कास्कीमा १५२ जनामा कोरोना पुष्टि

  • समाचार
  • २०७८ जेष्ठ ३०, आईतवार २२:०८

पछिल्लो २४ घण्टामा कास्की जिल्लामा थप १५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्कीमा ८२ जना पुरुष तथा ७० जना महिला गरी १५२ जनामा कोरोना भाइरस देखिएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । पछिल्लो २४ घण्टामा प्रदेशमा १ हजार २८० जनाको नमुना परीक्षण गरिएकोमा गण्डकी प्रदेशमा थप ३४७ जनामा कोरोना पोजेटिभ देखिएको विज्ञप्ति मार्फत निर्देशनालयले उल्लेख गरेको छ । कास्कीका १५२ सहित म्याग्दीका २१ जना, पर्वतका ३ जना, गोरखाका २४ जना, लमजुङका १४ जना तनहुँका ४७ जना, स्याङ्जाका ४५ जना र नवलपुरका ४१ जना गरी प्रदेशका ८ जिल्लामा १८० पुरुष तथा १६७ जना महिलामा कोरोना पुष्टि भएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ५० हजार ३०४ पुगेको छ। पछिल्लो २४ घण्टामा ४७३ जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ४३ हजार ६१९ पुगेको छ । गण्डकीमा थप ७ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणका कारण प्रदेशभर ज्यान गुमाउनेको संख्या ८३८ पुगेको छ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ पुष २५, बिहीबार २१:३३
    • 25 views
    नारायणी किनारमा १५ औं चितवन महोत्सव सुरु

    चितवन – नारायणगढको नारायणी नदी किनारमा १५ औं चितवन महोत्सव सुरु भएको छ । व्यापारिक तथा औद्योगिक बस्तुको प्रदर्शनीसहित बिहीबारदेखि महोत्सव सुरु भएको हो । चितवन उद्योग वाणिज्य संघले आयोजना गरेको…

    विस्तृत.....

    • २०८१ पुष २४, बुधबार ०९:२९
    • 18 views
    तिब्बत भूकम्प : ९५ जनाको मृत्यु, १३० घाइते

    कावासोती । तिब्बतको सिगात्से सहरमा मङ्गलबार गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ९५ पुगेको छ भने १३० जना घाइते भएका छन् । चिनियाँ सञ्चारमाध्यम सिन्ह्वाका अनुसार मङ्गलबार बिहान गएको भूकम्पमा…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *