कमला नदीले खतराको तह पार गर्‍यो, तराईका जिल्ला डुबानमा पर्नसक्ने संकेत

काठमाडौं । सिन्धुलीको कमला नदीमा लगातारको वर्षाले जलसतह पार गरेको छ । कमला नदी,रानीबास बाढी मापन केन्द्रमा जलसतहले खतरा तह पार गरेको हो ।

कमला नदीको बाढीले असर गर्ने धनुषा, सिराहा लगायत तल्लो तटीय क्षेत्र तथा डुबान भईरहने क्षेत्रहरुमा रहनुहुनेहरूलाई सतर्कता अपनाउन आग्रह गरिएको छ ।

लगातार वर्षा भइरहेकाले राती सम्मै सतर्कता साथ सुरक्षित स्थानमा रहन बाढी सूचना केन्द्रले सबैमा अनुरोध गरेको छ ।

त्यसैगरी तनहुँको बन्दीपुर, विमलनगर, सख्खर र चितवनको कालीखोला वर्षा मापन केन्द्रमा पनि ठूलो वर्षा मापन भएको छ । अतः खहरे खोलामा बाढी आउन सक्ने हुनाले सुरक्षित रहन उक्त क्षेत्रका बासिन्दालाई समेत अनुरोध गरिएको छ ।

सम्बन्धित समाचारहरूः

  • २०८१ माघ ७, सोमबार २१:५२
  • 9 views
अध्यादेशबाट कानुन सुधार : वाञ्छित परिणामका लागि अवाञ्छित काम

७ माघ, काठमाडौं । सरकारले पछिल्लो एक सातामा पाँचवटा अध्यादेश जारी गरेको छ । २९ पुसमा चारवटा र २ माघमा एउटा गरी जारी भएका सबै अध्यादेशमा नयाँ विषय छैनन्, अध्यादेशमार्फत…

विस्तृत.....

  • २०८१ माघ ७, सोमबार २१:४७
  • 9 views
स्ववियु निर्वाचन चैत ५ गते हुने

७ माघ, काठमाडौँ। त्रिभुवन विश्वविद्यालय (त्रिवि) स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन आगामी चैत ५ गते गर्ने सहमति भएको छ । त्रिविका शिक्षाध्यक्ष डा खड्ग केसीको अध्यक्षतामा आज बसेको विद्यार्थी…

विस्तृत.....

Leave a Reply

Your email address will not be published. Required fields are marked *