
पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ९३६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार १८२ नमुना परीक्षण गरिएको थियो ।
पीसीआर परीक्षणबाट २ हजार ६ र एन्टिजेन परीक्षणमा ९३० जनामा कोरोना संक्रमण देखिएको हो । यस्तै पछिल्लो २४ घण्टामा १ हजार ७७५ जना निको भएका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा ४३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।