राष्ट्रियसभा उपनिर्वाचन : मतपेटिकामा पिसिआर रिपोर्ट भेटियो ।

दाङ : लुम्बिनी प्रदेशअन्तर्गत सोमबार सम्पन्न राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा कूल ३ सय मतदातामध्ये २ सय ९७ मत खसेको समाचार आयो।

भोट हाल्न नआउने तीन जना नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा.धवल शम्शेर राणा, गुल्मी दरबार गाउँपालिकाका अध्यक्ष अशोक कुमार थापा र बाँकेको नरैनापुरका अध्यक्ष इस्तियाक अहमद साह रहेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दियो । तर मतगणना सकिएपछि एक मत हरायो । 

यसअघि २ सय ९७ मत खसेको भनेको निर्वाचन अधिकृतको कार्यालयले २ सय ९६ मत खसेको र त्यसमा २ मत बदर भएको हिसाब देखाउँदै अन्तिम मत परिणाम सार्वजनिक गर्‍यो। एक मत खोइ त ? भन्ने कसैले भन्न चाहेनन्।  

मतगणना स्थलमै रहेका नेपाली कांग्रेसका दाङ जिल्ला सचिव शंकर डाँगीले पोल खोले- ‘मतगणना गर्दा एउटा पिसिआर रिपोर्ट भेटिएको थियो’। उनका अनुसार कुनै एक मतदाताले मतपत्रमा छाप लगाइसकेपछि मतपेटिकामा खसाल्नुपर्नेमा आफ्नो पिसिआर रिपोर्ट खसालेछन्।

मतदातालाई भोट हाल्न आउँदा पिसिआर रिपोर्ट अनिवार्य गरिएको थियो। 

‘मत गन्दै जाँदा पिसिआर रिपोर्ट भेटियो’, डाँगीले भने, ‘हामीले कसको हो भनेर हेरेनौँ, तत्कालै च्यातेर फाल्यौँ।’  ति मतदाताले लिएको मतपत्र भने भेटिएन। स्रोतका अनुसार एक गाउँपालिका उपाध्यक्षले त्यसो गरेको हुनसक्ने बुझिएको छ। यस विषयमा निर्वाचन अधिकृतको कार्यालयले केही बताएको छैन। 

  • सम्बन्धित समाचारहरूः

    • २०८१ माघ २, बुधबार १९:१२
    • 8 views
    रविलाई ६० लाख धरौटीमा छाड्न काठमाडौँ जिल्ला अदालतको आदेश

    कावासाेती । काठमाडौँ जिल्ला अदालतले स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश गरेको छ। रविलाई ६० लाख धरौटीमा छाड्न…

    विस्तृत.....

    • २०८१ पुष २८, आईतवार २२:०८
    • 15 views
    अदालतको गेटमा समर्थकले घेरेपछि रविलाई बाहिर निकाल्नै प्रहरीलाई हम्मेहम्मे

    काठमाडौं । थुनछेक बहस नहुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः हिरासतमा गएका गएका छन् । सहकारीको रकम अपचलन मुद्दामा बयानका लागि लामिछाने आइतबार आफैँ जिल्ला अदालत काठमाडौंमा…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *