दिपक विश्वकर्मा, ६ पाैष २०८१ : स्याङ्जाको अर्जुनचौपारि गाउँपालिका वडा न.४ स्थित श्री जन माध्यमिक विद्यालयले ६६औ बार्षिक उत्सव तथा अभिभावक दिवस भव्यताका साथ मनाएको छ ।
शनिवार एक विशेष समारोहको आयोजना गरी विद्यालयले ६६औ बार्षिकोत्सव मनाएको हो । बार्षिकोत्सव समारोहको समुदघाटन अर्जुनचौपारि गाउँपालिका अध्यक्ष प्रकाश तिवारिले पानसमा बत्ती बालेर उदघाटन गर्नुभएकाे थियो|
प्रमुख अतिथि तिवारिले आफुलाई सबै राजनीतिक दलहरुले मत दिएर जिताएको हुनाले आफ्नो कार्यकालमा कसैलाई काखा र कसैलाई पाखा नगरी सबैलाई समान व्यवहार गर्ने प्रतिबद्धता जनाउनुभयो। ६६औ वार्षिकोत्सब लाई सम्बोधन गर्दै तिवारीलु शैक्षिक सुधारका लागि पालिकाले धेरै कदमहरु चालेको र शिक्षाका लागि आवश्यक पर्ने बजेट तथा पालिकाबाट गर्न पर्ने सहयोगमा कुनै कमि हुन नदिने जिकिर गर्दै आफ्नो कार्यकालमा सबै विद्यालयले मुहार फेर्ने बताउनुभयो।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक आत्माराम चापागाईंले विद्यालयको वार्षिक प्रगति विवरण प्रस्तुत गर्दै रु. २ करोड ८ लाख २८ हजार ७ सय ५५ रूपया ५२ पैसा बराबरको आर्थिक प्रतिवेदन सुनाएका थियाे । साथै अक्षयकोष दाताहरुले रकम थप गरेका थिए । विद्यार्थीका विभिन्न सास्कृतिक प्रस्तुतीहरुले कार्यक्रमको शोभा बढाएको थियो ।
कार्यक्रमका वक्ताहरु डोल प्रसाद चापागाईं,बेल प्रसाद गुरुङ ,निवर्तमान पुर्व विद्यार्थि डा.टेक नारायण पौडेल शिक्षिका तिल कुमारी रोका के.सि , दुर्गा बहादुर नेपाली,विद्यार्थी अनिस चापागाईं,पुर्णिमा पौडे लगायतले जन मावि लाई उत्कृष्ट बनाउन सबै जना आ-आफ्नो ठाउँबाट लागिपर्ने अठोट व्यक्त गरे ।
विद्यालय व्यवस्थापन समितिअध्यक्ष चक्र बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन शिक्षक नारायण काफ्लेले गर्नुभएकाे थियाे ।