लस एन्जलसमा लागेको आगो लगातार फैलिँदै : ५ जनाको मृत्यु, आपतकाल घोषणा

काठमाडौं । अमेरिकाको लस एन्जलसको जङ्गलमा लागेको आगलागीका कारण बिहीबार बिहानसम्म पाँच जनाको मृत्यु भएको छ । लस एन्जलस सेरिफको कार्यालयले यसको पुष्टि गरेको हो ।

वनमा लागेको आगलागीका कारण थप तीन जनाको मृत्यु भएको कार्यालयले जनाएको छ । यसअघि अधिकारीहरूले दुई जनाको मृत्यु भएको पुष्टि गरेका थिए ।

पाँच जनाको मृत्यु अल्टाडेना क्षेत्रको इटनमा भएको आगलागीका कारण भएको बीबीसीको समाचारमा उल्लेख छ ।

लस एन्जलस काउन्टी फायर चीफ एन्थोनी मार्रोनका अनुसार इटनको आगो अहिले १० हजार ६०० एकड जमिनमा फैलिसकेको छ । धेरैतिर फैलिएकाले नियन्त्रणमा आउन सकेको छैन ।

उनले भने, ‘दुर्भाग्यवश पाँच नागरिकको मृत्यु भएको छ र केही घाइते भएका छन् । हालसम्म एक हजारभन्दा बढी घर तथा भवनहरू क्षतिग्रस्त वा पूर्णरुपमा ध्वस्त भएका छन् ।’

लस एन्जलसको जङ्गलमा लागेको आगो लगातार फैलिरहेको छ । आगो अझै फैलिन सक्ने खतरालाई मध्यनजर गर्दै यहाँ आपतकाल घोषणा गरिएको छ । र, सर्वसाधारणलाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ ।

बिहीबार बिहान हवाइजहाजको सहयोगमा पानी छर्केर आगो नियन्त्रणको प्रयास भइरहेको छ ।

सम्बन्धित समाचारहरूः

  • २०८१ पुष २४, बुधबार ०९:२९
  • 19 views
तिब्बत भूकम्प : ९५ जनाको मृत्यु, १३० घाइते

कावासोती । तिब्बतको सिगात्से सहरमा मङ्गलबार गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ९५ पुगेको छ भने १३० जना घाइते भएका छन् । चिनियाँ सञ्चारमाध्यम सिन्ह्वाका अनुसार मङ्गलबार बिहान गएको भूकम्पमा…

विस्तृत.....

  • २०८१ मंसिर १९, बुधबार २१:०८
  • 31 views
दक्षिण कोरियामा ६ घण्टा पनि नटिकेको सैनिक शासन

दक्षिण कोरियाली राष्ट्रपति युन सक यलले डिसेम्बर ३ तारिख रातको १०:२५ मिनेट जाँदा टिभीमा विशेष प्रत्यक्ष प्रसारण मार्फत सोही दिन रातिको ११ बजेदेखि दक्षिण कोरियाभर सैनिक कानुन लागु हुने घोषणा गरे ।…

विस्तृत.....

Leave a Reply

Your email address will not be published. Required fields are marked *