प्रधानमन्त्रीको खल्तीमा राष्ट्रपति बसेको कार्टूनका कारण ओली आगो ।

काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारी आफ्नो कोटको खल्तीमा बसेको जस्तो कार्टून किन बनाएको भनेर प्रश्न गरेका छन् । कान्तिपुरमा आइतबार प्रकाशित एक कार्टूनमा राष्ट्रपति बिद्या भण्डारी जस्तो देखिने एक पात्र श्रीपेच लगाएका ओली जस्ता देखिने पात्रको खल्तीमा बसेको जस्तो देखिएको थियो ।

सो काटूर्नमा राष्ट्रपतिसँगको फोटोमा आफ्नो फोटो जोडेर कार्टुन बनाइएकोप्रति आपत्ति जनाएका हुन् । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको पत्रकारहरुसँगको अन्तरक्रियामा बोल्दै प्रधानमन्त्री ओलीले प्रधानमन्त्री आफ्नो कोटको खल्तीमा हालेको कार्टुनप्रति आपत्ति जनाएका हुन् ।

आफ्ना विपक्षीहरुले त्यसो गरेको भन्दै राष्ट्रपति जस्तो संस्थाको समेत अपमान गरेको प्रधानमन्त्री ओलीले बताए । ‘उनीहरुलाई मजा आइरहेको होला नि, ठूला ठूला फोटा बनाएर प्रधानमन्त्रीको कोटको खल्तीमा राष्ट्रपतिको फोटोवाला कार्टुन ।’ प्रधानमन्त्री ओलीले भने ।

ओलीले माधव नेपालसँगको आफ्नो सम्बन्ध अब इतिहास भएको बताएका थिए । यस्तै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई साथ दिने जसपाका सांसदलाई कुडा कर्कट बताएका थिए ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ माघ २, बुधबार १९:१२
    • 8 views
    रविलाई ६० लाख धरौटीमा छाड्न काठमाडौँ जिल्ला अदालतको आदेश

    कावासाेती । काठमाडौँ जिल्ला अदालतले स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश गरेको छ। रविलाई ६० लाख धरौटीमा छाड्न…

    विस्तृत.....

    • २०८१ पुष २८, आईतवार २२:०८
    • 15 views
    अदालतको गेटमा समर्थकले घेरेपछि रविलाई बाहिर निकाल्नै प्रहरीलाई हम्मेहम्मे

    काठमाडौं । थुनछेक बहस नहुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः हिरासतमा गएका गएका छन् । सहकारीको रकम अपचलन मुद्दामा बयानका लागि लामिछाने आइतबार आफैँ जिल्ला अदालत काठमाडौंमा…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *