पहिरोले पुरिएर पाँचको मृत्यु, तीन बेपत्ता

पर्वत । पर्वतका विभिन्न ठाउँमा पहिरोले पुरिँदा पाँच जनाको मृत्यु भएको छ भने तीन जना पुरिएर बेपत्ता भएका छन् । गए रातिको भीषण वर्षापछि पहिरो जाँदा कुस्मा नगरपालिका–३ दुर्लुङमा पाँच जना पुरिएकामा दुई मृतावस्थामा फेला परेका छन् ।
पहिरोमा पुरिएका एकै घरका पाँच जनामध्ये १५ वर्षीया विमला पौडेल र ११ वर्षीया विनिता पौडेलको शव निकालिएको छ । घरका तीन बेपत्ता रहेको हुनाले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शिवराज बुढाथोकीले जानकारी दिए।
यस्तै कुस्मा नगरपालिका–११ पकुवामा पहिरामा पुरिएका ३५ वर्षीया दुर्गा पौडेल र उनका छ वर्षीय छोरा गणेशको शव फेला …

वर्षाले सुनसरीका अधिकांश क्षेत्र जलमग्न, सप्तकोशीका ३० वटा ढोका खोलियो

काठमाडौं । निरन्तरको वर्षाका कारण सुनसरीका अधिकांश क्षेत्र जलमग्न बनेको छ । पानीको निकास अभाव र खोलामा बढेको पानीका कारण टोल, बस्तीहरू डुवानमा परेका हुन् ।
इटहरी क्षेत्रमा टेङ्ग्रा र बुढी खोलामा आएको बाढीले किनार र आसपासका वडाहरू डुवानमा परेका छन् । त्यसैगरी धरानमा सेउती र अधेरी खोला आसपासको क्षेत्रमा डुवानको समस्या देखिएको सुनसरी प्रहरीले जनाएको छ । इनरुवा क्षेत्रमा पर्ने कुरुवा खोला भरिएउ भई सडकबाटै बगेको छ ।
वर्षा सँगै खोलाहरूमा जलस्तर बढको छ । सुनसरी, बुढी, गडन लगायतका खोलामा जलस्तर बढ्दा आसपास किनारका वस्ती जोखिममा परेका छन् । सुनसरी प्रहरीले …

बाढी पहिराे अपडेटः पहिरोमा परी तनहुँमा दुई जनाको मृत्यु

तनहुँ । अविरल वर्षासँगै आएको पहिरोमा परी तनहुँमा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बन्दीपुर–३ तामुङकी ३० वर्षीया सरस्वती थापा र ७० वर्षीया हरिमाया नेपाली रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज तिमिल्सिनाले जानकारी दिनुभयो ।
त्यस्तै गरी शुक्लागण्डकी नगरपालिका–९ स्थित सिम्लेमा पहिरो खस्दा दुईवटा घरमा क्षति भएको छ ।
स्थानीय खगिसरा भुजेलको दुई वटा घर पुरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
त्यस्तै छाक्दी खोलामा आएको बाढीले व्यास नगरपालिका १ र १३ जोड्ने पक्की पुल बगाएको छ । पुल बगाएपछि बुद्धसिंह मार्ग अवरुद्ध भएको छ ।

कमला नदीले खतराको तह पार गर्‍यो, तराईका जिल्ला डुबानमा पर्नसक्ने संकेत

काठमाडौं । सिन्धुलीको कमला नदीमा लगातारको वर्षाले जलसतह पार गरेको छ । कमला नदी,रानीबास बाढी मापन केन्द्रमा जलसतहले खतरा तह पार गरेको हो ।
कमला नदीको बाढीले असर गर्ने धनुषा, सिराहा लगायत तल्लो तटीय क्षेत्र तथा डुबान भईरहने क्षेत्रहरुमा रहनुहुनेहरूलाई सतर्कता अपनाउन आग्रह गरिएको छ ।
लगातार वर्षा भइरहेकाले राती सम्मै सतर्कता साथ सुरक्षित स्थानमा रहन बाढी सूचना केन्द्रले सबैमा अनुरोध गरेको छ ।
त्यसैगरी तनहुँको बन्दीपुर, विमलनगर, सख्खर र चितवनको कालीखोला वर्षा मापन केन्द्रमा पनि ठूलो वर्षा मापन भएको छ । अतः खहरे खोलामा बाढी आउन सक्ने हुनाले सुरक्षित रहन उक्त क्षेत्रका …

पहिरोले बगायो चेपाङका चार घर, तीन घरका सदस्य बेपत्ता

चितवन :  लगातार परेको वर्षाका कारण जिल्लाको पहाडी भेगमा बसोबास गर्ने चेपाङका चार घर पहिरोले बगाएको छ। राप्ती नगरपालिका-१२ वाक्राङका तीन घर र कालिका नगरपालिका-१० सिद्धिको एक घर गएराति पहिरोले बगाएको हो।
 
वाक्राङमा पहिरोले बगाएका चेपाङका तीन घरमा बसोबास गर्ने कुनै पनि सदस्य फेला नपरेको स्थानीय सन्दिप चेपाङले जानकारी दिए। विकट बस्ती भएकाले तत्काल त्यस स्थानमा पुगेर उद्धार गर्ने सम्भावना नरहेको राप्ती नगरपालिका प्रमुख प्रभा बरालले बताइन्।
‘तत्कालै त्यहाँ पुगेर उद्धार गर्न सक्ने सम्भावना छैन। हामीले थप विवरण थाहा पाउन पनि सकिरहेका छैनौँ। सवारी साधन त्यहाँसम्म पुग्न नसक्ने भएकाले मान्छेलाई पैदल पठाएर थप बुझ्ने …

You Missed

हुप्सेकोटका वासिन्दा अब आन्तरिक राजस्व कार्यालय कावासोती धाउनु नपर्ने ।
दाउन्नेकाे वाटाेमा अव अवराेध खेप्नु पर्दैन।
आजदेखि अधिकमास (मलमास) सुरू, विवाहसहित शुभ कार्य बर्जित
नवलपुरमा यात्रुबाहक बसबाट १०३ किलो अवैध बँदेलको मासु बरामद
सन्तुलित र रूपान्तरणकारी बजेटको तयारीमा सरकार
नयाँ सरकारको आक्रामक सुरुवात: ७ दिनमा ८ ‘हाई प्रोफाइल’ पक्राउ
कलाकार सागर लम्साल (बले) लाइ बलात्कार आरोप, आराेपपछि चलचित्रबाट निकालिए

Primary Color

Secondary Color

Layout Mode