बरथवा घटना अपडेट : हवल्दारले सेन्ट्रीको राइफल लिएर गोली चलाएको भेटिएपछि बर्खास्तीको तयारी

८ माघ, काठमाडौं । सर्लाहीको बरथवा नगरपालिका–५ मा प्रहरीको गोली लागेर एक युवकको ज्यान गएको घटनामा गोली चलाउने प्रहरी अधिकारी बर्खास्तीमा पर्ने भएका छन् ।
छानबिनमा क्रममा अनावश्यक बल प्रयोग गरेको पाइएपछि इलाका प्रहरी कार्यालय, बरथवाका वरिष्ठ हवल्दार सोनेलाल यादवलाई बर्खास्त गर्ने तयारी प्रहरी प्रधान कार्यालयले गरेको हो ।

घटनाबारे छानबिन गर्न गृह मन्त्रालयले बनाएको सह–सचिव थानेश्वर गौतम नेतृत्वको समितिले पनि उनलाई बर्खास्त गर्न सिफारिस गरेको थियो । २० पुसमा अस्पताल स्थापनाको विषयमा विवाद हुँदा बरथवा नगरपालिका–६ का जयशंकर साह मारिएका थिए ।

प्रहरी प्रधान कार्यालय, नक्सालका एक उच्च अधिकृतका अनुसार, घटनालगत्तै हवल्दार …

प्राण प्रतिष्ठाको खुशीयालीमा नवलपरासीमा धार्मिक र्‍याली निकालियो

परासी । भारतको अयोध्यास्थित राम मन्दिरमा भएको प्राण प्रतिष्ठाको खुशीयालीमा नवलपरासीका विभिन्न स्थानमा र्‍याली निकालिएको छ ।
अविरजात्रा गर्दै विभिन्न स्थानबाट मोटरसाइकल र पैदल यात्रामार्फत आएका धार्मिक र्‍यालीले सदरमुकाम परासी बजार परिक्रमा गरेका थिए ।

र्‍यालीका सहभागीहरुले आतीसबाजी समेत गरेका थिए । र्‍यालीका कारण केही समय सदरमुकामको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको थियो ।

स्याङ्गजामा छोरी सहित महिला वेपत्ता ।

स्याङ्गजा, माघ ७, एन. सन्चारः   स्याङ्गजामा छोरी सहित महिला वेपत्ता भएकी छन ।
भिरकोट गाउपालिका १ वयरघारी वस्ने वर्ष २४ की संगिता परियार गत माघ ५ गते गल्याङ्ग जान भनी १४ महिनाकी छोरी सहित निस्केकी परियार हाल सम्म पनि सम्पर्कमा नआएपछि खोजि गरिदिन पारिवारिक श्रोतले अपिल गरेको छ ।

तस्विरमा दिइएको हुलिया अनुसारको व्यक्ति कहि कतै फेला परेमा नजिकको प्रहरी कार्यालय वा सम्पर्क नम्वर ९८२८८३१०२ मा फोन गरि जानकारी गराइदिनुहुन परिवारको आग्रह छ ।

चार नियुक्ति एक अध्यादेश अघि बढाउने सरकारकाे निर्णय ।

काठमाडौं । सरकारले विभिन्न निकायमा चार जनालाई नियुक्त गरेको छ भने एउटा अध्यादेश अगाडि बढाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले अर्थ मन्त्रालयको प्रस्तावमा नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा प्रमोदकुमार कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता सञ्चार, सूचना तथा प्रविधि मन्त्री रेखा शर्माले बताइन ।

यस्तै मन्त्रिपरिषद्ले साँस्कृतिक संस्थानको महाप्रबन्धक पदमा रुकुम पश्चिमको सानीभेरी–६ का किरणबाबु पुन, गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशकमा डा.रवी मल्ललाई नियुक्ति गर्ने र नरदेवी आयुर्वेद चिकित्सालय विकास समितिको अध्यक्षमा रमेशचन्द्र न्यौपानेलाई मनोनयन गर्ने निर्णय गरेको छ ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ लाई …

महोत्तरीमा दुई कठ्ठामा लगाइएको गाँजा खेती प्रहरीले नष्ट गर्याे ।

२०८० पुष २७ः  महोत्तरीको गौशालामा नगरपालिका ११ लक्ष्मीनिया टोलमा दुई कठ्ठामा लगाइएको गाँजा खेती प्रहरीले नष्ट गरेको छ ।
उखु खेतको बीच दुई कट्ठा लगाएको गाँजा खेती प्रहरीले फडानी गरी नष्ट गरेको हो । विशेष सुराकीको आधारमा उखु खेतको बिच लगाएको गाँजा खेती कान्तिबजार प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले बिहीबार नष्ट गरेको हो ।
उखु खेतको बिच लगाएको गाँजा खेती नष्ट पार्न सफल भएकाे कान्तिबजार प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक शर्मा प्रसाद यादवले जानकारी दिए 

टीआरसी छलफलमा फेरिएको दृश्य : एमाले नरम, कांग्रेस गरम

६ पुस, काठमाडौं । संसदको कानुन न्याय तथा मानवअधिकार समितिमा बिहीबार पनि बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको (टीआरसी) विधेयकमाथि छलफल भयो । तर यो छलफलमा अरु दिनभन्दा केही फरक दृश्यहरु देखिए ।
बैठकमा नेकपा एमालेले विधेयक सहमतिमा पारित गर्नुपर्नेमा जोड दिएको छ । उसले संसदीय प्रक्रियाको विरोध त गरेन, तर आफ्नो सहमति बिना यो विधेयक अगाडि बढाउँदा द्वन्द्वरत पक्षहरु (कांग्रेस र माओवादी) ले मिलीजुली गरे भन्ने सन्देश जानसक्ने चेतावनी दिएको छ ।

विगतमा प्रमुख दलहरुबीच सहमति गर्नुपर्ने मत राख्दै आएको नेपाली कांग्रेसले …

सर्लाहीको बरहथवामा घटनाको छानबिन गर्न गृह मन्त्रालयले बनायो समिति

काठमाडौं । गृह मन्त्रालयले सर्लाहीको बरहथवामा एक जनाको मृत्यु भएको घटनाको छानबिन गर्न ३ सदस्यीय समिति बनाएको छ ।
शनिबार मन्त्रालयका प्रबक्ता नारायणप्रसाद भट्टराईले एक विज्ञप्ति जारी गरी मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरिएको जानकारी दिनुभयो ।

समितिमा नेपाल प्रहरीका डीआईजी सुरेन्द्र मैनाली र राष्ट्रिय अनुसन्धान विभागका निर्देशक भीमबहादुर बुढाथोकी सदस्य छन् ।

मृतक परिवारलाई १० लाख रुपैयाँ दिने र छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले निर्देशन दिएको गृह मन्त्रालयका प्रबक्ता भट्टराईले जानकारी गराउनुभयो ।

सूर्यदर्शन ठगी आरोपीको बयान : सहकारीको पैसाबाट टिभीदेखि सञ्चालकका घरघडेरीसम्म लगानी

२१ पुस, पोखरा । बचतकर्ताको डेढ अर्ब रुपैयाँ ठगी आरोपमा पोखराको सूर्यदर्शन सहकारीका १९ जनामध्ये उपाध्यक्ष कैलाशकुमार दर्लामी, कोषाध्यक्ष कुमार रम्तेल, पूर्वसञ्चालक शिवबहादुर गुरुङ (महेन्द्र भोटे) र भविश्वर पुर्पक्षका लागि कास्की कारागारमा छन् ।
प्रहरीले गरेको अनुसन्धान र जिल्ला अदालतमा दिएको बयानका क्रममा उनीहरुले पूर्वअध्यक्ष तथा संरक्षक गितेन्द्रबाबु (जीबी) राईकै योजना र निर्देशन अनुसार काम गरेको बताएका छन् ।

सहकारीका पूर्व सञ्चालक तथा लेखा समिति सदस्यसमेत रहेका शिवबहादुर गुरुङले ग्यालेक्सी फोरके टेलिभिजन सञ्चालन गर्ने गोर्खा मिडिया प्रालिलाई सहकारीले ३० करोड रुपैयाँ तमसुक गरेर दिएको बयान दिएका छन् ।

जिल्ला अदालतमा दिएको बयानमा गुरुङले …

लेजर हेयर रिमुभल कति उपयोगी, कति सुलभ ?

काठमाडौं । अचेल महिलाले जस्तै पुरुषहरू पनि आफ्नो ग्रुमिङमा निकै ध्यान दिन थालेका छन् । आफ्नो शरीर सफा राख्नु र आफ्नो कपालको उचित हेरचाह गर्नु पुरुष ग्रुमिङको एक हिस्सा हो ।
स्लोभाकियाको त्रनाव युनिभर्सिटीले गरेको अनुसन्धानले यो पनि पत्ता लगाएको छ कि महिलालाई ती पुरुष मात्र आकर्षक लाग्छन् जसले आफ्नो ग्रुमिङमा ध्यान दिन्छन् ।

पहिले पुरुषको छातीमा रौं हुनु पुरुषार्थको प्रतीक झैं भनिन्थ्यो । तर छाती हातखुट्टा, अनुहार लगायत शरीरका धेरै भागमा रौं देखा पर्दा कहिलेकाहीं नराम्रो देखिन सक्छ । यस्तोमा पुरुषले आफ्नो छातीको रौंलाई कसरी हटाउन सक्छन् ? यिनै विषयमा केन्द्रित …

आजबाट अंग्रेजी नयाँ वर्ष सन् २०२४ सुरु

१६ पुस, काठमाडौं । आजबाट इस्वी संवतको नयाँ वर्ष सन् २०२४ शुरु भएको छ । नेपालीसहित विश्वभरका मानिसहरुले आपसमा शुभकामना आदान प्रदान गर्दै नयाँ वर्ष मनाइरहेका छन् ।
ग्रेगोरियन पात्रोअनुसार सन् २०२३ को विदाइ र नयाँ वर्ष सन् २०२४ को स्वागतमा विश्वभर विभिन्न कार्यक्रमहरु आयोजना भइरहेका छन् । यशु ख्रीस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले शुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिन्छ ।

इस्वी संवतको नयाँ वर्षको अवसरमा नेपालमा पनि शुभकामना आदानप्रदान, सांगीतिक प्रस्तुतीलगायतका विभिन्न कार्यक्रमहरु भइरहेका छन् ।

नयाँ वर्ष मनाउन काठमाडौं, पोखरा, नगरकोट, धुलिखेल, चितवनको सौराहालगायतका स्थानहरुमा मानिसहरु भेला भएर नयाँ …

गोरखामा भुक्तानी नपाएपछि निर्माण कम्पनीले रोके सडकको काम

१५ पुस, गोरखा । निर्माण कम्पनीले कामको भुक्तानी नपाएपछि जिल्लामा निर्वाचन क्षेत्र सडक अन्तर्गतका योजनाको काम रोकिएको छ ।कार्यालयले भुक्तानी नदिएपछि दुवै निर्वाचन क्षेत्रमा भइरहेको सडक स्तरोन्नतीको काम निर्माण कम्पनीहरुले रोकेका हुन् ।
गोरखा निर्वाचन क्षेत्रनम्बर १ अन्तरगतको गण्डकी गाउँपालिका-५ दर्वुङफाँटदेखि लाकुरीबोट हुँदै दलभन्ज्याङसम्मको सडक कालोपत्रेको जिम्मा पाएको रायमाझी नवकान्तिपुर जेभीले करिब दुई करोड रकम भुक्तानी लिन बाँकी रहेको जनाएको छ ।
भुक्तानी नपाएकै कारण काम अघि बढाउन नसकिएको जेभीका जनक भट्टले बताए । ‘गत वर्ष काम गरेको तीन करोड रकम भुक्तानी भएन, यो वर्षको साउनमा जम्मा एक करोड दियो,’ उनले भने, …

भारतीय अन्तरिक्ष अनुसन्धान संगठन इसरोले परमाणु इन्धनबाट चल्ने रकेट निर्माण गर्दैछ

२०८० पुष १५ गते  भारतीय अन्तरिक्ष अनुसन्धान संगठन इसरोले परमाणु इन्धनबाट चल्ने रकेट निर्माण गर्दैछ । उक्त रकेटको सुरुआती डिजाइन पनि सार्वजनिक भएको छ ।
यदि आगामी केही वर्षमा उक्त आणविक इन्धनयुक्त इन्जिनबाट चल्ने रकेट निर्माण सफल भएमा भारतले कुनै पनि ग्रहमा कमभन्दा कम समयमा अन्तरिक्षयान उतार्न सक्नेछ ।
न्युक्लियर रकेटको विकाससँगै भविष्यमा चन्द्रमा तथा मंगल ग्रहमा जाने यानमा रहेका अन्तरिक्षयात्रीलाई पृथ्वीमा फर्किनका लागि कुनै समस्या हुनेछैन । अर्थात् इन्धनको चिन्ता रहने छैन ।
परमाणु इन्धनबाट चल्ने रकेट सौर्यमण्डल बाहिरका सबै मिसनका लागि समेत निकै उपयोगी सावित हुनेछ । किनकि यस्तो खालका डिपस्पेस …

नारायणगढ–बुटवल सडकखण्ड हालसम्मकाे प्रगतीः १८ किलोमिटर कालोपत्र

११ पुस, नवलपुर (नवलपरासी)। राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकको पूर्वी खण्डमा कालोपत्रको कामलाई तीव्रता दिइएको छ ।
आयोजनाको पूर्वीखण्डमा पर्ने गैँडाकोटबाट दाउन्नेसम्मको ६५ किलोमिटर सडकमध्ये १८ दशमलव पाँच किलोमिटर खण्डमा कालोपत्र गरिएको छ ।

चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेशन लिमिटेडका कन्ट्रयाक्ट म्यानेजर (ठेक्का व्यवस्थापक) राकेश झाका अनुसार अहिले एकतर्फी कालोपत्रसँगै सबबेस (कालोपत्र गर्नुपूर्वको अवस्था), ठूला पुल निर्माण, सडकको दायाँबायाँ र खोला किनारमा पर्खाल निर्माणलगायतका काम भइरहेका छन् ।

आगामी दुई महिनाभित्र एकतर्फी ४२ किलोमिटर कालोपत्र गर्नेगरी सडक विस्तारको काम भइरहेको उनले बताए । अहिले ठूला निर्माणलाई प्राथमिकता दिँदै दाउन्ने …

बुटवल-नारायणगढ सडककाे गलपासाे : शास्तीमा जनता, अक्षम सरकारको प्रष्ट ऐना

१० पुस, बुटवल । नारायणी नदीको पुल तरेर गैंडाकोट टेक्नासाथ दायाँ–बायाँ माटोका ढिस्काहरु देखिन्छन् । सडकमा खाल्डा यति धेरै खाल्डा छन् कि यो पूर्व–पश्चिम राजमार्गको खण्ड नभएर विकट ग्रामीण क्षेत्रको सडकजस्तो देखिन्छ ।
राजमार्ग वरपरका रुख विरुवा र घरहरु धुलोले ढाकिएका भेटिन्छन् । विहानको समयमा धुलो छोप्न हालिएको पानीले सडकको आधा भाग हिलोको राज छ । पश्चिमबाट धुलो र हिलो झेल्दै यात्रा गरेका गाडी र मोटरसाइकल यात्री धुलाम्य देखिन्छन् ।

बुटवल पुग्दासम्म नै यो सडक खण्डमा दुर्घटनामा परेका गाडीहरु, सवारी बिग्रिएर अलपत्र परेका यात्रु र धुलो छल्न रेनकोट र प्लाष्टिक ओढेका मोटरसाइकल …

चितवन राष्ट्रिय निकुञ्जमा वन्यजन्तु बढ्दै, घाँसे मैदान घट्दै

८ पुस, चितवन । दुर्लभ वन्यजन्तुको प्रमुख बासस्थानका रुपमा रहेको चितवन राष्ट्रिय निकुञ्जमा वन्यजन्तु बढ्दै जाँदा घाँसे मैदानको क्षेत्रफल भने घट्दै गएको छ ।
घाँसे मैदान निर्माण र व्यवस्थापनका लागि यसरी बजेट घटाउँदै लैजाँदा यसले प्रत्यक्षरुपमा मानव र वन्यजन्तुबीचको द्वन्द्व बढाउने देखिएको छ ।

सरकारले भौतिक पूर्वाधारका क्षेत्रमा प्राथमिकता दिने भए पनि घाँसे मैदानको व्यवस्थापनजस्ता अत्यन्तै महत्वपूर्ण क्षेत्रमा बजेट घटाउँदै लगेको छ ।

निकुञ्जमा घाँसे मैदान हात्ती, गैँडा, गौर, नीलगाई, चित्तल, लगुना, मृग, जरायोजस्ता शाकाहारी जनावरको चरन क्षेत्र हो । यिनै जनावरमा बाघ, चितुवाजस्ता मांशाहारी जनावर आश्रित हुन्छन् ।

निकुञ्जमा आहाराको अभाव भएपछि शाकाहारी …

प्राकृतिक प्रकोपको बारेमा विश्वको ध्यान खिच्न सफल भएको प्रधानमन्त्रीको दाबी

नवलपरासी । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिले विश्वलाई शान्तिको अझ बढी आवश्यकता परेको बताएका छन् ।

नवलपरासीको रामग्राममा आयोजित विश्व शान्ति कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले बुद्धका शिक्षाको औचित्य, आवश्यकता र महत्व मानव जाति रहेसम्म नसकिने भन्न्दै आजको विश्वमा शान्तिको महत्व झन धेरै भएको बताए ।

‘विचार र दर्शनहरु कहिल्यै पुराना हुँदैनन् । ती मानवजाति रहेसम्म बुद्धका शिक्षाको औचित्य, आवश्यकता र महत्व झन् दिन प्रतिदिन बढ्दै गएको छ । आजको विश्वमा शान्तिको महत्व अझ बढ्न गएको छ ।’
प्रधानमन्त्री दाहालले विश्व समुदायलाई रामग्रामबाट विश्व शान्तिका निम्ति अपिल समेत गरेका छन् ।
रामग्रामको विकासका लागि भएका …

सेयर बजार ३६ अंकले बढ्यो, यी हुन् धेरै मूल्य बढेका १५ कम्पनी

काठमाडौं । सेयर बजारको परिसूचक नेप्से मंगलबार ३६.८६ अंकले बढेको छ । यो वृद्धिपछि नेप्से १९८५ अंकमा कायम भएको छ । परिसूचक बढ्दा कारोबार रकम भने केही घटेको छ । सोमबार ४ अर्ब ८४ करोड रुपैयाँको कारोबार भएकोमा मंगलबार ४ अर्ब ३० करोडमा खुम्चियो । कुल २१४ कम्पनीको मूल्य बढ्दा २४ को घट्यो भने ४ को स्थिर रह्यो ।
यस दिन सबै समूहका सूचक बढेका छन् । होटल तथा पर्यटन समूह सबैभन्दा धेरै ४.३ प्रतिशत बढ्यो । जीवन बीमा, फाइनान्स, जलविद्युत् समूह पनि ३–३ प्रतिशतभन्दा धेरै बढे ।

अंकका आधारमा बैंकिङ २, …

अब फेसबुक प्रयोगकर्ताले इन्स्टाग्राममा मेसेज गर्न नपाउने

२६ मंसिर, काठमाडौं। मेटा कम्पनीले फेसबुक तथा इन्स्टाग्राम प्रयोगकर्तालाई ठूलो झट्का दिने तयारी गरेको छ । मेटाले आफ्ना सोसल मिडिया प्लाटफर्महरु इन्स्टाग्राम तथा फेसबुकमा क्रस मेसेजिङको सुविधा बन्द गर्दैछ ।
योसँगै अब इन्स्टाग्रामका प्रयोगकर्ताले फेसबुक मेसेन्जरमा तथा फेसबुकका प्रयोगकर्ताले इन्स्टाग्राममा डाइरेक्ट मेसेज गर्न सक्ने छैनन् । मेटाले यो सुविधा तीन वर्षअघिबाट उपलब्ध गराएको थियो । मेसेन्जर र इन्स्टाग्राममा क्रस मेसेजिङ सर्भिस बन्द गर्नुपर्नाको कारण चाहीँ मेटाले खुलाएको छैन ।

नाइन टू फाइभ गुगलको एक रिपोर्ट अनुसार इन्स्टाग्राम प्रयोगकर्ताहरुले क्रस मेसेजिङका विषयमा अलर्ट प्राप्त गरिरहेका छन् । उक्त अलर्ट अनुसार डिसेम्बरको मध्यसम्ममा यो …

प्रधानमन्त्रीले भने– भ्रष्टाचार नियन्त्रणका लागि भएको प्रयत्न र परिणाम अपूर्ण

२३ मंसिर, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि सरकारले गरिहेको प्रयत्न र परिणाम अपूर्ण रहेको बताएका छन् ।
भ्रष्टाचारविरूद्धको अन्तर्राष्ट्रिय दिवस, २०८० को अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शनिबार बिहान आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचार नियन्त्रणका लागि थप प्रभावकारी कदम चाल्नुपर्ने बताए ।

भ्रष्टाचारका कारणहरूको पहिचान गरी त्यसको निवारणका निम्ति सरकारले राज्यका सबै संयन्त्रहरूलाई प्रचलित कानुनबमोजिम परिचालन गरिरहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले भने, ‘त्यसको सकारात्मक परिणामसमेत हासिल भएका कारण आम नागरिकमा क्रमशः आशाको सञ्चार हुँदै गएको छ । यद्यपि, यो प्रयत्न र परिणाम पूर्ण छैन …

शेखर कोइरालाको आरोप– सबैभन्दा ठूला मिटरब्याजी बैंक हुन्

२३ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बैंकहरु मिटरब्याजी भएको आरोप लगाएका छन् । चितवन काठमाडौं प्रजातान्त्रिक संगमको कार्यक्रमलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै नेता कोइरालाले सबैभन्दा ठूलो मिटरब्याजी बैंकहरु भएको बताए ।
उनले भने, ‘ब्यांकर्सहरु मसँग अलिकति रिसाउनु पनि भएको छ । मैले त भन्ने गर्याछु आजकाल, सबभन्दा ठूलो मिटरब्याजी त बैंकहरु भए ।’

देश आर्थिक रुपले अप्ठेरो परिस्थितिमा रहेको तर त्यसबाट बैंक प्रभावित भएको नदेखिएको उनले बताए । ‘सबैचिज अप्ठ्यारो परिस्थितिबाट गइरहेको छ, आर्थिक कुरा गर्दाखेरि,’ डा. कोइरालाले भने, ‘तर बैंक फस्टाइरहेको छ, बोनस बाँडिरहेको छ, कसरी हुन्छ …

You Missed

सन्तुलित र रूपान्तरणकारी बजेटको तयारीमा सरकार
नयाँ सरकारको आक्रामक सुरुवात: ७ दिनमा ८ ‘हाई प्रोफाइल’ पक्राउ
कलाकार सागर लम्साल (बले) लाइ बलात्कार आरोप, आराेपपछि चलचित्रबाट निकालिए
आबुधाबीमा ड्रोन र मिसाइलको अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
२०८२ एसईई प्रकरणः ५ लाख १२ हजारले दिँदैछन् परीक्षा
निरन्तर ओरालो सेयर बजार यस्ताे छ कारण ।
पुनः संचालन गर्न सकिने अवस्थामा गोरखकाली रबर उद्योग, सुझाइयो ३ विकल्प

Primary Color

Secondary Color

Layout Mode