सरकारबाट बाहिरिएपछि आराम गर्ने अवसर पाएँ–‌ ओली

काठमाडौं । निवर्तनमान प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारबाट बाहिरिएपछि आराम गर्ने अवसर पाएको बताउनुभएको छ ।

शनिबार जनता समाजवादी पार्टी (जसपा)अध्यक्ष महन्थ ठाकुर पक्षसँग आफ्नै निवास बालकोटमा भेट गर्दै अध्यक्ष ओली आफूले आराम गर्ने अवसर पाएको बताएको जसपा नेता शरदसिंह भण्डारीले बताउनुभयो ।

ओली सरकारबाट बाहिरिएपछि जसपाका नेताहरूले पहिलोपटक भेट गर्नुभएको हो । भेटमा राजनीतिक वार्ता नभएको र केही दिनमै छुट्टै राजनीतिक विषयमा छलफलका लागि भेटवार्ता गर्दै सहकार्य जारी राख्ने विषयमा कुराकानी भएको भण्डारीको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘आज कुनै राजनीतिक विषयमा छलफल भएन, उहाँ(ओली)ले सहकार्य जारी राख्नुपर्छ र केही दिनमै राजनीतिक भेटवार्ता बस्नुपर्छ भन्नुभएको छ ।’

ओलीलाई भेट्न जसपा नेता महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी र अनिल झा आज बालकोट पुगेका थिए । भोलिदेखि प्रतिनिधिसभाको अधिवेशन बोलाइएका कारण संसद अधिवेशन चलेका बेला कसरी अगाडि बढ्ने लगायतका विषयमा पनि जसपा र ओलीबीच छलफल भएको छ ।

जसपामा चर्को अन्तरविरोध रहेका बेला ठाकुर पक्षका नेताहरुले तत्कालीन प्रधानमन्त्री ओलीलाई साथ दिएका थिए ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ माघ १०, बिहीबार १०:०४
    • 8 views
    कृषि, व्यापार र धार्मिक पर्यटन प्रवर्द्धनका लागि माघ ११ गतेबाट तेस्रो मध्यबिन्दु महोत्सव

    दीपक भट्टराई, कावासोती ।  तेस्रो मध्यविन्दु महोत्सव माघ ११ गतेदेखि माघ २१ गते सम्म सन्चालन हुने भएको छ । मध्यविन्दु उद्योग वाणिज्य संघको आयोजनामा तेस्रो मध्यविन्दु महोत्सव हुने भएको हो ।…

    विस्तृत.....

    • २०८१ माघ ७, सोमबार २१:५२
    • 20 views
    अध्यादेशबाट कानुन सुधार : वाञ्छित परिणामका लागि अवाञ्छित काम

    ७ माघ, काठमाडौं । सरकारले पछिल्लो एक सातामा पाँचवटा अध्यादेश जारी गरेको छ । २९ पुसमा चारवटा र २ माघमा एउटा गरी जारी भएका सबै अध्यादेशमा नयाँ विषय छैनन्, अध्यादेशमार्फत…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *