एक वर्षमा २१ गैँडा मरे

कावासोती ।चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्ष २०८०/८१ मा २१वटा गैँडा मरेका छ्न ।

एक वर्षको अवधिमा १८ वटा गैँडा चोरी प्राकृतिक कारणबाट र २ वटा चोरी शिकारीको कारण बाट मरेका हुन भने एउटा गैँडाको मृत्युको कारण पत्ता नलागेको निकुञ्जका सूचना अधिकारी गणेश तिवारीले बताए ।

सोही अवधिमा निकुञ्जमा ८ वटा बाघ समेत प्राकृतिक कारणले मरेको तिवारीले जानकारी दिए । उनका अनुसार एक वर्षको अवधिमा १५ प्रजातीका ७६ जनावर मरेका हुन । यो अवधिमा २४ चित्तल, ६ वटा रतुवा,५ वटा हात्ती, ४ वटा जरायो , २ वटा घडियाल गोहि, २ वटा मगर गोहि, बंदेल र लगुना १/१ वटा मरेका तिवारीले जानकारी दिए । मृतावस्थामा भेटिएका जनावरमध्ये ७० जनावर प्राकृतिक कारणले, दुई चोरी सिकारीले, दुई कुकुरको आक्रमणबाट र दुईवटाको मृत्युको कारण खुल्न नसकेको हो ।

गत वर्ष निकुञ्जले दुई सय २२ वटा जनावरको उद्धार गरेको जनाएको छ । उद्धार गरिएकामा सबैभन्दा धेरै अजिङ्गर एक सय ४१ छन् । ३३ वटा सर्प, ११/११ वटा बाघ र मगर गोहीको उद्धार गरिएको तिवारीले बताए । उनका अनुसार चित्तल छवटा, गैँडा तीनवटा, जरायो, बँदेल र चितुवा दुई–दुईवटा, सुन कछुवा र घडियाल गोही एक–एकवटाको उद्धार गरिएको छ । अन्य जनावर नौवटाको उद्धार गरिएको सूचना अधिकारी तिवारीले बताए ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ पुष २८, आईतवार २२:१२
    • 59 views
    पूर्वी चितवनका सिमसार क्षेत्रमा ५५ प्रजातिका चरा भेटिए ।

    काठमाडौं । पूर्वीचितवनका सिमसार क्षेत्रमा गरिएको गणनामा यस वर्ष ५५ प्रजातिका चरा भेटिएका छन् । बर्ड एजुकेसन सोसाइटी र नेपाल पन्छीविद् संघको आयोजनामा यही पुस २२ र २३ गते चितवन राष्ट्रिय…

    विस्तृत.....

    • २०८१ पुष २५, बिहीबार २१:३३
    • 26 views
    नारायणी किनारमा १५ औं चितवन महोत्सव सुरु

    चितवन – नारायणगढको नारायणी नदी किनारमा १५ औं चितवन महोत्सव सुरु भएको छ । व्यापारिक तथा औद्योगिक बस्तुको प्रदर्शनीसहित बिहीबारदेखि महोत्सव सुरु भएको हो । चितवन उद्योग वाणिज्य संघले आयोजना गरेको…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *