गैडाकाेटकाे रेडियो संकेतले तीज गीत प्रतियोगिता आयोजना गर्दै

गैंडाकोट । हिन्दु नारीहरूको महान पर्व हरितालिका तीजका अवसरमा गैंडाकोटमा रहेको रेडियो संकेत ९३ मेगाहर्जले यस वर्ष समेत बृहत खुल्ला तीज गीत प्रतियोगिता गर्ने भएको छ ।

तीज पर्वले समाजलाई सकारात्मक सन्देश दिन सकोस् भन्ने अभिप्रायले प्रतियोगिताको आयोजना गरिएको रेडियोका स्टेसन म्यानेजर सुजन अधिकारीले बताए ।

कला संस्कृति तथा मौलिक पर्वलाई सामाजिक सांस्कृतिक परम्परा जोगाई राख्नका लागि सो प्रतियोगिता गर्न लागिएको उनले बताए ।

रु १५,०००/१०,०००/ ७,००० क्रमशः प्रथम, द्वितीय, तृतीय, र ३,००० हजार सान्त्वना पुरस्कारको व्यवस्था भएको कार्यक्रममा सहभागी हुनका लागि परम्परा झल्किने पोशाक र समसामयिक विषयमा लेखिएको गित हुनुपर्ने तथा ५ देखि ७ जनाको महिला समूहले भाग लिन पाउने छ्न । आफ्नो प्रस्तुति राख्नका लागि सात मिनेटदेखि १० मिनेट समय छुट्याइएको कार्यक्रम भदौ १५ गते शनिबार होटल द नारायणी प्राली कालीगण्डकी चोक गैंडाकोटमा आयोजना हुनेछ ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ माघ १०, बिहीबार १०:०४
    • 6 views
    कृषि, व्यापार र धार्मिक पर्यटन प्रवर्द्धनका लागि माघ ११ गतेबाट तेस्रो मध्यबिन्दु महोत्सव

    दीपक भट्टराई, कावासोती ।  तेस्रो मध्यविन्दु महोत्सव माघ ११ गतेदेखि माघ २१ गते सम्म सन्चालन हुने भएको छ । मध्यविन्दु उद्योग वाणिज्य संघको आयोजनामा तेस्रो मध्यविन्दु महोत्सव हुने भएको हो ।…

    विस्तृत.....

    • २०८१ माघ १०, बिहीबार १०:०३
    • 6 views
    नवलपुरमा पेट्रोल पम्म बनाउने काम पाँच महिनामा ६० प्रतिशत सकियो ।

    नवलपुर । नवलपुर सदरमुकाम कावासोतीमा बनाउन लागिएको आधुनिक पेट्रोल पम्प निर्माणको काम पाँच महिनामा ६० प्रतिशत सकिएको छ । नेपाल प्रहरी प्रधान कार्यालय, कल्याण महाशाखाले बनाउन लागेको यो पेट्रोल पम्प…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *