धुलो र दुर्गन्धले स्थानीयलाई सास्ती, लेदो सहितको रसायनले वन्यजन्तु मर्कामा

सन्जय भट्टराई, कावासोती । पुर्व पश्चिम राजमार्ग छेवैमा जोडिएको विशाल मन्दिर तर आडैमा बगेको लेदो सहितको खोला अनि एक किलोमिटर वरैबाट नाक थुनेर हिडनु पर्ने अवस्था । यो अवस्था हो नवलपुरको देवचुली-२ दुम्कौलीको हो जहाँ विश्वकै धानाढयमा गनिएका व्यवसायी एवं सांसद विनोद चौधरीको सिजि ईन्डष्ट्रियल पार्क रहेको छ । करिब ३ हजार जनालाई रोजगारी दिएको यो उद्योगले वातावरण प्रदुषण गर्नमा समेत आफुलाई अब्बल साबित गर्दै आएको छ ।

उद्योगले वैकल्पिक उर्जा उत्पादनको प्लान्ट स्थापाना गरेको छ । भुसे ब्वायलरबाट बाफ उत्पादन गरिन्छ । भुस डढाएर उत्पादन गरिएको बाफबाट कम्पनीको मेसिन सञ्चालन गरिन्छ । बोइलरमा हालिएको भुस डढेर निस्कने कालो धुलोले सिङ्गो बस्तीलाई आक्रान्त पारेको छ भने उद्योग बाट निस्क्ने रसायन सहितको लेदो उद्योग जोडिएर बगेको कर्कदाह खोलामा मिसाईएको छ जसको गन्धले शाश्वतधाम घुम्न आउने पर्यटक समेत नाक थुनेर घुम्न पर्ने अवस्था छ ।

त्यति मात्रै होइन त्यो लेदो सहितको पानी कर्कदाह खोला हुँदै किसानका खेतबारीमा र नारायणी नदिमा समेत पुगेको छ । उद्योग आसपासका किसानका खेतमा उर्वरा शक्ति घटदै गएको छ भने त्यो पानी पिउने जलचर सहितका वन्यजन्तुलाई समेत प्रत्यक्ष असर पारेको छ ।

उद्योग भन्दा केही तल दिव्य मध्यवर्ती सामुदायिक वन छ, यो वन हुँदै रसायन सहितको लेदो मिसिएर बग्ने कर्कदाह खोला नारायणीमा गएर मिसिन्छ, हिउँदमा नारायणीमा पानी कम हुँदा वनमा चर्ने गैँडा, बँदेल, हरिण लगाएतका वन्यजन्तु तथा पानीमा आश्रित घडियाल, मगरगोही यहि रसायन सहितको पानी पिउन बाध्य छ्न ।

प्रदूषणले मान्छेलाई मात्र होइन, जनावरलाई समेत असर गरेको संरक्षणकर्मीले बताएका छन् । संरक्षणकर्मी ढुण्डीराज केसीले यसले सबैभन्दा बढी असर दुर्लभ एकसिङे गैँडा र गोहीलाई गरेको बताए ।

यो प्रदुषणले मान्छे सहित समग्र पारिस्थितिक प्रणालीमा समेत असर पार्दै गएकोमा संरक्षणकर्मीहरुले चिन्ता व्यक्त गरेका छ । “पहिले थोरै पानी निस्किँदा यतै सुक्थ्यो तर पछिल्लो केही वर्षदेखि ठुलो मात्रामा पानी नारायणीमा गएर मिसिएको छ । जसले नारायणीमा आश्रित जलचर र थलचर प्राणी मात्र नभएर चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रका पर्यटक र जनावर र सिङ्गो पारिस्थितिकलाई असर गरिरहेको छ,” लामो समय देखि संरक्षणको क्षेत्रमा काम गर्दै आएका ढुण्डीराज केसीले भने ।

लेदो सहितको रसायन खोला हुँदै नारायणीमा मिसिन थाले पछि नारायणी र आसपास फेला पर्ने घडियाल र मगर गोहि आजकल देखिन छोडेका सिसवार उपभोक्ता समितिका अध्यक्ष नेत्र पाण्डे बताउछ्न । “घडियाल सफा पानीमा बस्ने र माछा खाने जलचर प्राणी हो तर खोलामा लेदोसहितको पानी बगेपछि उसले बासस्थान बदलिरहेको छ । रसायन सहितको पानी पिउन वन्यजन्तु बाध्य छन”, पाण्डेले भने ।

नियन्त्रण कस्ले गर्ने ?

वातावरणलाई प्रत्यक्ष प्रभाव पार्ने गरि प्रदुषण फैलाएको विषय ऐना जस्तै छर्लङ्ग भएको भए पनि नियमन गर्ने निकायले भने चासो दिएका भने छैन्न । गैँडा लगाएतका वन्यजन्तु र घडियाल गोहिको विषयमा प्रत्यक्ष सरोकार राख्ने चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा.गणेश पन्त आफु भरखरै मात्रै चितवन राष्ट्रिय निकुञ्ज आएको र यो विषयमा थप अध्ययन गर्ने बताउछ्न । “निकुञ्जको क्षेत्राधिकार भित्र पर्दैन भनेर नारायणीमा भएको प्रदुषणलाई टुलुटुलु हेरेर बस्न त सकिँदैन, भरखरै चितवन आएको छु, वस्तुस्थिति अध्ययन गरेर वन्यजन्तु र जलचरको संरक्षणमा अन्य सरकारी निकाय सँग समन्वय गरेर समस्याको समाधान तर्फ लाग्छौ”, डा.पन्तले भने ।

देवचुली नगरपालिकाले आफलै वतातावरण ऐन बनाएकोे भए पनि केहि कानुनी जटिलता र चौधरी उद्योग उद्योग विभागमा दर्ता भएकाले यस्को दिगो समाधानमा समस्या आएको देवचुली नगरपालिकाका नगरप्रमुख वातावरण विभागलाई पत्राचार गरेर समाधानको लागी आग्रह गरेके नगरप्रमुख हरिप्रसाद न्यौपानेले बताए । “वातावरण निरीक्षक खटाएर वस्तुस्थिती अध्ययन गरि आवश्यक कार्वाहीका लागी संघिय सरकारको वातावरण विभागलाई पत्राचार गरेका छौँ”, प्रमुख न्यौपानेले भने । “यो समस्या समाधानका लागी संघिय सरकारलाई पत्राचार गर्नु पर्ने अवस्था आयो, विनोद चौधरी आफै संघीय सांसद हुनुहुन्छ, अवस्थाको जानाकार हुनुहुन्छ यो अवस्था आउनु हुदैन थियो ।”

  • सम्बन्धित समाचारहरूः

    • २०८१ माघ ७, सोमबार २२:०३
    • 7 views
    माघ २५ गतेदेखि आठौं नवलपुर महोत्सव

    कावासोती । आठौं नवलपुर महोत्सव माघ २५ गतेदेखि फागुन १० गतेसम्म सञ्चालन हुने भएको छ । नवलपुर उद्योग वाणिज्य संघको आयोजनामा आठौं नवलपुर महोत्सव हुने भएको हो । संघले शुक्रबार…

    विस्तृत.....

    • २०८१ माघ ७, सोमबार २१:४३
    • 7 views
    नमूना सदरमुकाममा १२ वटा संघीय कार्यालयको निर्माण सुरु गरिने

    कावासोती । नवलपुर जिल्ला सदरमुकामको स्वीकृत गुरुयोजना कार्यान्वयनको अनुगमन र आवश्यकता अनुसार परिमार्जन गर्न गठित समितिको सोमबार बसेको छैठौ बैठकले १२ वटा संघीय सरकारी कार्यालय भवनको निर्माण कार्य अगाडि बढाउने…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *