दाउन्नेमा दुईतर्फी सवारी सञ्चालन, मर्मतका लागी राती सडक बन्द गरिने
१५ असाेज, ०८१, कावासोती । सोमबार दिउँसो सडक भासिएपछि अवरुद्ध बनेको पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाउन्ने सडक दुईतर्फी सञ्चालनमा आएको छ । बर्दघाट–४ खुर्सानीखोलामा सोमबार दिउँसो सडक भासिएपछि डाइभर्सनमार्फत सडक सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।
रातभर डाइभर्सन बनाइएर यातायात सञ्चालन गरिएको हो । बिहान ९ बजे एकतर्फी सञ्चालनमा आएको सडक केही केहीबेर अगाडिदेखि दुईतर्फी सञ्चालनमा आएको हो । सडक खुलेपछि हिजोदेखि अलपत्र परेका सवारी गन्तव्यतर्फ लागेका छ्न् ।
यसै बिच सडक दुईतर्फी सञ्चालनमा आएको भए पनि थप मर्मतका लागी भन्दै मंगलवार राति १० बजे देखि बिहान ५ बजे सम्म राजमार्ग बन्द हुने जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले सडक मर्मत गरेर सहज रुपमा यातायात सन्चालनमा ल्याउनका लागी रातीको समयमा सडक बन्द गरेर सडक मर्मत गरिने जानकारी दिएकी हुन ।
कावासाेतीः व्यक्तिगत आयकर तथा कम्पनी दर्ता र सवारी
२८ असार, चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदो
पछिल्लो समय गर्भपतन गराउनेको संख्या बढ्दै गइरहेको छ
दिपेन्द्र रेग्मी, कावासोती, : सरकारसँग विभिन्न १६ बुँदे
काठमाडौं । लघुवित्त पीडित र मिटरव्याज पीडितको आन्दोलनका
रामकुमार श्रेष्ठ – नवलपुर । नवलपुरको कावासोतीमा रहेको
कावासोती, मंसिर ५ गते । नवलपुर सदरमुकाम कावासोती