मकै बारीमा गैँडा मृत फेला

कावासोती । चितवनमा एउटा पोथी गैंडा मृत फेला परेको छ ।

भरतपुर महानगरपालिका वडा नम्बर २६ भगेडी भन्ने स्थानमा एक व्यक्तिको मकै बारीमा २० वर्षको पोथी गैंडा मृत फेला परेको हो ।

कालाबञ्जर मध्यवर्ती उपभोक्ता सामुदायिक वन क्षेत्र नजिकैको मकै बारीमा एउटा बुढो पोथी गैंडा मृत फेला परेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।

उनका अनुसार गैंडाको खाग र खुर सुरक्षित छ भने शरिरमा कुनै चोटपटक देखिएको छैन । उक्त गैंडा बुढो भएर मरेको हुन सक्ने अनुमान गरिएको तिवारीले बताए । गैंडा मृत फेला परेको विषयमा थप अनुसन्धान भइरहेको छ । मृत गैंडाको वरपर पनि कुनै शंकास्पद वस्तु भेटिएको छैन ।

चालु आर्थिक वर्षमा गैंडाको यो पहिलो मृत्यु हो । गत आर्थिक वर्षमा चितवनमा २१ वटा गैंडाको मृत्यु भएको थियो । १८ वटा कालगतीले र दुई वटा चोरी शिकारीले मृत्यु भएको थियो । एउटा गैंडाको मृत्युको कारण भने खुलेको छैन ।

तस्बिर : निकुञ्ज प्रशासन

  • सम्बन्धित समाचारहरूः

    • २०८१ माघ १०, बिहीबार १०:०४
    • 9 views
    कृषि, व्यापार र धार्मिक पर्यटन प्रवर्द्धनका लागि माघ ११ गतेबाट तेस्रो मध्यबिन्दु महोत्सव

    दीपक भट्टराई, कावासोती ।  तेस्रो मध्यविन्दु महोत्सव माघ ११ गतेदेखि माघ २१ गते सम्म सन्चालन हुने भएको छ । मध्यविन्दु उद्योग वाणिज्य संघको आयोजनामा तेस्रो मध्यविन्दु महोत्सव हुने भएको हो ।…

    विस्तृत.....

    • २०८१ माघ १०, बिहीबार १०:०३
    • 9 views
    नवलपुरमा पेट्रोल पम्म बनाउने काम पाँच महिनामा ६० प्रतिशत सकियो ।

    नवलपुर । नवलपुर सदरमुकाम कावासोतीमा बनाउन लागिएको आधुनिक पेट्रोल पम्प निर्माणको काम पाँच महिनामा ६० प्रतिशत सकिएको छ । नेपाल प्रहरी प्रधान कार्यालय, कल्याण महाशाखाले बनाउन लागेको यो पेट्रोल पम्प…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *