चलचित्र विकास बोर्डबाट ‘आमा’लाई पहिलो नेपाली फिल्मको मान्यता

काठमाडौं । पहिलो नेपाली फिल्म कुन होला ? हाजिरीजवाफमा सोधिने यो प्रश्नको दुईवटा उत्तर आउने गरेको छ, हरिश्चन्द्र वा आमा । विवादको यो गुत्थी अहिलेसम्म सुल्झिन सकेको थिएन ।
२००६ साल भदौ २३ गते रिलिज भएको डीबी परियार निर्देशित ‘हरिश्चन्द्र’लाई कतिपयले पहिलो नेपाली फिल्म माने । कतिपयले चाहिं २०२२ सालमा रिलिज भएको ‘आमा’लाई पहिलो नेपाली फिल्म बताउने गरेका छन् ।

कोलकाताको रुपश्री सुटिङ स्टुडियोमा निर्माण भएको फिल्म हरिश्चन्द्र नेपालमा नबनेकाले त्यसलाई नेपालीभाषी मात्र भन्नुपर्ने तर्क थियो । बालकृष्ण समले राखेको भनिएको यसको रिल नारायणहिटी संग्रहालयमा भेटिएको छ ।

नेपालमा छायांकन भएको र प्राविधिक …

खगेन्द्र लामिछाने निर्देशित ‘पानीफोटो’ को ट्रेलर सार्वजनिक

काठमाडौं । अभिनेता खगेन्द्र लामिछानेको निर्देशनमा बन्न लागेको पहिलो फिल्म ‘पानीफोटो’ को ट्रेलर सार्वजनिक भएको छ ।
मंगलबार काठमाडौंमा एक कार्यक्रमकाबीच फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो ।
सार्वजनिक गरिएको उक्त फिल्मको २ मिनेट ४५ सेकेन्टको ट्रेलरमा बेपत्ता छोरालाई कुरेर बसेका बाबुआमाको कथालाई प्रस्तुत गरिएको छ ।
आगामी साउन १३ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्ममा अनुप बराल, मेनुका प्रधान, खगेन्द्र लामिछाने, मलिका महत, प्रकाश घिमिरे, बुद्धि तामाङ, कमलमणि नेपाल लगायतका कलाकारको भूमिका रहेको छ ।
माओवादी जनयुद्धको समयमा डेढ दशक अगाडि बेपत्ता भएको छोराको पर्खाइमा बसेका बाबुआमाको पीडा, दु:ख तनाव, निराशालाई फिल्म मार्फत देखाइएको छ …

विवाह बन्धनमा बाधिय अभिनेत्री नीता र ज्याेतिष हरिहर ।

काठमाडौं । अभिनेत्री नीता ढुङ्गानाले विवाह गरेकी छन् ।
ढुङ्गानाले ज्योतिषी तथा अभिनेता हरिहर अधिकारीसँग शुक्रबारलगनगाँठो कसेकी हुन् । नीता र हरिहरको विवाह दरबारमार्गस्थित होटल याक एण्ड यतीमा भइरहेको छ ।
 

विवाहमा दुवै तर्फका नजिकका आफन्त र सीमित साथीभाइको सहभागिता छ । केही वर्षदेखि प्रेममा रहेका उनीहरूले शुक्रबार विवाह गरेका हुन् ।
विवाहअघि बुधबार उनको मेहन्दी तथा संगीत समारोह समेत आयोजना गरिएको थियो । विवाहमा सञ्चारकर्मीलाई प्रवेश दिइएकाे छैन ।
विवाहको रिप्सेसन पाटी भने आइतबार हुनेछ ।

फ्ल्यासब्याकमा ‘कन्दरा’ : लोकपप संगीतको त्यो मधुर युग

पृष्ठभूमिमा ‘ओम मणि पद्मे’को मधुर धुन बजिरहेको थियो र हावामा रंगबिरंगी लुङदर फहराइरहेकोे थियो । वनस्पति धुपले वायुमण्ड सुगन्धित थियो । प्रातकाल घर्कनै लाग्दा हामी ठमेलको बहुरंगी कोलाजमा मिसिइसकेका थियौं ।
६ फिट भन्दा अग्ला । छरितो ज्यान । हार्दिक मुस्कान । बताससँगै सुस्तरी लहराइरहेका मौसमी फूलहरुको पछिल्तिर प्रफुल्ल मुद्रामा उभिइरहेका थिए, विवेक श्रेष्ठ ।
विवेक उही हुन्, जसको जादुमयी आवाजले ५० को दशकमा मधुर कम्पन प्रवाह गरेको थियो । त्यसले तन्नेरी हृदयमा रोमाञ्चक झंकार पैदा गर्दथ्योे । आवाजको घनत्व र गुरुत्वबलले मोहनी लगाउँथ्यो । अनि वैरागीहरु ‘बुटी’को सर्कोमा मदमग्न भएझैं त्यो …

सलमान खानको फिल्म ‘दबंग ४’ लाई धुलियाले निर्देशन गर्ने

एजेन्सी । भारतीय सुपरस्टार सलमान खान आफ्नो चर्चित फिल्म फ्रेन्चाइज दबंग को चौथो भाग ‘दबंग ४’ ल्याउने तयारीमा रहेका छन् ।
सलमानले फिल्मको घोषण गर्दा फिल्मका निर्माता रहेका तिग्मांशु धुलियाले फिल्म निर्देशन गर्ने भएका छन् । भारतीय सञ्चार माधयमका अनुसार फिल्मको कथापनि तिग्मांशु आफैले लेखिरहेका छन् ।
सलमानले फिल्म ‘अन्तिम’ को प्रमोशनको क्रममानै ‘दबंग ४’ मा काम गर्न सुरु गरेको खुलासा गरेका थिए । फिल्मको छायांकन यही वर्षको डिसेम्बरबाट सुरु गरिने सलमानले बताएका छन् । तिग्मांशुलाई यस प्रोजेक्टमा ल्याउने पहल सलमान आफैले गरेका हुन् । सलमानका अनुसार चुलबुल पाण्डेको कथामा रोमाञ्चक र एड्भेन्चर …

‘काली’ को नयाँ पोस्टरमा शिव पार्वती चुरोट तान्दै, निर्देशकको आलोचना

एजेन्सी । भारतीय डकुमेन्ट्री फिल्म ‘काली’ को पोस्टरलाई लिएर ५ दिनदेखि विवाद चलिरहेको छ ।
यसैबीच फिल्म निर्देशक लीना मणिमेकले सामाजिक सञ्जालमा अर्को विवादास्पद पोस्ट गरेकी छन् । उनले बिहिबार गरेको उक्त पोस्टमा शिव पार्वतीले चुरोट खाइरहेको देखिन्छ । उनले पोस्टर पोस्ट गर्दै लेखेकी छन, ‘देश सबैभन्दा ठूलो लोकतन्त्रबाट घृणित मेसिन बनेको छ । मानिसहरू मलाई आलोचित गर्न चाहन्छन् । मैले अहिले कतै सुरक्षित महसुस गरिरहेको छैन् ।’
निर्देशक लीनाको सामाजिक सञ्जालमा पोस्ट आउनासाथ भाजपा (भारतीय जनाता पार्टी) का नेता र सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले आक्रोश व्यक्त गर्दै लीनाको आलोचना पनि गरेका छन् । …

चलचित्र विकास बोर्ड अध्यक्ष बन्न १० जनाले दिए आवेदन, कसलाई कसको समर्थन ?

काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि अभिनेता भुवन केसीसहित १० जनाले आवेदन दिएका छन् ।
आवेदन दिने अन्तिम दिन आइतबारसम्म ती निवेदन प्राप्त भएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको संस्थान समन्वय शाखाले जानकारी दिएको छ ।

शाखाका प्रमुख मुकुन्द शर्माका अनुसार आवेदन दिनेहरुमा केसीसहित सम्झना उप्रेती रौनियार, अरुणकुमार प्रधान, मनिष पण्डित, सुष्मा कार्की, नरेश पौड्याल, सुशील पोखरेल, सुचित्रा श्रेष्ठ, दीपक श्रेष्ठ र निर्मलराज पौड्याल छन् ।

आवेदन दिएसँगै अब अन्तवार्ता लगायतका प्रक्रिया अघि बढ्ने जानकारी संयोजक शर्माले अनलाइनखबरलाई बताए । उनका अनुसार नियुक्तिको प्रक्रिया पूरा हुन अझै केही साता लाग्नेछ ।

आवेदन …

चलचित्र ‘आँखा’को छायाङ्कन सुरु

काठमाडौं । निशा अभिकारीद्वारा अभिनित नेपाली चलचित्र ‘आँखा’को छायाङ्कन सुरु भएको छ ।
बिहीबार ललितपुरको बंगलामुखी मन्दिरबाट चलचित्रको छायाङ्कन सुरु भएको हो ।
चलचित्रको निर्देशक जोन योञ्जनले गर्ने छन् । जोनले निर्देशन गर्न लागेको यो तेस्रो चलचित्र हो । यसअघि उनले ‘१२ सत्ताईस’ र ‘म राजेश हमाल’ निर्देशन गरिसकेका छन् ।
‘आँखा’ चलचित्रमा आलोक शुक्लाको छायङ्कन रहने छ भने दीपक आरोजाले संगीत दिने छन् । चलचित्रमा निशा अधिकारी, लुनिभा तुलाधर, अस्मिता लामिछाने, विजय बराल, प्रविण खतिवडाको मुख्य भूमिका रहेको छ ।
चलचित्रलाई २०८० मा प्रदर्शन गर्ने लक्ष्य चलचित्र निर्माण कर्ताहरुले राखेका छन् । चलचित्रलाई …

भुवन अझै ‘पर्ख र हेर’को मनस्थितिमा, अरुण र सम्झनाले दिए आवेदन

काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि मंगलबार मध्यान्हसम्म दुई जनाले आवेदन दिएका छन् । सञ्चार मन्त्रालयअन्तर्गतको संस्थान समन्वय शाखाले दिएको जानकारीअनुसार निर्देशक सम्झना उप्रेती र अरुण प्रधानले आवेदन दिएका छन् ।
आवेदनको म्याद सकिन पाँच दिन बाँकी छ । अध्यक्ष बन्नका लागि दौडधुप गरिरहेका अर्का आकांक्षी तथा अभिनेता भुवन केसी अझै ‘पर्ख र हेर’को मनस्थितिमा छन् । उनी अध्यक्ष बन्नका लागि आन्तरिक गृहकार्य गरिरहेका छन् ।

अध्यक्ष बन्ने निश्चित भएपछि मात्र आवेदन दिने मनस्थितिमा भुवन रहेको निकट स्रोतले जानकारी दियो । ‘उहाँ अझै पनि शक्तिकेन्द्रसँगको लबिङमा हुनुहुन्छ । अध्यक्ष बन्ने …

अबको बाटो : गम्भीर होइन, विशेष फिल्म

काठमाडौं । ‘कबड्डी ४’ले २८ दिनसम्म २२ करोड ४७ लाख रुपैयाँ ग्रस कमाउँदै सर्वाधिक कमाउने नेपाली फिल्मको कीर्तिमान राख्यो । तर, यसको बक्सअफिस अंकगणित पछाडि लुकेको कारण र प्रभावलाई लिएर फिल्म पण्डितबीच डिस्कोर्स सुरु भएको छ ।
कतिपय विश्लेषक बक्सअफिस सफल हुँदैमा त्यसलाई विशेष फिल्म मान्न नसकिने तर्क गर्दैछन् । मानकबिनाको सफलता घरेलु फिल्मको भविष्यको लागि दुर्भाग्यपूर्ण हुने उनीहरुको जिकिर छ ।

सबै कीर्तिमान तोड्दै फिल्मले एकपछि अर्को रेकर्ड राखिरहँदा घरेलु फिल्मको भविष्य र सम्भावित ‘मास डिफाइन’लाई लिएर बहस सुरु हुँदैछ । बहसको एकातिर मेनस्टि्रम फिल्ममेकर छन् भने अर्कोतिर नयाँ कथ्य परम्परामा …

चोरको स्वर : भागी विवाहको घतलाग्दो दृश्यान्तर

‘सेवारो ! तपाईंहरूको गाउँ-घरमा एउटा सुन्दर फूल फुलेको रहेछ । फूलको सुवास हाम्रो गाउँसम्म पुगेछ । त्यसलाई हाम्रो भमराले मन पराएछ । अनि त्यो फूललाई हाम्रो भमराले चुँडेर लगेछ ।’
बुढापाका भाँती र भाका पुर्‍याएर भन्छन्, ‘लौ है आदङ्वासेहरू ! केही गल्ती पो भयो कि ?’

‘अनि त्यो भमराचाहिं को हो ?’ अर्को पक्षमा उभिएका एक युवा झोंकिन्छन् ।

अँ, खै त भमरा ?

भमरा त आएकै छैनन् । भमरा अर्थात् दुलहा । चेम्जोङ गाउँका १९ वर्षे ती किशोर (दुलहा)ले भर्खरै एउटी किशोरीलाई भगाएर लगे । त्यसैले चेम्जोङ गाउँबाट बुढ्यौलीसहित आफन्त शेर्मा गाउँमा आएका …

कबड्डीको बिके

अहिले नेपाली सिनेमा हलहरूमा चलचित्र कबड्डी-४ लागिरहेको छ । चलचित्रले सुरुवाती दिनमै राम्रो सफलता पाइरहेको छ । लामो समय कोरोनाभाइरसको संक्रमणका कारण सुस्ताएको रंगक्षेत्र पुनः ब्युँतिएको छ । ए मेरो हजुर-४ को राम्रो सफलतापछि अहिले चलचित्र कबड्डी-४ ले निकै नै दर्शकको माया बटुलिरहेको छ । त्यस पछाडिको मुख्य कारण यस चलचित्रको कथावस्तु, पात्र, चरित्र अनि मौलिकपना नै हो ।
रामबाबु गुरुङद्वारा लिखित-निर्देशित यी चलचित्रका यिनै विविध कारणले चारवटा सिक्वेलसम्म चलिरहँदा लाखौं नेपाली दर्शक चलचित्रको पारखी भएका छन् । तिनै पारखीमध्येको एक म पनि हुँ ।

चलचित्र कबड्डी लगभग मैले दर्जनौंपटक दोहोर्‍याई तेहर्‍याई …

प्रशान्त मिस्टको सव्द तथा स्वरमा पहाड हिमाल तराई बाेलकाे गित सार्वजनिक

काठमाडौं । गायक तथा सर्जक प्रशान्त मिस्टको नयाँ गीत ‘पहाड हिमाल तराई’ सार्वजनिक भएको छ । गीतमा गायक प्रशान्त मिस्टको स्वर तथा शब्द रहेको छ ।
गीतको भिडियोमा नलिना चित्रकार र दिपेश सिंहको गायन र अभिनय रहेको छ । गीतको म्युजिक भिडियो OSR Digital को अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको हो ।

गीतमा संगित आकाश केम र दिपेश सिंहको रहेको छ । त्यसैगरी विजय बज्राचार्यले छायांकन गरेका छन् भने सम्पादन र निर्देशन मिस्ट स्वयमले गरेका छन् ।

नेपालभित्र रहेका हिमाल, पहाड र तराईमा भएका विविध कुराहरुलाई समावेश गरेर उत्कृष्ट शैलीमा गीतमा प्रस्तुत गरिएको छ …

डि सिने अवार्डः बेस्ट प्लेब्याक सिगंर अफ दि इयर २०२२ को उपाधी गायक कृष्ण काफ्लेलाइ

यस वर्षको उत्कृष्ट पार्श्व गायक उपाधी गायक कृष्ण काफ्लेले प्राप्त गर्नुभएको छ ।
छायाछवि मिडिया प्रालीले बर्सेनी आयोजना गर्दै विभिन्न विधामा उपाधी प्रधान गर्दै आइरेहेको छ । यसअन्तर्गत छायाछवि डि सिने अवार्डको १२ औ संस्करणमा उत्कृष्ट पार्श्व गाएक विधा अन्र्तगत काफ्लेले उक्त उपाधी हात पार्न सफल हुनुुभएको हो ।
विगतमा पनि चलचित्र छक्का पन्जा १ मा देखन चम्पा बोलको गितबाट  नवौ संस्करणको अवार्ड प्राप्त गर्न सफल काफ्ले यस वर्षको उपाधी समेत प्राप्त गर्न सफल हुनुभएको हो ।

चलचित्र मारुनीमा रहेको हाने मैले झटारो वोलको गितबाट काफ्ले अवार्डको लागी छनोट हुनुभएको हो । गितमा …

राजु परियार : लमजुङको रोधीदेखि लोकदोहोरीका ‘बादशाह’सम्म

२६ चैत, काठमाडौं । कुनै समय लोकदोहोरी गायनमा एकछत्र राज गरे गायक राजु परियारले । त्यसताका लोकदोहोरी क्षेत्र राजुमय थियो । उनलाई लिएर गीत बनाउन तँछाडमछाड हुन्थ्यो । उनले स्वर नै नभरेपनि नाम मात्रैले पनि गीति एल्बम बिक्थे । एक हिसाबले त्यसबेला लोकगीतका एक्ला बादशाह थिए उनी ।
गीत रेकर्डिङ, मेला, महोत्सव सबैतिर राजु परियार छाउँथे । करिब सात–आठ वर्ष लोक संगीतमा एकछत्र राज गरेका राजुको स्वर नचिन्ने र नसुन्ने सायदै लोक संगीतप्रेमी होलान् ।

वनमा काँडा छ, मिर्मिरेको घाम, फूलमा भमरा, मौरी फूलमाथि, धोका दिनेलाई के भनौं र खोई, लालुपाते नुग्यो …

ओस्कार अवार्ड : ‘कोडा’ सर्वोत्कृष्ट फिल्म, ‘ड्युन’ सर्वाधिक ६ विधामा

१४ चैत, काठमाडौं । ‘कोडा’ यसवर्षको ओस्कार अवार्डमा सर्वोत्कृष्ट फिल्म घोषित भएको छ । स्ट्रि मिङ प्लेटर्फम एप्पल फिल्मसले निर्माण गरेको फिल्मले अस्करको ९४ औं संस्करणमा बाजी मार्‍यो ।
नेपाली समयानुसार अमेरिकाको लस-एन्जल्समा आज बिहान आयोजित समारोहमा २३ विधामा अवार्ड वितरण गरिएको छ । कोरोना महामारीपछि रेडकार्पेटसहित भौतिकरुपमै ओस्कारलाई भव्यरुपमा आयोजना गरिएको हो । हलिउड स्टारहरुले रेडकार्पेट खचाखच रह्यो ।

‘ड्युन’ले सर्वाधिक ६ विधामा ट्रफी उचाल्यो । सर्वाधिक १२ विधामा मनोनयन भएको ‘द पावर अफ दी डग’ले निर्देशन विधामासमेत जित्न सक्यो । निर्देशक क्याम्पेन ओस्कार जित्ने तेस्रो महिला समेत बनिन् ।

बियोन्से, बाइल्ली एलिस, …

नेपाली कलाकारिता : बाचुन्जेल वेवास्ता मरेपछि जयजयकार ।

जयनन्द लामा : कलाकारिताको ‘सिंगो प्याकेज’
काठमाडौं । अग्रज लोक गायक तथा कलाकार जयनन्द लामाको बुधबार बिहान ६६ वर्षको उमेरमा निधन भयो । भक्तपुरको मध्यपुरथिमि नगरपालिका-१, कौशलटारस्थित आफ्नै घरअगाडि उनी मृत फेला परेका थिए । दूध पुर्‍याउन आउने व्यक्तिले उनलाई गाडीमा लडेको अवस्थामा देखेपछि परिवारलाई खबर गरेका थिए ।
जयनन्द लामाको निधनले यतिबेला नेपाली सांगीतिक क्षेत्रसँगै चलचित्र क्षेत्र शोकमा छ । उनको निधनमा सांगीतिक क्षेत्र, चलचित्र क्षेत्रसँगै श्रोता-दर्शकहरु थुप्रैले दुःख व्यक्त गरेका छन् । सिन्धुपाल्चोकको बाह्रबिसेमा जन्मिएका जयनन्द लामा झण्डै पाँच दशक कलाकारिता क्षेत्रमा सक्रिय रहे ।

नृत्यकारबाट कलाकारिता सुरु गरेका उनले ३० …

अभिनेता पल शाहविरुद्ध किटानी जाहेरी,

काठमाडौं । अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसूरमा किटानी जाहेरी परेको छ ।
एक गायिकाले शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय, तनहुँमा किटानी जाहेरी दिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

यसअघि जिल्ला प्रहरी कार्यालय, कास्कीमा शाहविरुद्ध जाहेरी दिइएको थियो । तर, प्रहरीले घटनास्थल तनहुँ भएकाले तनहुँमै दर्ता गर्न सुझाव दिएको थियो ।

एउटा म्यूजिक भिडियोको सुटिङका सिलसिलामा तनहुँ गएका बेला शाहले ‘फकाएर’ जबर्जस्ती करणी गरेको अभियोग शाहमाथि छ ।

ती गायिका नाबालिका हुन् ।
Source: Onlinekhabar

सलमान खान वैशाख ३ गते नेपाल आउने

एन सञ्चार, फागुन ४ ।। 
भारतीय सिने स्टार सलमान खान वैशाख ३ गते नेपाल आउने भएका छन्।
काठमाडौंको दशरथ रंगशालामा आयोजना हुने कार्यक्रममा सहभागी हुन सलमान नेपाल आउने भएका हुन्।
सलमानका साथमा नायिका ज्याकलिन फर्नान्डिज, प्रभु देवा लगायतका कलाकार उपस्थित हुने आयोजकले जानकारी दिएको छ।
दसकअघि ब्रायन एडम्सलाई ल्याएको ओडिसी इन्टरटेनमेन्टले सलमानलाई नेपाल ल्याउने तयारी गरेको बताइएको छ।
आयोजकमध्येका एक सीमान्त गुरुङले सेतोपाटीलाई भने, ‘हामी दुई पार्टीबीच कार्यक्रम गर्ने सहमति भयो। कोरोनाको कारण नेपालमा अवस्था बदलिएन भने सलमान खानको कार्यक्रम हुन्छ।’
 सलमानको कार्यक्रमले नेपालमा कोरोनाको कारणले थिलथिलिएको पर्यटनमा टेवा पुग्ने विश्वास भएको गुरुङले बताए।

सलमान खान तथा अन्य भारतीय …

सन्दर्भ नवाैं अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस : यसकारण मनाउन थालियो टोपी दिवस

पुष १७ः  नेपाल विविध जातजाति र वेशभूषा भएका मानिसहरुको साझा चौतारी हो। यहाँ बसोवास गर्ने सबै नागरिकका आ–आफ्नै जातीय पहिचान झल्कने पहिरन छन् । अर्को अर्थमा भन्नु पर्दा कुनै व्यक्तिको पहिरनले नै ऊ कुन समुदायको हो भनेर सहजै अनुमान लगाउन सकिन्छ । यसर्थ पनि सबैको पहिचान झल्कने पोशाक हुनु जरुरी एकातिर छँदैछ भने अर्कातिर नेपालमा गणतन्त्रको शुरुवातपछिका केहि वर्षमै नेपालीको राष्ट्रिय पोशाक हटाइएको छ । विना कारण कुनै पनि देशको राष्ट्रिय पोशाक हट्नु भनेको त्यो देशको मौलिक संस्कृति हट्नु हो, पहिचान हट्नु हो । अनि बहुसंख्यक नेपालीको आत्मसम्मानमा चोट पुग्नु …

You Missed

सन्तुलित र रूपान्तरणकारी बजेटको तयारीमा सरकार
नयाँ सरकारको आक्रामक सुरुवात: ७ दिनमा ८ ‘हाई प्रोफाइल’ पक्राउ
कलाकार सागर लम्साल (बले) लाइ बलात्कार आरोप, आराेपपछि चलचित्रबाट निकालिए
आबुधाबीमा ड्रोन र मिसाइलको अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
२०८२ एसईई प्रकरणः ५ लाख १२ हजारले दिँदैछन् परीक्षा
निरन्तर ओरालो सेयर बजार यस्ताे छ कारण ।
पुनः संचालन गर्न सकिने अवस्थामा गोरखकाली रबर उद्योग, सुझाइयो ३ विकल्प

Primary Color

Secondary Color

Layout Mode