा …
सुरु भयो एसईई, फोटो फिचर
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) परिक्षा सुरु भएको छ। बिहान ८ बजेदेखि देशभर एकैसाथ सुरु भएको हो ।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार चैत २९ गतेसम्म सञ्चालन हुने परीक्षामा चार लाख ८४ हजार २२७ विद्यार्थी सहभागी छन् ।
हेर्नुहोस् फोटो ।
समाचार श्राेतः थाहा खबर
कक्षा १२ को परीक्षा आवेदन खुला
२० माघ, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा आवेदन खुला गरेको छ । २०८० सालमा सञ्चालन हुने कक्षा १२ को वार्षिक परीक्षाको नियमित, ग्रेडवृद्धि तथा आंशिक परीक्षाको लागि परीक्षार्थीले नियमित शुल्कमा यहि माघ मसान्तसम्म आवेदन दिन सक्नेछन् । परीक्षा आवेदन फाराम विद्यार्थी स्वयंले भरेको हुनुपर्ने बोर्डले जनाएको छ ।
बोर्डले कक्षा ११ को पनि ग्रेडवृद्धि तथा आंशिक परीक्षाका आवेदन खुला गरेको छ । बोर्डको अनुसार रजिष्ट्रेसन नम्बरका शुरुका दुई अंक ७२, ७३ र ७५ भएका परीक्षार्थीहरुको लागि अन्तिम एक पटकका लागि मात्रै आवेदन दिन सक्ने अवसर हो ।
माघ …
देशैभरका माध्यमिक बिद्यालयका शिक्षकद्वारा पेन डाउन
काठमाडौं । बिभिन्न माग राखेर आनदोलनमा उत्रिएका माध्यमिक विद्यालयका शिक्षकहरुले बिहिबार पेन डाउन (कलम बन्द) गरेका छन् ।
सरकारले आफ्ना माग सम्बोधन नगरेको भन्दै माध्यमिक विद्यालय शिक्षक युनियन (हिस्टुन) नेपालले यही भदौ २६ गतेदेखि बिभिन्न १६ बुँदे माग राखेर आन्दोलन शुरु गरेको थियो ।आन्दोलन स्वरुप देशैभरका हिस्टुनमा आवद्ध शिक्षकहरुले बिहिबार पेन डाउन गरेका हुन् । सरकारले हिस्टुनले राखेका मागबारे आश्वाशन मात्रै दिने गरेको तर माग पूरा गर्ने तर्फ गम्भीर नभएकाले आन्दोलनमा उत्रिनु परेको हिस्टुनका पूर्व अध्यक्ष पुष्प न्यौपानेले बताउनु भयो ।
दरबन्दी र अनुदानमा कार्यरत शिक्षकहरुलाई सरकारले निकासा गरेको पूरै रकम नदिएर कतिपय …
विद्यार्थीलाई केराको पातमा कोदाको सेल, दुनामा कागुनाको खिर
काठमाडौं : लहरै बसेर केराको पातमा कोदाको सेल, दुनामा कागुनाको खिरसहित केरा र आलुको अचार खाइरहेका थिए विद्यार्थी। उक्त दृश्यले हाम्रा समाजमा पहिले–पहिले हुने गरेका भोजभतेरको झल्को दिन्थ्यो। खुसी थिए विद्यार्थी, खाजा बाँड्न खटिएका शिक्षक तथा कर्मचारी पनि उत्तिकै प्रफुल्ल देखिन्थे।
कृषिप्रतिको अनिच्छासँगै खेतबारी बाँझिएपछि यतिखेर गाउँघरमा कोदो पाउन मुस्किल छ। फाट्टफुट्ट कोदाको खेती देखिने गरे पनि कागुनो त लभगभ हराइसकेको छ। परम्परागतरूपमा केराको पात र दुनामा खाने प्रचलन पनि छैन।
यिनै कुरालाई दृष्टिगत गर्दै पोखरा महानगरपालिका वडा नं २२ पुम्दीभुम्दी दहरास्थित लीला आधारभूत विद्यालयका विद्यार्थीलाई सोमबार रैथाने बालीका परिकारको खाजा खुवाइयो।
पुम्दीभुम्दी कृषि …
शिक्षकलाई गाली गरेर शिक्षा सुधार हुँदैन : मन्त्री पौडेल
२८ साउन, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले समयमै परीक्षा नलिने र नतिजा प्रकाशन नगर्ने हो भने नेपालको शिक्षा प्रणाली बेथितीमा जाने बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित नेपालको विद्यालय शिक्षा र नतिजासम्बन्धी अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले विभिन्न कारण देखाएर समयमै काम नगर्ने हो भने शिक्षा प्रणाली बेथितिमा जाने बताएका हुन् ।
‘विभिन्न कारण देखाएर समयमै परीक्षा नलिने र नतिजा प्रकाशित नगर्ने हो भने बेथितीमा शिक्षा प्रणाली जान्छ । देशभरका शिक्षकलाई गाली गरेर शिक्षाको सुधार हुँदैन । उहाँहरुलाई तालिम दिने हो । नेपालको शिक्षा खत्तम छ भनेर आफैं प्रचार …
सामुदायिक विद्यालयको बाध्यता : विद्यार्थी टिकाउन अंग्रेजी माध्यम
२६ साउन, काठमाडौं । हिजोआज सामुदायिक विद्यालयले विद्यार्थी आकर्षित गर्न वा भएका विद्यार्थी टिकाउन अपनाउने उपाय हो, अंग्रेजी माध्यममा पढाइ । नेपाली समाजमा अंग्रेजी माध्यमको पढाइलाई उत्कृष्ट मान्ने प्रचलन रहेकाले सामुदायिक विद्यालयहरुले स्रोत साधन अभावका बाबजुद पनि जसोतसो अंग्रेजी माध्यममा पढाइ सञ्चालन गरिरहेका छन् ।
सरकारी नीतिकै कुरा गर्ने हो भने साना कक्षाहरुमा नेपाली, सामाजिक अध्ययन र मानव मूल्य शिक्षा नेपाली माध्यममै पढाउन अनिवार्य छ । ९ र १० कक्षामा नेपाली र सामाजिक अध्ययन विषय नेपाली माध्यममा पढाउनुपर्छ । यी बाहेक अरु विषय नेपाली वा अंग्रेजी जुनसुकै माध्यममा पनि पढाउन पाइनेछ …
तीन महिनापछि खुल्यो संस्कृत विश्वविद्यालयमा लागेको ताला
२५ साउन, दाङ । दाङस्थित नेपाल संस्कृत विश्वविद्यालयमा लागेको ताला तीन महिनापछि खुलेको छ । नेपाल विद्यार्थी संघले विभिन्न १४ बुँदे माग राख्दै विश्वविद्यालयमा लगाएको ताला करिब तीन महिनापछि खोलेको हो ।
साउन २२ गते आइतवार उच्च अदालत तुलसीपुरले विश्विद्यालयमा लागेको ताला खोल्न भन्दै अन्तरिम आदेश जारी गरेपछि आन्दोलनरत नेपाल विद्यार्थी संघ नेपाल संस्कृत विश्वविद्यालय संर्घष समितिले बुधवार ताला खोलेको हो ।
अदालतको आदेशको सम्मान गर्दै उपकुलपती कार्यालय, शिक्षाध्यक्ष कार्यालय, शिक्षाध्यक्ष कार्यालय मातहातमा रहेको शैक्षिक प्रशासन महाशाखा, कुलसचिव र बजेट महाशाखाको कार्यालयको ताला खोलिएको विश्विद्यालयले आन्दोलरत विद्यार्थी संघले जनाएको छ ।
विश्वविद्यालयमा लागेको …
सीटीईभीटीमा रिक्त पदका लागि परीक्षा तालिका सार्वजनिक
२४ साउन, काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले विज्ञापन गरेको अढाई वर्ष विभिन्न रिक्त पदको पदपूर्तिका लागि परीक्षा गर्ने भएको छ ।
२०७६ माघ २४ गते गरेको विज्ञापनको आन्तिरिक तथा खुला प्रतियोगितात्मक लिखित परीक्षाको परीक्षा तालिका सोमबार सार्वजनिक गरेको छ ।
सर्वोच्च अदालतले २०७६ फागुन ३० गते उत्प्रेषणको आदेशबाट लिखित परीक्षाको कार्यक्रम यथास्थितिमा राख्ने आदेश दिएपछि परिषद्ले परीक्षा सञ्चालन गर्न सकेको थिएन ।
सर्वोच्चले उक्त मुद्दा फिर्ता लिईसकेको भन्दै गत जेठ १६ गते लोक सेवा आयोगबाट विभिन्न मिति र समयमा परीक्षा कार्यक्रम संचालन गर्न सहमति दिएकाले परीक्षाको समयतालिका सार्वजनिक …
एमबीबीएस अध्ययन गर्ने विदेशी विद्यार्थी बढे
काठमाडौं । नेपालमा एमबीबीएस अध्ययन गर्ने विदेशी विद्यार्थीको संख्या बढेको छ ।
चिकित्सा शिक्षा आयोगले सामेबार पत्रकार भेटघाटको आयोजना गरेर यस वर्ष २६५ जना विदेशी विद्यार्थी अध्ययनका लागि भर्ना भएको र यो संख्या गत वर्षको भन्दा ६ गुणा बढी रहेको जनाएको हो ।
चिकित्सा शिक्षाको पहुँच सामान्य मानिसहरूको पहुँचमा क्रमशः वृद्धि भइरहेको आयोगका सदस्यसचिव डा. भोजराज काफ्लेले बताउनुभयो ।
उहाँले स्तरीकृत गरिएका मापदण्ड र सूचकको आधारमा विज्ञ समूहबाट चिकित्सा शिक्षा सञ्चालन गर्ने संस्थाहरूको सिट निर्धारण गर्ने पद्धति विकास भएको बताउनुभयो ।
काफ्लेले नेपालमा एमबीबीएस २१ वटा संस्थामा पढाइने गरेको र त्यहाँ १ हजार ८९५ …
साउन मसान्तसम्म कक्षा-११ मा विद्यार्थी भर्ना गर्न बोर्डको निर्देशन
काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ मा विद्यार्थी भर्ना गर्ने समय छोटो राखिएको भन्दै त्यसको म्याद बढाउन विद्यालय र कलेजलाई निर्देशन दिएको छ।
बोर्डले आज एक सूचना जारी गर्दै एसईईको नतिजा साउन-११ मा प्रकाशित भएको र विद्यालय र क्याम्पसहरुले फरक-फरक भर्ना तालिका राखेर छोटो समयको म्याद राखिएकामा असन्तुष्टि जनाएको हो।
बोर्डले छोटो समयको मात्रै भर्ना म्याद राख्दा देशका दुर्गम क्षेत्रका विद्यार्थीहरूले भर्नाका लागि आवेदन दिने अवसरबाट बञ्चित भएको गुनासो आएपछि यस्तो निर्देशन दिएको जनाएको छ।
दक्षिण कोरियाकाे छिन्जु विश्व विद्यालय र सिन्धुलीको गोलन्जोर गाँउपालिकाबीच सम्झौता
सिन्धुली । दक्षिण कोरियाको छिन्जु विश्व विद्यालय र सिन्धुलीको गोलन्जोर गाँउपालिकाबीच शैक्षिक सहयोगका लागि सम्झौता भएको छ ।
दक्षिण कोरियाको छिन्जु विश्व विद्यालय र गोलञ्जोर गाँउपालिकाको शैक्षिक तथा प्राविधिक गतिविधि आदनप्रदान गर्ने उद्देश्यले याे सम्झौता भएको हो । छिन्जु विश्वविद्यालय दक्षिण कोरियाका प्राध्यापक एवं कोरियन पाठ्यक्रम विकास विज्ञ सदस्य प्रोफेसर युपिक क्यु र गोलन्जोर गाउँपालिकाको अध्यक्ष शंकर बरालले साेही सम्झौतामा हस्ताक्षर गर्नुभएको हो ।
छिन्चु विश्वविद्यालयले शिक्षक र विद्यार्थीसँग शैक्षिक अनुभव आदानप्रदान गर्नुका साथै तालिम तथा शैक्षिक सामाग्री समेत सहयोग गर्ने भएकाले शैक्षिक विकासमा सहयोग पुग्ने गोलन्जोर गाउँपालिकाका अध्यक्ष शंकर बरालले बताउनुभयो …
