कोरोना संक्रमण हुँदा आँखा बिगार्ने घातक कालो ढुसीबाट कसरी बच्ने ?

को-भिड-१९ भएका बिरामीमा आँखा बिगार्ने म्यूकोर्माइकोसिस अर्थात् एक प्रकारको खतरनाक ढुसीको सङ्क्रमण नेपालमा पनि फाट्टफुट्ट देखा परेको स्वास्थ्य अधिकारीहरूले पुष्टि गरेका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बिहीवार बीबीसीसित भने, “नेपालमा पनि फाट्टफुट्ट देखिएको छ। अहिलेसम्म हामीकहाँ तीन(चारवटा रिपोर्ट आएको छ।” उनका अनुसार काठमाण्डू र सीमावर्ती सहर वीरगन्जका बिरामीमा त्यो समस्या देखिएको पुष्टि भएको छ। भारतका विभिन्न सहरका को-भिड बिरामीमा त्यो विरल सङ्क्रमण देखिएको पाइएको र कतिपयले आँखा नै गु-माएको विवरण एक साताअघि आएको थियो ।

कालो ढुसी पनि भनिने म्यूकोर हाम्रो वातावरणमा प्राकृतिक रूपमै पाइने एक प्रकारको ढुसी हो जसको सङ्क्रमणबाट म्यूकोर्माइकोसिस हुन्छ । रेटिना विशेषज्ञ डा। नीतिन तुल्स्यान भन्छन्, “म्यूकोर माटो, धूलोका कण, हावा र शरीरका सतहमा पनि हुन्छ। यो एउटा स्पोरको रूपमा हुन्छ।” ना’ङ्गो आँखाले देख्न नसकिने ससाना बाटुलो आकारको स्पोरले निश्चित शारीरिक अवस्थामा आक्रमण गरेपछि म्यूकर्माइकोसिस हुने उनी बताउँछन् ।

फ्यामिली फिजिशन तथा आकस्मिक रोग विशेषज्ञ डा। उदयनारायण सिंहका अनुसार मानिसको शरीरमा रोगप्रतिरोधी क्षमता एकदम कमजोर भएको बेला यो सङ्क्रमण हुन्छ। “म्यूकोर्माइकोसिसले विशेषगरी हाम्रा आँखा, नाक, फोक्सो र साइनसमा असर गर्छ। कहिलेकाहीँ यसले हाम्रो दिमागमा पनि जटि-लता निम्त्याउँछ,” उनले थपे। रेटिना विशेषज्ञ डा। तुल्स्यानका अनुसार म्यूकोर्माइकोसिसका कारण आँखा नै गुमा-उनुपर्ने अवस्था निम्तिन सक्छ।

“यदि समयमै यसको उपचार गराइएन भने दृष्टि गुम्ने मात्रै होइन आँखा नै झि-केर फाल्नुपर्ने अवस्था आउन सक्छ,” उनी सजग गराउँछन्। “यो कालो ढुसीले हाम्रो आँखा भएको खो-पिल्टोलाई सङ्क्रमित गर्छ। आँखाभित्र त्यसले मा-सुको जस्तो काम गर्छ जसका कारण हाम्रो आँखा नै बाहिर आइदिन्छन् र का-टे-र फाल्नुपर्ने हुन्छ।” मान्छेको म-स्तिष्कमा सङ्क्रमण पुगेको खण्डमा टाउको दुख्ने, बान्ता हुने, शरीरमा कमजोरी हुने जस्ता लक्षण देखिने डा। तुल्स्यान बताउँछन् ।

“यदि फोक्सोमा सङ्क्रमण पुगेको छ भने नाकबाट सिँगान बग्ने, खोकी लाग्ने, सास फेर्न गाह्रो हुने र छिटो थकाइ लाग्ने लक्षण देखिन सक्छ,” उनले भने। त्यसका साथै सङ्क्रमित व्यक्तिका आँखा सुन्निने तथा दुख्ने, नाक बन्द हुने र नाकबाट कालो पदार्थ पनि आउने लक्षण देखिन सक्ने डा। सिंह बताउँछन् । “विशेषगरी एकपट्टिको आँखा वा नाक अथवा एकापट्टिको साइनसमा यसको प्रभाव देखिन्छ,” उनले थपे ।

वीरगन्जस्थित नारायणी अस्पतालमा कार्यरत डा। सिंहका अनुसार एक साताअघि पहिलो पटक एक ६७ वर्षीय को-भिड बिरामीमा म्यूकोर्माइकोसिसको लक्षणहरू फेला पारिएको थियो। “उहाँ मधुमेहको बिरामी हुनुहुन्थ्यो । को-भिडको उपचार हुँदै गर्दा सात दिनपछि उहाँमा आँखा दुख्ने समस्या देखियो। त्यसपछि आँखा सुन्निँदै गयो र आँखाबाट रगत आउने समस्या पनि देखियो,” उनले भने।

“म्यूकोर्माइकोसिसको शङ्कास्पद बिरामी लागेर हामीले परीक्षण गर्ने भन्यौँ तर त्यो गर्न नपाउँदै उहाँ बित्नुभयो।” रेटिना विशेषज्ञ डा। तुल्स्यानका अनुसार केही दिनअघि अर्का एक को-भिड बिरामीमा पनि म्यूकोर्माइकोसिसका लक्षण देखिएपछि थप उपचारका लागि काठमाडौं पठाइएको थियो। को-भिडका बिरामीहरू निको भएर बिस्तारै फर्किन थालेकाले म्यूकोर्माइकोसिसको समस्या आउँदा दिनमा थप देखिन सक्ने जोखिम रहेको डा। सिंह औँल्याउँछन्।

अहिले को-भिड-१९ का बिरामीको उपचारका क्रममा स्टेरोइडको अत्यधिक प्रयोगले पनि म्यूकोर्माइकोसिसको समस्या देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। गौतम औँल्याउँछन्। “यो एन्टी-फङ्गल औषधि हो। यो खानेहरूमा म्यूकोर्माइकोसिसको समस्या देखिन्छ।

हामीकहाँ बिरामीको शरीरमा अक्सिजनको मात्रा अलिकति घट्दा समेत स्टेरोइडको प्रयोग गरेको देखियो जुन त्यति आवश्यक थिएन,”उनले भने । मधुमेहका रोगी, जलेका बिरामी र क्यान्सरका बिरामीमा यो समस्या बढी देखिने गरेको रेटिना विशेषज्ञ डा। तुल्स्यान बताउँछन् ।

“अहिले आएर को-भिड-१९ थपिएको छ। कतिपय को-भिड बिरामीले १० दिन र कतिपयले १२ दिनसम्म पनि स्टेरोइड प्रयोग गरिरहेको पाइएको छ।” “त्यसमा पनि यदि को-भिड बिरामी मधुमेहको बिरामी छ भने घा-त-क अवस्था हुन जान्छ । मधुमेह, को-भिड र स्टेरोइड यी तीनवटाको घा-त-क संयोग हुने भयो,” उनले थपे। चिकित्सकको परामर्शबिनै स्टेरोइडको अत्यधिक प्रयोगले पनि को-भिड बिरामीमा म्यूकोर्माइकोसिस भएको हुन सक्नेमा रेटिना विशेषज्ञ डा। तुल्स्यान पनि सहमत देखिन्छन्।

त्यसबाहेक श्वासप्रश्वासमा समस्या देखिने को-भिड बिरामीलाई ‘ह्यूमिफाइड’ अर्थात् ओसयुक्त अक्सिजन दिने गरिएकाले निस्सङ्क्रमित नगरिएको उपकरणबाट पनि सङ्क्रमण सर्न सक्ने सम्भावना उनी औँल्याउँछन्।”को-भिड भयो कि घरमै बसिरहेका बिरामीले आफूखुसी स्टेरोइडको प्रयोग गर्ने गरेको पाइएको छ ।

चिकित्सकको परामर्शबिना त्यसो गर्नुभएन,” डा। तुल्स्यान भन्छन् । त्यस्तै मधुमेहका रोगी, दमका बिरामी, मिर्गौला रोगी आदिले चनाखो हुनुपर्ने डा। सिंह बताउँछन्। “उहाँहरूले आफ्नो नियमित परीक्षण गराइराख्नुपर्छ। स्टेरोइडको प्रयोगको सीमिततालाई बुझ्नुपर्ने हुन्छ।”

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। गौतमका अनुसार कालो ढुसीबाट सङ्क्रमितको उपचारमा ‘एम्फोटेरिसिन बी’ औषधिको प्रयोग गरिन्छ । “हामीले का-लाजा-रमा त्यसको प्रयोग गर्दै आएका छौँ ।

केही त हामीसँग छ तर फेरि यता प्रयोग गर्नुपर्ने भएपछि का-लाजार-का लागि जोहो गर्नुपर्ने हुन्छ,” उनले भने। भारतमा कालो ढुसीबाट सङ्क्रमित हुने को-भिड बिरामी बढ्न थालेसँगै कतिपय ठाउँमा उक्त औषधिको अभाव देखिएका विवरण सार्वजनिक भएका छन् । साभार बिबिसी

काेराे-ना भा- ईरस ( काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ अनिबार्य रुपमा माक्स को प्रयोग गरौं साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ माघ १७, बिहीबार २१:०४
    • 46 views
    नवलपुरका १७ हजार किशोरीलाई पाठेघर क्यान्सर विरुद्धको खोप लगाइने ।

    सञ्जय भट्टराइ, माघ १७। नवलपुरमा १७ हजार  किशोरीलाई महिलामा हुने पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाईने भएको छ । प्रदेश स्वास्थ्य कार्यालय नवलपुरले बिहिबार आयोजना गरेको कार्यक्रममा जिल्लाभर २ सय…

    विस्तृत.....

    • २०८१ माघ ११, शुक्रबार १२:०२
    • 85 views
    विनयी खोलाको पुल बन्नझण्डै १ वर्ष लाग्ने,निरीक्षण भन्दै मन्त्रीहरु पुगेपनि ठोस निर्णय हुन बाँकी ।

      माघ ११, कावासोती ।  पूर्वपश्चिम राजमार्ग अन्तरगत नारायणगढ –बुटवल सडक खण्डमा पर्ने विनयी खोलाको भाँचिएको पुल बन्न झण्डै एकवर्ष लाग्ने भएको छ । क्षमताभन्दा बढी भार बोकेको भारतीय नम्बरको…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *