विश्वकै धनिको सुचिमा सुचिकृत व्यक्ति बिल गेट्सले आइफोन नचलाउने कारण यस्तो रहेछ :

काठमाडौं । विश्वमा आइफोन प्रयोगकर्ताको संख्या १ अर्बभन्दा धेरै छ । संसारका सबैजसो हाइप्रोफाइल व्यक्तिहरुले आइफोन चलाउँदछन् । तर माइक्रोसफ्ट कम्पनीका सहसस्थापक बिल गेट्स चाहिँ आइफोन नचलाउने व्यक्तिमध्ये एक हुन् ।

हालैको एक अन्तरवार्ताका क्रममा गेट्सले आफूले आइफोन नचलाउने खुलासा गर्दै आइफोनको साटो एन्ड्रोइड फोन चलाउन मन पराउनुको कारण पनि खुलाएका छन् ।

उनले भने– मैले वास्तवमा एन्ड्रोइड फोन चलाउँछु । किनकी मलाई सबै कुरामा अद्यावधिक हुन मन पर्दछ । मेरो प्रायः खेलाउने फोन आइफोन हुनसक्दछ तर प्रयोगका लागि आफूसँग बोकेर हिँड्नेचाहिँ एन्ड्रोइड फोन हो ।

यसबाट के प्रष्ट हुन्छ भने गेट्सले आइफोन किनेका त छन् तर त्यो उनको दैनिक सञ्चारजन्य प्रयोगमा छैन ।

उनका अनुसार कतिपय एन्ड्रोइड निर्माताले माइक्रोसफ्ट सफ्टवेयर प्रि–इन्स्टल गर्ने हुनाले पनि उनलाई एन्ड्रोइड फोन अझ सहज बनेको हो प्रयोगका लागि ।

एप्पल अपरेटिंग सिस्टम एन्ड्रोइड जस्तो कस्टमाइजेसनका लागि लचक अपरेटिंग सिस्टम होइन । यस विषयमा बोल्दै गेट्सले अपरेटिंग सिस्टमलाई सफ्टवेयरसँगको जोड्नका लागि एन्ड्रोइड अपरेटिंग सिस्टम सजिलो भएको बताए ।

यद्यपि आइओएस १४ मा एप्पलले आइफोनलाई यसअघि भन्दा अधिक कस्टमाइजेबल र फ्लेक्सिबल बनाएको छ । साथै एप स्टोरमा माइक्रोसफ्टका एपहरु सजिलैसँग पाइन्छन् भने डिफल्ट ब्राउजर र इमेल क्लाइन्ट पनि सजिलैसँग परिवर्तन गर्न सकिन्छ ।

नयाँ सोसल मिडिया एप क्लबहाउसलाई अन्तरवार्ता दिने क्रममा बिल गेट्सले आफ्ना धेरै साथीहरुसँग चाहिँ आइफोन नै रहेको बताए ।

रोचक त के भने उनले आफूले एन्ड्रोइड फोन चलाउने भनेर अन्तरवार्ता दिएको क्लबहाउस नामक सोसल मिडिया एप हाल आइफोनमा मात्र उपलब्ध छ ।

अहिलेसम्म यो एप एन्ड्रोइडमा उपलब्ध नभए पनि गुगल प्ले स्टोरमा यसलाई ल्याउनका लागि कम्पनीले काम गरिरहेको बताइएको छ ।

क्लबहाउस एउटा अडियो च्याट सोसल नेटवर्किंग प्लाटफर्म हो । पछिल्ला केही महिनामा यसले व्यापक लोकप्रियता हासिल गरिरहेको छ । टेस्लाका सिइओ एलन मस्कले पनि यो प्लाटफर्मलाई प्रयोग गरिसकेका छन् ।

–एजेन्सीको सहयोगमा

  • सम्बन्धित समाचारहरूः

    • २०८१ कार्तिक २४, शनिबार १६:१०
    • 91 views
    इन्टरनेट प्रयोग गर्नुहुन्छ ? यी ५ काम अवश्य गर्नुहोस्

    स्टाटिस्टाको पछिल्लो रिपोर्ट अनुसार विश्वमा इन्टरनेट प्रयोगकर्ताको संख्या ५ अर्ब २२ करोड रहेको छ। जस अनुसार विश्वमा हरेक १०० सय जनामा करिब ६८ जनाले इन्टरनेट चलाउँछन् । यी मध्ये ५…

    विस्तृत.....

    • २०८१ कार्तिक २४, शनिबार १६:०६
    • 68 views
    गुगलमा सेभ भएका फोन नम्बर कसरी सच्याउने, कसरी हटाउने ?

    आफ्नो सम्पर्कमा रहेका सयौं व्यक्तिहरुको फोन नम्बर, इमेल लगायतका विवरणहरु राम्रोसँग व्यवस्थित तरिकाले राख्ने काम वास्तवमै एउटा कला हो । यसले हाम्रो कामलाई सहज बनाउनुका साथै खोजेको बेला सम्बन्धित व्यक्तिको…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *