काठमाडौं, वैशाख ३१ । प्रधानमन्त्री केपी ओलीले पद तथा गोपनियताको शपथ लिएका छन । राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्या भण्डारीले ओलीलाई प्रधानमन्त्री पद तथा गोपनियताको शपथ दिलाएकी हुन।
तेस्रो पटक प्रधानमन्त्री बनेका ओलीले नेपालको ४३ औं प्रधानमन्त्रीको रूपमा शपथ लिएका हुन। यसअघि बिहीबार राति राष्ट्रपति भण्डारीले एमाले संसदीय दलका नेता ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको थियो ।
बिहीबार राति ९ बजेसम्म संविधानको धारा ७६ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्ने सदस्यलाई प्रधानमन्त्रीमा दाबी पेश गर्न समय दिइएकामा निर्धारित समयमा कसैले पनि त्यस्तो दावी पेश गर्न नसकेपछि राष्ट्रपति भण्डारीले ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन । त्यसअघि, ओली वैशाख २७ गते प्रतिनिधि सभामा भएको मतदानमा सदनको विश्वास लिन नसकी आवश्यक बहुमत जुटाउन नसक्दा पदमुक्त भएका थिय।