सिद्धार्थ राजमार्ग एकतर्फी खुल्यो

 पहिरोले थुनिएको सिद्धार्थ राजमार्ग केहीबेर अगाडिदेखि एकतर्फी रुपमा खुलेको छ । आज बिहान साढे ६ बजेतिर स्याङ्जाको फेदिखोला गाउँपालिका–२ भालुपहाडस्थित सिद्धार्थ राजमार्गमा माथिबाट खसेको पहिरोले सडक पूर्णरूपमा अवरुद्ध भएको थियो । पहिरोका कारण सिद्धार्थ राजमार्गको पोखरा–स्याङ्जा सडक खण्ड बन्द भएको हो । भालुपहाडमा सडक विस्तार गरिएको ठाउँमा झरेको पहिरो सडक विभाग तथा सम्बन्धित निकायसँगको समन्वयमा बाटो खुलाउने कार्य थालिए पनि पानी परिरहेकाले सडक खुलाउन समय लागेको हो । पहिरोका कारण सडकमा सवारी साधनहरुको जाम रहेको छ ।