माघेसक्रान्ती विशेषः नवलपुरका तरुल किसान तरुल खन्न र बिक्रि गर्न व्यस्त

नवलपुर । माघे सङ्क्रान्ति नजिकिँदै जाँदा यति बेला तरुल खेती गरेका किसान तरुल खन्न र बिक्री गर्न व्यस्त बनेका छन् । माघे सङ्क्रान्तिमा तरुलको माग बढ्ने र सहज रूपमा बजार पाउने भएपछि नवलपरासी (बर्दघाट सुस्ता पूर्व ) नवलपुरको पहाडी क्षेत्रका किसान तरुल खनेर बजारमा बिक्री गर्न लागि व्यस्त बनेका हुन् ।

यतिबेला माग धेरै हुने र सहज रूपमा बिक्री हुने भएपछि लगाएको तरुल खनेर बजार पु¥याएको बौदीकाली गाउँपालिका–५, बबोकका किसान लीला बहादुर रानाले बताउनुभयो । आफूले यस वर्ष करिब दुई क्विन्टल तरुल बेचेको उहाँले बताउनुभयो । अहिले किसानले प्रति किलोग्राम रु. ५६ सम्ममा तरुल बिक्री गरेका छन् ।

अन्य समयमा तरुलको बिक्री खास नहुने भएपछि अहिले खनेर बजार सम्म पु¥याउन सबै जसो किसान लाग्ने गरेको उहाँको भनाई छ । ‘अन्य समयमा तरुल खोज्ने कम हुन्छन्, यही तीन चार दिनमा बेच्यो भने बेच्यो नत्र पछि बेच्न बढो मुस्किल हुने गर्दछ’ रानाले भन्नुभयो ‘ त्यही भएर अहिले तरुल खन्न भ्याइनभ्याछ ।’

नवलपुरको पहाडी क्षेत्रमा धेरै जसो किसानले तरुल लगाउने गरेका छन् । पहाडी क्षेत्रका बासिन्दाको तरुल बिक्रीबाट यति बेला राम्रो आम्दानी समेत गर्ने गरेको अर्का किसान शेर बहादुर रानाले बताउनुभयो । किसानले अदुवा खेतीसँगै बिचमा तरुल लगाउने गरेका छन् । सबैजसो किसानले पञ्जे ( हात्तीपाइले) तरुल लगाउने गरेको उहाँको भनाई छ । यो तरुल स्वादिलो हुने हुँदा माग पनि धेरै हुने कारणले किसानले पुञ्जे तरुल लगाउने गरेको उहाँको भनाई छ ।

माघेसंक्रान्ति आउँदै गर्दा तरुल बिक्रीबाट आएको रकमले उक्त पर्वका लागि खर्च जुटाउने माध्यम बनेको रानाले बताउनुभयो । धेरै मात्रामा लगाउनेहरूले राम्रो आम्दानी लिने गरेको र घर खर्च चलाउने गरेको उहाँले बताउनुभयो । जिल्लाको पहाडी क्षेत्रका बासिन्दाको मौसमी आम्दानीको बलियो स्रोत तरुल बनेको रानाले बताउनुभयो । ‘ पहाडमा धेरैले तरुल लगाउने गर्छन्, पहाडका बासिन्दाको केही आम्दानीको स्रोत तरुल बनेको छ, सामान्य घर खर्च चलाउन यसले सहयोग पुगेको छ’ रानाले भन्नुभयो ।

नवलपुरको पहाडी क्षेत्र उत्पादन भएको तरुल अहिले दैनिक जसो जिल्लाको मुख्य बजार कावासोती र दलदलेमा आउने गरेको तरुल जिल्ला बाहिर निर्यात गर्दै आउनु भएका थोक बिक्रेता कृष्ण सारूले बताउनुभयो । जिल्लाबाट अहिले सम्म करिब ५० मेट्रिक टन तरुल काठमाण्डौं र पोखरा निर्यात भएको उहाँको भनाई छ ।

अझै पनि किसानले तरुल खन्ने र बिक्रीका लागि बजारसम्म ल्याउने गरेको र यो क्रम पुस महिना भरि चल्ने उहाँको भनाई छ । किसानबाट खरिद गरेको तरुल प्रति किलोग्राम रु. ६५ देखि ७० सम्ममा जिल्ला बाहिर निर्यात गर्ने गरेको उहाँको भनाई छ ।

कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख कुल प्रसाद शर्माका अनुसार रैथाने बाली प्रवद्र्धनको समग्र कार्यक्रम जिल्लामा भए पनि तरुल खेती मात्रैका लागि कुनै कार्यक्रम नभएको बताउनुभयो ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ माघ ७, सोमबार २२:०३
    • 7 views
    माघ २५ गतेदेखि आठौं नवलपुर महोत्सव

    कावासोती । आठौं नवलपुर महोत्सव माघ २५ गतेदेखि फागुन १० गतेसम्म सञ्चालन हुने भएको छ । नवलपुर उद्योग वाणिज्य संघको आयोजनामा आठौं नवलपुर महोत्सव हुने भएको हो । संघले शुक्रबार…

    विस्तृत.....

    • २०८१ माघ ७, सोमबार २१:४३
    • 7 views
    नमूना सदरमुकाममा १२ वटा संघीय कार्यालयको निर्माण सुरु गरिने

    कावासोती । नवलपुर जिल्ला सदरमुकामको स्वीकृत गुरुयोजना कार्यान्वयनको अनुगमन र आवश्यकता अनुसार परिमार्जन गर्न गठित समितिको सोमबार बसेको छैठौ बैठकले १२ वटा संघीय सरकारी कार्यालय भवनको निर्माण कार्य अगाडि बढाउने…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *