आँखा पाक्ने रोग फैलिन थालेपछि भरतपुरका सबै शिक्षण संस्था बन्द
साउन २१, चितवन : जिल्लामा आँखा पाँक्ने रोग ब्यापक फैलिन थालेपछि चितवनका पालिकाहरुले विद्यालयहरु धमाधम बन्द गर्न थालेका छन् । भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, खैरहनी नगरपालिकाले विद्यालयहरु बन्द गर्ने निर्णय गरेका छन् ।
भरतपुर महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले आज एक सूचना जारी गर्दै महानगरका २९ वटै वडामा रहेका विद्यालय साउन २२ गतेदेखि २६ गतेसम्म ५ दिन बन्द गर्ने निर्णय भएको जनाएको छ ।
आँखा पाक्ने रोगको संक्रमण बृद्धि हुँदै गएको र विद्यालयमा समेत संक्रमणको असर बढ्दै गएको पाईएको हुँदा विशेषज्ञको परामर्श समेतका आधारमा हिउँदे वा वर्षे विदाबाट मिलान गर्ने गरी विदा दिईएको …
विद्यालय भित्र अन्दाजि २२ वर्षिय एक युवकको शव भेटियो
२१ साउन, काठमाण्डौ : सर्लाहि जिल्लाको मलंगवामा रहेको एक विद्यालयमा बेवारिसे अवस्थामा एक युवकको शव फेला परेको छ । मलंगवा नगरपालिका वडा नं. ९ स्थित श्रीमती कृष्णदेवी माध्यमिक विद्यालयमा पहिचान नखुलेका अन्दाजी २२ वर्षीय युवक मृत फेला परेका हुन् ।
विद्यालय भवनको बरन्डामा आज बिहान स्थानीयले शवदेखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा पुगेर मुचुल्का गरी शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको छ ।
मृतकको शवमा कुनै प्रकारको घाउचोट नदेखिएको सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी दीपेन्द्र पजियार थारुले जानकारी दिए । घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ …
ग्लोबल टी २० को फाइनलमा दुई नेपालस् स्टार सन्दीप र दीपेन्द्र आमनेसामने हुँदै
साउन २१, काठमाण्डौ : ग्लोबल टी २० क्यानडाको फाइनलमा दुई नेपाली स्टार आमनेसामने हुने भएका छन् । दोस्रो प्लेअफमा दीपेन्द्र आबद्ध मोन्ट्रियल टाइगर्सले भान्कुभर नाइट्सलाई १ विकेटले हराउँदै फाइनलमा सन्दीप आबद्ध सर्रे जगुअर्ससँग भेट पक्का गरेको हो ।
टस हारेर पहिले ब्याटिङमा उत्रिएको भ्यानकुभरले निर्धारित २० ओभरमा १३७ रन मात्रै जोड्न सक्यो । पाकिस्तानी ब्याट्सम्यान मोहम्मद रिजवानले ३३ बलमा सर्वाधिक ३९ रन बनाए ।
मोन्ट्रियलका अब्बास अफ्रिदीले सनसनीपूर्ण प्रदर्शन गर्दै ह्याट्रिकसहित ५ विकेट लिए । उनले भृत्य अरविन्द, कोरविन बोस्च र कप्तान रसी भान डेर डसेलाई लगातार बलमा आउट गरेपछि खेलमा मोन्ट्रियल …
भारतमा भएको कार दुर्घटनामा दुई परिवारका ६ जना नेपालिको मृत्यु
साउन २१, बाँके : भारतको श्रावस्ती जिल्लामा भएको सवारी दुर्घटनामा परी नेपालगन्जका दुई परिवारका छ जनाको मृत्यु भएको छ ।
भारतको बलरामपुरबाट नेपालगन्ज आउँदै गरेको युपी ४७ डब्लु १२१७ नम्बरको कार श्रावस्ती जिल्लाको इकौना नजिक सडकमा गए राति गाईसँग ठोक्किँदा दुर्घटना भएको जानकारी आएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिए ।
दुर्घटनामा परी नेपालगन्ज सदरलाइन निवासी एकै परिवारका ३५ वर्षीय बैभव गुप्ता, उनकी श्रीमती ३२ वर्षीया दिपीका गुप्ता, तीन वर्षीय छोरा डल्लु गुप्ता र छ महिनाकी छोरी श्रीया गुप्ता र नेपालगन्जको त्रिभुवनचोकस्थित एस कुमार वाच कम्पनीका सञ्चालक सन्तोष …
आज गण्डकी सहित देशका ६ प्रदेशमा भारी वर्षाको सम्भावना
साउन २१, नवलपुर : नेपालमा मनसुनी वायुको साथै भारतको बिहार र पूर्वी उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिकदेखि सामान्य बदली रही हाल गण्डकी र बागमती प्रदेशका धेरै स्थानहरू एवं कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। गण्डकी, कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही र मधेस प्रदेशको थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा …
उत्तराखण्डको पहिरोमा बेपत्ता नेपालीको खोजी र उद्धार गरिदिन भारतसँग नेपाल सरकारको आग्रह
साउन २०, काठमाण्डौ : सरकारले उत्तराखण्डमा गएको पहिरोमा बेपत्ता भएका नेपालीको खोजी र उद्धार गरिदिन भारत सरकारसँग आग्रह गरेको छ । परराष्ट्रमन्त्री एनपी साउदले उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीलाई टेलिफोन गरेर रुद्रप्रयाग जिल्लाको गौरीकुण्डमा पहिरोमा बेपत्ता भएका नेपालीको खोजी तथा उद्धारका लागि आग्रह गर्नुभएको हो ।
रुद्रप्रयागको गौरीकुण्डमा गएको पहिरोमा परि १९ जना बेपत्ता भएकामा धेरै नेपाली नागरिक रहेका अनुमान छ । मुख्यमन्त्री धामीले परराष्ट्रमन्त्री साउदसँग आज बिहानैदेखि बेपत्ताहरुको खोजीका लागि सुरक्षाकर्मी र अन्य निकायहरु खटाइएको बताउनुभएको छ ।
मौसम खुल्नासाथ आफूले प्रभावित क्षेत्रको भ्रमण गर्ने पनि मुख्यमन्त्री धामीले जानकारी दिनुभयो । बेपत्ता …
पूर्व क्रिकेटर एवं पाकिस्तानि प्रधानमन्त्री इमरान खान पक्राउ
एजेन्सी
साउन २०, ईस्लामावाद : पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा तेहरिक(ए(इन्साफका अध्यक्ष इमरान खानलाई ट्रयाल कोर्टले गैरकानुनी रूपमा सरकारी उपहार बेचेको अभियोगमा तीन वर्षको जेल सजाय सुनाएको छ ।
अदालतको फैसला लगत्तै खानलाई खानलाई लाहोरस्थित उनको निवासबाट पक्राउ गरिएको बीबीसीले जनाएको छ । इस्लामावादको जिल्ला तथा सेसन अदालतले पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई दोषी ठहर गर्दै तीन वर्षको जेल सजाय र एक लाख रुपैयाँ जरिवाना तोकेको हो ।
इमरानको पार्टी तेहरिक(ए(इन्साफले यसलाई पूर्वाग्रहपूर्ण भएको भन्दै निर्णयविरुद्ध सर्वोच्च अदालत जाने बताएको छ ।
‘इतिहासकै सबैभन्दा नराम्रो मुद्दामा एक पूर्वाग्रही न्यायाधीशले न्यायको हत्या गर्ने प्रयास गरेको र मुद्दाको तथ्यलाई …
मुख्यन्यायधिवक्ता विरुद्ध कार्यालय सहयोगिले लगाईन् यौन दुर्व्यवहारको आरोप
साउन २०, धनुषा : मधेश प्रदेशका मुख्यन्यायाधिवक्ता वीरेन्द्र कुमार ठाकुरमाथि हिंसा र यौन दुर्व्यवहारको आरोप लागेको छ। कार्यालयमा कार्यरत एक कार्यालय सहयोगीले उक्त आरोप लगाएकी हुन्।
महान्यायाधिवक्ता कार्यालयमा विगत ६ वर्षदेखि कार्यालय सहयोगीका रुपमा कार्यरत अनिलाकुमारी यादवले ठाकुरमाथि यौन दुर्व्यवहार र मानसिक यातना दिएको आरोप लगाएकी हुन्। उनले आफू महान्यायाधिवक्ताबाट असुरक्षित बनेको भन्दै मुख्यमन्त्री सरोजकुमार यादवसमक्ष गुहार मागेकी छिन्।
उनले मुख्यमन्त्री यादवसमक्ष ठाकुरविरुद्ध साउन १४ गते उजुरी दिएकी थिइन्। तर उक्त उजुरीको पत्र अहिले सार्वजनिक भएपछि घटना बाहिरिएको हो। उनलाई पहिलो कार्यकालका मुख्यमन्त्री लालबाबु राउतले ुएक सहिद परिवार एक रोजगारु कार्यक्रम अनुसार …
गण्डकीका मुख्यमन्त्री पाण्डेको १ सय दिन पुरा,टुक्रे योजना वितरणमै मख्ख
एनसन्चार संवाददाता, साउन २०, कावासोति : गण्डकी प्रदेशको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकार गठन भएको आज १ सय दिन पूरा भएको छ । १ सय दिनको अवधिमा पाण्डे नेतृत्वको सरकाले प्रदेशका दीर्घकालिन योजनादेखि प्रदेशलाई मजबुत बनाउने खालका योजना अघि सारेको देखिदैन । १ सय दिनमा पाण्डे नेतृत्वको सरकारलाई गोरखा केन्द्रित बजेट बनाएका, संघीयताको पहिचान दिलाउने खालका संस्थाको बजेट कटौती गरेको, सामाजिक विकास मन्त्रालयमार्फत टुक्रे योजनाहरु वितरण गरेको आरोप लागेको छ ।
मुख्यमन्त्री नियुक्त भएपछि पाण्डेले पहिलो कामः यातायात व्यवस्था कार्यालयहरुको सेवा प्रवाह प्रविधिमैत्री र छिटोछरितो बनाउन सुझाव सहितको प्रतिवेदन पेस गर्न …
ठूलो पहिरोले सालझण्डी–ढोरपाटन सडक अवरुद्ध
साउन १९, पोखरा : अबिरल वर्षाका कारण सालझण्डी–ढोरपाटन सडक अवरुद्ध भएको छ। आयोजनाको बुर्तिबाङ–ढोरपाटन सडकखण्डअन्तर्गत ढोरपाटन नगरपालिका–५ र ६ को सिमाना दोगाडी नजिकै सडक अवरुद्ध भएको हो।
माथिदेखि खसेको ठूलो पहिराले सडक अवरुद्ध बनेको ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायतले जानकारी दिए। बिहीबार दिउँसो खसेको पहिरो आज बिहानसम्म पन्छाउन सकिएको छैन। बिहानैदेखि सडक खुलाउने प्रयास भइरहेको छ।
उपप्रमुख कायतले भने, ‘दोगाडी पक्की पुल नजिकै ठूलो पहिरो खसेर सडक पूर्णरूपले अवरुद्ध भएको छ, ठूलो वर्षा भएको हुँदा बिहबिार खुलाउन सकिएन, आज खुलाउने प्रयासमा छौँ, पहिराले सडकमा अत्यधिक क्षति पुर्याएको छ।’
सडक अवरुद्ध हुँदा ढोरपाटन जाने …
नवलपुरको विद्युत समस्या समाधान गर्न प्राधिकरणका प्रमुख कुलमान घिसिङलाई अनुरोध
प्राधिकरण प्रमुख घिसिङलाई टेलिफोन गरि विद्युत नियमित गराउन, हेटौँडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइनको कामलाई जतिसक्दो चाडो सम्पन्न गर्न अनुरोध गरिएको हो । प्राधिकरण प्रमुख घिसिङले जिल्लामा भएका समस्यावारे बुझेर समस्या समाधानमा पहल गर्ने बताएका छन् ।
एनसञ्चार अनलाईन संवाददाता, साउन १८, नवलपुर : विद्युत छिनमा आउने र छिनमै जाने समस्याले हैरान भएका नवलपुर वासिले लामो समय वित्दा समेत समस्या समाधान नभएको बताएका छन्। एकैदिन दर्जनौंपटक विद्युत आउने र जाने समस्याले विषेशगरि नवलपुरको कावासोति नगरपालिका र यस आसपासको क्षेत्रका सेवाग्राही मारमा परेको गुनासो आएपछि एनसञ्चार अनलाईनले यसवारे नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान …
घरायसि विवादमा आफ्नै श्रीमानले गरे श्रीमतिको हत्या
एनसञ्चार संवाददाता, साउन १७, तनहुँ : जिल्लाको व्यास नगरपालिकामा भरुवा बन्दुकले हानेर श्रीमानले श्रीमतीको हत्या गरेका छन्। व्यास–५ मानुङका ५६ वर्षीय श्रीप्रसाद आलेले ४७ वर्षीया गीता आलेको हत्या गरेको प्रहरीले बताएको हो ।
गएराति ११ बजे श्रीप्रसादले गीतालाई भरुवा बन्दुकले हानेर घाइते बनाएका थिए। उनको दमौली अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए।
श्रीप्रसादलाई प्रहरीले गएराति नै नियन्त्रणमा लिएको छ। घरायसी विवादका कारण घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ।
भारतको महाराष्ट्रमा पुल निर्माणका क्रममा गर्डर मेसिन खस्दा १६ मजदुरको मृत्यु
एजेन्सी
साउन १६, काठमाण्डौ : भारतको महाराष्ट्रस्थित ठाणे जिल्लामा गर्डर मेसिन खस्दा १६ जना मजदुरको मृत्यु भएको छ।
सोमबार अबेर राति भएको उक्त दुर्घटनामा अन्य तीन जना घाइते भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।
ठाणे जिल्लाको शाहपुर नजिक सरलांबेमा समृद्धि एक्सप्रेस हाईवेमा पुल निर्माणको क्रममा एक गर्डर मेसिन खस्दा उक्त दुर्घटना भएको हो।
पुल बनाउन तथा ठूला भवनको चौखटका लागि फालम वा स्टिलको बिम वा मिश्रित संरचनालाई गर्डर भनिन्छ। उक्त गर्डर राख्न प्रयोग गरिएको मेसिन खसेको भारतीय प्रहरीले अधिकारीले जनाएका छन् ।
उक्त हाईवेमा रातको समयमा निर्माण कार्य चलिरहेको थियो। भारी तौल भएका कारण गर्डर मेसिनलाई …
राप्रपा नेपाल र जनआन्दोलन मोर्चाबीच एकता हुँदै/गणतन्त्र फाल्न जनआन्दोलन गर्ने तयारी
साउन १६, काठमाण्डौ : राप्रपा नेपाल र संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाबीच आज एकता घोषणा हुने भएको छ । राष्ट्रिय सभागृहमा आज दिउँसो २ बजे एकता घोषणा सभाको आयोजना गरिएको छ ।
राप्रपा नेपालका अध्यक्ष कमल थापा र मोर्चाका अध्यक्ष तारानाथ लुइँटेलले एकता घोषणा सभालाई सम्बोधन गर्ने बताइएको छ ।
दुई पार्टीको एकतापछि बलियो शक्ति बन्ने र गणतन्त्र फाल्न जनआन्दोलन गर्ने उनीहरूको तयारी छ ।
संघीय शिक्षा ऐनको विधेयक संसद्मा पेस गर्दै/बाहिर भने आन्दोलनको तयारि
साउन १६, काठमाण्डौ : सरकारले आज (मंगलबार) संघीय शिक्षा ऐनको विधेयक संसद्मा पेस गर्ने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केही दिन अगाडि एउटा कार्यक्रममा बोल्दै मंगलबार मन्त्रिपरिषद्ले मस्यौदा पारित गरी संघीय शिक्षा ऐनको विधेयक संसद्मा पठाउने बताएका थिए।
आइतबार समाजवादी विद्यार्थी मोर्चा घोषणा कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्रीले यसलाई गुणात्मक प्रकृतिको कदम हुने बताएका थिए।
‘म आज तपाईंहरुको अगाडि प्रधानमन्त्रीको हैसियतले भन्न चाहन्छु। पर्सि मंगलबार मन्त्रिपरिषद्को बैठकबाट पहिलोचोटि संघीय शिक्षा ऐन पारित गरेर सदनमा पठाइँदैछ। मलाई लाग्छ, यो आफैंमा निकै गुणात्मक प्रकृतिको कदम हुनेछ। र यसले शिक्षा क्षेत्रमा अहिले देखापरेका थुप्रै समस्याहरुलाई सम्बोधन …
गण्डकी प्रदेशका केहि स्थानमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना
साउन १६, कावासोति : नेपालमा रहेको मनसुनी वायुको प्रभावले आज गण्डकी प्रदेशका केहि स्थानमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशहरुका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभर सामान्य बदली रहने छ। गण्डकी, कोशी, बागमती र लुम्बिनी प्रदेशका पहाडी भू भागका केही स्थानहरूमा र बाँकी भू भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
आज राति भने देशभर सामान्य बदली रहने छ। कोशी, बागमती, गण्डकी र …
साउन २९ देखि सत्याग्रहमा बस्ने गोविन्द केसीको घोषणा
साउन १५,काठमाडौँ : स्वास्थ्य र मेडिकल शिक्षा सुधारको माग राख्दै पटक पटक सत्याग्रहमा बस्दै आएका डा। गोविन्द केसी पुन सत्याग्रहमा बस्ने भएका छन् । यसअघि सरकारले चिकित्सा शिक्षा सुधारका लागि गरेका सहमतिहरू कार्यान्वयन गर्न उनले १४ दिनको समय सीमा दिएका छन् ।
सोमबार पत्रकार सम्मेलन गर्दै डा। केसीले राज्यले यसअघि गरेका सम्झौता कार्यान्वयन नगरेको बताए । ‘चिकित्सा शिक्षा ऐनका प्रावधान उल्ट्याउने प्रयास भइरहेको छ । राज्यका निकायहरू दलीय कार्यकर्ता भर्तिकेन्द्र बनेका छन्’, पत्रकार सम्मेलनमा डा। केसीले भने, ‘चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्तिका लागि एक हप्ताभित्र सिफारिस समिति बनाउन अल्टिमेटम दिन चाहन्छौ …
बालेनको उर्दी बेवास्ता गरेपछि भत्किँदै राप्रपाको केन्द्रीय कार्यालय
साउन १५, काठमाण्डौ : राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यालय रहेको धुम्बराहीस्थित कार्यालयमा काठमाडौं महानगरपालिकाले आजै डोजर चलाउने भएको छ ।
गत शुक्रबार महानगरले आजसम्म केन्द्रीय कार्यालय रहेको भवन खाली गराउन उर्दी जारी गरेकोमा राप्रपाले बेवास्ता गरेपछि महानगरले डोजर चलाउन लागेको हो ।
महानगरले बिजुलीको हाइस्टेशन मुनी भवन रहेको भन्दै राप्रपालाई आजसम्म खाली गर्न अल्टिमेटम दिएको थियो ।
महानगरले डोजर ल्याउन लागेको सूचनासँगै राप्रपा कार्यकर्ताहरु केन्द्रीय कार्यालयमा भीड लागेका छन् । डोजरलाई अवरोध गर्ने तयारीसहित सवारीसाधनहरु तेर्स्याइएको छ ।
महानगरले नगर प्रहरी प्रमुख राजु पाण्डेको नेतृत्वमा ३०० जनाभन्दा धेरै नगर प्रहरी उक्त क्षेत्रमा खटाएको बताइएको …
विद्यालय शिक्षा विधेयक प्रस्तुत हुँदै
साउन १५, काठमाण्डौ : लामो समयदेखि प्रतीक्षा गरिएको सङ्घीय शिक्षासम्बन्धी विधेयकलाई परिमार्जन गरी नेपाल सरकारले ‘विद्यालय शिक्षा विधेयक’ चाँडै सङ्घीय संसद्मा प्रस्तुत गर्ने भएको छ । परिमार्जित उक्त विधेयक अघि बढाउन लागिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिए ।
उक्त विधेयक गत असारको पहिलो सातादेखि मन्त्रिपरिषद्को विधेयक समितिमा विचाराधीन अवस्थामा थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समाजवादी मोर्चामा आबद्ध दलनिकट विद्यार्थी सङ्गठनका पदाधिकारीसँग आइतबार गरेको भेटवार्तामा सो विधेयक यही साउन १६ गते संसद्मा पुग्ने बताएका थिए ।
प्रधानमन्त्रीको उक्त जानकारीपछि विधेयकबारे शिक्षा क्षेत्रमा थप चासो बढेको छ …
काठमाण्डौको फोहोर व्यवस्थापनमा सधैँको किचलो/दीर्घकालिन व्यवस्थापन खोज्न बालेनले पनि सकेनन्
साउन १२, काठमाण्डौँ : जब वर्षात लाग्छ, तब काठमाडौं उपत्यकाका चोक–चोकमा फोहोर थुप्रिन्छ। दुर्गन्धले मुख थुन्दै हिँड्छन् सर्वसाधारणहरू। अन्य समयभन्दा बढी वर्षातमै यो समस्या बेहोर्न बाध्य छन्। फोहोर विसर्जन हुँदै आएको सिसडोल र बञ्चरेडाडाँका स्थानीयले त्यहाँ फोहोर फाल्न नदिँदा उपत्यकामा जताततै फोहोर छ्याल्लब्याल्ल हुन्छ।
यो समस्या अहिलेमात्र होइन। वर्षेनि समस्या दोहोरिरहेको छ तर न संघीय सरकार न स्थानीय सरकारले दीर्घकालीन व्यवस्थापन नै गर्न सकेको छ नत नयाँ र आशा गरिएका काठमाण्डौका मेयर बालेन्द्र शाह उर्फ बालेनलेनै गर्न सकेका छन् ।। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले २०७८ फागुन २६ गते शहरी विकासमन्त्रीको संयोजकत्वमा बञ्चरेडाँडा …
