बगायो डाइभर्सन, महेन्द्र राजमार्ग अवरुद्ध

कात्तिक १, एनसञ्चार संवाददाता ।

अविरल वर्षासँगै आएको बाढीले डाइभर्सन बगाउँदा रूपन्देहीस्थित पूर्व–पश्चिम राजमार्ग खण्ड अवरुद्ध भएको छ । देवदहस्थित घोडाहमा बनाएको डाइभर्सन सोमबार बाढीले बगाएको हो ।

आइतबारदेखि रूपन्देहीमा पानी परिरहेको छ । यसअघि गत ११ भदौमा परेको वर्षापछि आएको बाढीले घोडाहाको पुल भासिएको थियो । पुल भासिएपछि डाइभर्सन बनाइएको थियो ।