माघ २५ गतेदेखि आठौं नवलपुर महोत्सव

कावासोती । आठौं नवलपुर महोत्सव माघ २५ गतेदेखि फागुन १० गतेसम्म सञ्चालन हुने भएको छ । नवलपुर उद्योग वाणिज्य संघको आयोजनामा आठौं नवलपुर महोत्सव हुने भएको हो । संघले शुक्रबार पत्रकार सम्मेलन गरी महोत्सवका बारेमा जानकारी गराएको हो ।

पत्रकार सम्मेलनमा नवलपुर उद्योग बाणिज्य संघका अध्यक्ष एवं आठौं नवलपुर महोत्सव मुल समारोह समितिका संयोजक वैकुण्ठप्रसाद अर्यालले ‘पर्यटन, कृषि, उद्योग र व्यापारको उत्सवः समृद्ध नवलपुरका लागि आठौं महोत्सव’ भन्ने मुल नाराका साथ महोत्सवको आयोजना गरिएको जानकारी दिए ।

यस पटकको महोत्सवमा नवलपुरमा पहिलो पटक ईफिल टावर, फिस टनेल, सुनामी झुला आकर्षणको रुपमा रहने बताइएको छ । त्यसैगरी विभिन्न जातजातिका कला प्रर्दशनी, स्थानीय एवं राष्ट्रिय कलाकारहरुको प्रस्तुती, जिल्लामा उत्पादित वस्तुको प्रर्दशनी तथा अवलोकन, एक पालिका एक कृषि प्रवद्र्धन अन्तर्गत कृषि प्रर्दशनी, शैक्षिक अनुसन्धानका कार्यक्रमहरु रहने आयोजकले जनाएको छ ।

त्यसैगरी नव प्रवद्र्धन कार्य प्रोत्साहन कार्यक्रम अन्तर्गत नवलपुर डान्स आईडल, श्रष्टा सम्मान तथा रचना वाचन लगाएतका कार्यक्रमहरु रहने पत्रकार सम्मेलनमा जानकारी दिइयो । महोत्सव परिसरमा निशुल्क आँखा परिक्षण शिविर सन्चालन गरिने र त्यहाँ फेला परेका मोतियाविन्दुका बिरामीलाई निशुल्क शल्यक्रियाको पनि व्यवस्था गरिएको संघका महासचिव सागर पोख्रेलले जानकारी दिए ।

यो पटक धुलोरहित महोत्सव हुने र विगतका वर्षहरुभन्दा फरक हुने र यसले समग्र नवलपुरको आर्थिक तथा पर्यटकीय सम्भावनालाई थप उजागर गर्ने आयोजकको दावी छ । महोत्सवलाई व्यवस्थित गर्न २३ वटा उपसमिति, सल्लाहकार समिति र अनुगमन समिति पनि बनाइएको महासचिव पोख्रेलले बताए ।

५ करोड रुपैयाँको कारोवार हुने लक्ष्य लिइएको उद्योेग वाणिज्य संघले महोत्सवमा ७५ लाख आम्दानी गर्ने र २५ लाख बचत हुने अनुमान गरेको छ । ८० हजारले प्रत्यक्ष तथा करिब ५ लाखले महोत्सवको अप्रत्यक्ष अवलोकन गर्ने आयोजकको दाबी छ । महोत्सव कावासोती–१६ को अंकुर आर्दश सामुदायिक वन परिसरमा सञ्चालन हुने छ ।

सम्बन्धित समाचारहरूः

  • २०८१ माघ २८, सोमबार १८:२२
  • 81 views
नवलपुर महोत्सवमा आदिवासी जनजाति महासंघको असहमति, संस्थागत सहभागिता नहुने

दीपक भट्टराई, कावासोती ।  नवलपुर उद्योग वाणिज्य संघद्वारा माघ २५ गतेदेखि नवलपुरको कावासोती-१६, डण्डामा सञ्चालित आठौं नवलपुर महोत्सवप्रति नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद नवलपुरले असहमति जनाएको छ। महासंघले…

विस्तृत.....

  • २०८१ माघ २७, आईतवार २१:१७
  • 21 views
नवलपुर महोत्सवमा सोमबारदेखि रत्यौली प्रतियोगिता सुरु ।

माघ २६, नवलपुर । नवलपुर महोत्सवमा भोलि सोमबारदेखि रत्यौली प्रतियोगिता शुरु हुदैछ । नेपाली समाजमा बैवाहिक उत्सवको खुशीयालीमा दुलाहाका घरमा महिलाहले गर्ने सामुहिक मनोरुजनलाई पुस्तान्तरण र जगेर्ना गर्ने अभिप्रायले सातौं…

विस्तृत.....

Leave a Reply

Your email address will not be published. Required fields are marked *