२४ कार्तिक,  । कावासोतीका सफल आइसक्रीम व्यवसायी श्रीस मल्टीप्रपोज प्रालि. का संचालक पोख्रलले आफ्नो उद्यमको विस्तार गरी करिब दुई करोड रुपैंयाको लगानीमा भरतपुरको मिलनचोक पारस बसपार्कको ३०० मीटर पूर्व स्नो वल्ड फन पार्कको संचालन शुरु गर्नुभएको छ ।

नेपालमै पहिलोपटक भनेर दावी गरिएको यो फनपार्कमा आगन्तुकहरुले हिंउँ खेल्न, स्लाइडिङ् गर्न, हिमाली चिसो तापक्रमको मज्जा आफ्नै शहरमा लिन पाउँनेछन् ।

गर्मीको दिनमा पनि ठण्डीको मज्जा लिन, पारिवारिक समय र साथीभाईसंगको उत्कृष्ट समय बिताउन यो पार्क सबैको रोजाइको केन्द्र बन्नसक्ने संचालक रेश्मराज पोख्रेलको दावी छ । हजारौं रुपैया खर्चेर जोखिमयुक्त बाटो छिचोलेर, समय र परिश्रम खर्चेर दामन र कालिञ्चोक पुग्नुपर्ने दिनको अब अन्त्य भएको छ ।

भरतपुर आसपासका जिल्ला मकवानपुर तथा नवलपुरको लागि समेत यो पार्क उत्कृष्ट गन्तब्य हुनेछ । पाँच बर्षमाथि उमेरका जोकोहीपनि यहाँ चिसोको मज्जा लिन सक्नेछन् ।

यहाँ खेल्नकालागि ग्लब्स, सक्स र अन्य आवश्यक उपकरणहरु उपलब्ध हुनेछन् भने खाजाको समेत व्यवस्था रहने कुरा बताइएको छ ।