कोरोना संक्रमणका कारण एमाले नेता पशुपति चौलागाईंको निधन

  • समाचार
  • २०७८ बैशाख २९, बुधबार ०७:३५

काठमाडाैं : नेकपा एमाले नेता तथा बागमती प्रदेश सभा सदस्य पशुपति चाैलागाईंको निधन भएको छ। नेता चाैलागाईमा केही दिनअघि कोरोना संक्रमण भएको थियो।  

उनको मृत्यु भएको लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले पुष्टि गरेका हुन्। मङ्गलवार उनको निधन भएको हो।  दोलखाका चौलागाईं केही दिनदेखि मनमोहन अस्पतालमा कोरोना संक्रमणपछि उपचार गराइरहेका थिए । उनी गत निर्वाचनमा दोलखा (ख) बाट वागमती प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए।

 

२०२० साल फागुन ५ गते जन्मिएका चाैलागाईं २०३६ देखि २०३८ सम्म अनेरास्ववियु दोलखाको संस्थापक उपाध्यक्ष भएका थिए। २०३७ देखि २०४७ सम्म नेकपा मालेको दोलखा जिल्ला कमिटी सदस्य रहेका चाैलागाईं २०४२ सालमा सानोठिमी क्याम्पस भक्तपुरको स्ववियु सभापति भएका थिए। 

२०५६ सालमा दोलखा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचन जितेका उनी २०६३/६४ को अन्तरिम व्यवस्थापिका संसद बनेका थिए। त्यस्तै २०७०-७४ मा उनी संविधानसभा सदस्यमा निर्वाचित भएका थिए। २०७१-७५ सम्म उनी एमालेको पोलिटब्युरो सदस्य थिए। 

उनका श्रीमतीसहित तीन सन्तान छन्। 

  • सम्बन्धित समाचारहरूः

    • २०८१ पुष २५, बिहीबार २१:३३
    • 27 views
    नारायणी किनारमा १५ औं चितवन महोत्सव सुरु

    चितवन – नारायणगढको नारायणी नदी किनारमा १५ औं चितवन महोत्सव सुरु भएको छ । व्यापारिक तथा औद्योगिक बस्तुको प्रदर्शनीसहित बिहीबारदेखि महोत्सव सुरु भएको हो । चितवन उद्योग वाणिज्य संघले आयोजना गरेको…

    विस्तृत.....

    • २०८१ पुष २४, बुधबार ०९:२९
    • 21 views
    तिब्बत भूकम्प : ९५ जनाको मृत्यु, १३० घाइते

    कावासोती । तिब्बतको सिगात्से सहरमा मङ्गलबार गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ९५ पुगेको छ भने १३० जना घाइते भएका छन् । चिनियाँ सञ्चारमाध्यम सिन्ह्वाका अनुसार मङ्गलबार बिहान गएको भूकम्पमा…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *