श्रेष्ठले गरे विश्व कृर्तिमान

  • समाचार
  • २०७८ श्रावण २२, शुक्रबार २३:२८

चितवनको रत्ननगरका एक युवाले डेढ घन्टा पानीमा तैरिएर विश्व कृर्तिमान कायम गरेका छन् । रत्ननगर १ बकुलहरका विकर्ण कुमार श्रेष्ठले योगाशनमा बसेर ढेड घन्टा पानीमा तैरिएर विश्व कृर्तिमान कायम गरेका हुन ।

रत्ननगरका अटो व्यवसायी समेत रहेका श्रेष्ठले डेढ घन्टा पानीमा तैरिएर वल्र्ड बुक अफ रेकर्ड लण्डनमा नाम लेखाउन सफल भएका हुन । उक्त विद्यामा विश्वमै नाम लेखाउने चितवनको रत्ननगरका श्रेष्ठ पहिला व्यक्ति हुन ।

काठमाडौंको धुलिखेलमा रहेको हिमालय दृश्य रिर्साटको स्वमिङ पुलमा तैरिएर श्रेष्ठले शिक्षा क्षेत्रमा देखिएका समस्या,चुनौती र त्यसको सामधान सम्बन्धी कार्यक्रम सञ्चालन गरेका थिए । श्रेष्ठले पानीमै तैरिएर डाक्टर,प्रध्यापक,शिक्षक,लेखकहरुसंग अन्तरक्रिया गरेका थिए ।

कार्यक्रममा काठमाडौं युनिर्भसिटीका प्रोफेसर डा.हेमराज काफ्ले,शिक्षाविद् डा.नारायण घिमिरे,लेखक तथा प्रध्यापक रामचन्द्र भट्टराई,टिचफर नेपालका प्रोफेसर विना झा,नेपाल स्विस ट्याप्टर अफ कमर्शका प्रमुख कार्यकारी अधिकृत सन्तोष गरी लगायतका व्यक्तिहरुले श्रेष्ठसंग शिक्षाको विकासको बारेमा अन्तरक्रिया गरेका थिए ।

इकोलोष्ट्रिक फाउण्डेशन नेपाल,लायन्स क्लव अफ रत्ननगर र लियो क्लव अफ राइनो रत्ननगरले यसैसाता कार्यक्रमको आयोजना गरेका थिए । वल्र्ड बुक अफ रेकर्डमा नाम दर्ता भइसकेको र पाँच हप्ता भित्र प्रमाणपत्र आइपुग्ने श्रेष्ठले बताए ।

डेढ घण्टा पानीमा तैरिएर वल्र्ड बुक अफ रेकर्डमा नाम लेखाएर नेपालको नाम विश्वमा चिनाउन सफल भएको भन्दै सामाजिक सञ्जालमा श्रेष्ठलाई बधाई दिनेहरुको ओइरो लागेको छ । ४३ बर्षीय श्रेष्ठ लायन्स क्लव अफ रत्ननगर र रत्ननगर जेसीजकाका पूर्व अध्यक्ष,आमा घरका आजिवन सदस्य,अर्पण बचत तथा ऋण सहकारी संस्थाका शिक्षा उपसमितिका सदस्य,चितवन अटो मोवाइल्र्स एशोसियसनका क्षेत्रगत उपसमिति सदस्य हुन ।

नेपाल रेडक्रस सोसाइटीका आजिवन सदस्य समेत रहेका श्रेष्ठले अहिले सम्म ८० पटक रक्तदान गरेका छन् ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ पुष २५, बिहीबार २१:३३
    • 28 views
    नारायणी किनारमा १५ औं चितवन महोत्सव सुरु

    चितवन – नारायणगढको नारायणी नदी किनारमा १५ औं चितवन महोत्सव सुरु भएको छ । व्यापारिक तथा औद्योगिक बस्तुको प्रदर्शनीसहित बिहीबारदेखि महोत्सव सुरु भएको हो । चितवन उद्योग वाणिज्य संघले आयोजना गरेको…

    विस्तृत.....

    • २०८१ पुष २४, बुधबार ०९:२९
    • 21 views
    तिब्बत भूकम्प : ९५ जनाको मृत्यु, १३० घाइते

    कावासोती । तिब्बतको सिगात्से सहरमा मङ्गलबार गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ९५ पुगेको छ भने १३० जना घाइते भएका छन् । चिनियाँ सञ्चारमाध्यम सिन्ह्वाका अनुसार मङ्गलबार बिहान गएको भूकम्पमा…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *