एनसञ्चार संवाददाता, भदौ २०, कावासोती : नवलपुर ( नवलपरासिःवर्दघाट सुस्ता पूर्व)को गिरुवारिमा हरेक वर्ष आयोजना हुँदै आईरहेको युनाईटेड गोल्ड कप यस वर्ष आउँदो २२ गतेबाट सुरु हुने भएको छ । स्वास्थ्यकोलागि खेलकुद, राष्ट्रकालागि खेलकुद भन्ने मुल उद्येश्य सहित हरेक वर्ष हरितालिका तिजको अवसर पारि युनाईटेड युवा क्लबले आयोजना गर्ने फुटबल प्रतियोगितामा देशभरका चर्चित क्लबहरुले सहभागिता जनाउने युवा क्लबका सचिव गोकुल सारुले बताए ।
हुप्सेकोट गाउँपालिका वडा नं. ३ स्थित श्रि सरस्वति सँस्कृत तथा साधारण उच्च मा.वि.को प्राङ्गणमा २२ गते दिउँसो साढे तिनबजेबाट सुरु हुने खेलकालागि भदौ १९ गते भित्र दर्ता भएको टिमहरु मत्रै समाबेस हुन सक्ने सचिव सारुले जानकारी दिए । उनका अनुसार युनाईटेड गोल्ड कप प्रतियोगितामा प्रतिस्पर्धा गर्न जिल्ला भित्रको एक टिमले ११ हजार १ सय ११ रुपैया ईन्ट्रि फि बापतको मूल्य चुकाउनु पर्ने छ भने जिल्ला बाहिरको टिमको ईन्ट्रि फि पनि फिर्ता हुनेछ ।
जिल्लामै सबैभन्दा धेरै पुरस्कार राशि सहितको प्रतियोगिताको विजेताले २ लाख २५ हजार ५ सय ५५ रुपैया नगद सहित ट्रफि र प्रमाणपत्र प्रदान गरिने खेल संयोजक प्रेमध्वज सारु मगरले बताए । त्यस्तै प्रतियोगिताको फाईनल सम्म पुग्ने टिमले १ लाख ३५ हजार ५ सय ५५ नगद, ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने छन् । खेल संयोजक सारुका अनुसार सेमिफाईनलमा पुगेर बाहिरिने दुई टिमले नगद २५ हजार ५ सय ५५ सहित उत्कृष्ट खेलाडि, बढि गोल गर्ने खेलाडि, उत्कृष्ट किपर र अनुसासित टिमलाई समेत पुरस्कृत गरिने छ ।
यसअगाडिका खेलहरुमा एउटै टिममा धेरै विदेशिखेलाडिहरुलाई समावेश गराईए पछि यस वर्ष भने एउटा टिमले बढिमा ३ जना मात्रै विदेशि खेलाडिलाई खेलाउन पाउने नयाँ नियम समेत बनाईएको क्लबका अध्यक्ष हरि थापा मगरले बताए । टिम दर्ताको गर्नकोलागि मुक्तिनाथ विकास वैंकको खाता नं. १०७१०२०००९५९५८०००००२ मा ईन्ट्रि फि जम्मा गरि उक्त भौचर bdtamu4u@gmail.com वा सम्बन्धित व्यक्ति एवं संस्थालाई पनि दिन सकिने अध्यक्ष मगरले बताए ।
हुप्सेकोट गाउँपालिकाको गौरवको रुपमा रहेको प्रतियोगितामा नवलपरासि पूर्व पश्चिम सहित, चितवन, रुपन्देहि, पाल्पा, काठमाण्डौ लगायत जिल्ला एवं राष्ट्रिय स्तरका क्लबहरुको समेत सहभागिता रहेने बताईएको छ । खेललाई अनुसासित र मर्यादित बनाउनकोलागि क्लब एक्लैले नसक्ने भन्दै सम्पूर्ण हुप्सेकोटवासिको साथ र सहयोगले प्रतियोगिता सफल हुनेमा विश्वस्त रहेको अध्यक्ष मगरको भनाई छ ।


