सामुदायीक प्राकृतिक चिकित्सालय रजहरको नवनिर्वाचित पदाधिकारीहरुको सपथग्रहण कार्यक्रम सम्पन्न ।

माधव सुवेदी (एन सञ्चार) , ०७ फाल्गुण ०७७ ||

गुणस्तरिय उपचार तथा निराकरण हाम्रो प्रतिवद्धता पुर्ण स्वास्थ प्राप्तीका लागी प्राकृतिक शिक्षा भन्ने मुलमन्त्र लाइ आत्मासाथ गर्दै पुर्वि नवलपरासीको देवचुली १६ रजहरमा सञ्चालीत प्राकृतिक चिकित्सालय सामुदायीक प्राकृतिक चिकित्सालयले नया कार्यसमिती चयन गरि निर्वतमान कार्यसमितीलाइ सम्मान तथा नवगठित कार्यसमितीलाइ स्वागत एवं सपथग्रहण कार्यक्रम सम्पन्न गरेको छ ।

प्रस्तावित नेपाल प्राकृतिक चिकित्सा सामुदायीक शिक्षण अस्पतालको गुरुयोजनामा रहेको यस चिकित्सालयले १० औ साधारणसभा एवं चौथो अधिवेसन वर्ष २०७६—७७ वाट निर्वाचित व्यवस्थापन समिती तथा लेखा समितीका पदाधिकारीहरुलाइ सपथ ग्रहण गराएको हो ।

निर्वाचन समितीका अध्यक्ष समेत रहनुभएका गोविन्द गैरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा चिकित्सालयका प्रमुख संरक्षक कमल प्रसाद आचार्यको प्रमुख आतिथ्यता रहेको थियो त्यस्तै विशिष्ठ संरक्षक गौरिदेवि प्रधान,अग्निधर चालिसे,२०६४ मा आयोजित महायज्ञका संरक्षक सर्वेस्वर शिवालय मन्दिरका पिठाधिस १००८ स्वामी महाराज,संविधान सभा सदस्य महेन्द«ध्वज जिसी लगाएतका विशिष्ठ अतिथीहरु रहनुभएको थियो भने विशेष अतिथीहरुमा आजिवन संरक्षक सदस्य ललित वहादुर वोहोरा,देवचुली नगरपालीका १६ का वडाध्यक्ष केशर वहादुर क्षेत्री, समाजसेवी सुर्य प्रसाद न्यौपाने,हरिप्रसाद न्यौपाने,रविलाल सापकोटा स्थानिय वुद्धिजिवी समाजसेवी पत्रकार चिकित्सालयका व्यवस्थापक हरि प्रसाद सापकोटा, प्राध्यापक डाक्टर विनोद पौडेल,आजाद पुरी ,लगाएत चिकित्सालयमा कार्यरत कर्मचारीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

कार्यक्रममा आफना भनाइहरु राख्ने क्रममा प्रमुख अतिथी समेत रहनुभएका चिकित्सालयका प्रमुख संरक्षक समेत रहनुभएका आचार्यले संसारको सवैभन्दा उत्कृष्ठ उपचार पद्धती चिकित्सा पद्धती सावित हुदै गएको कुरा इतिहासले देखाएको र अवका पिडीहरुले पनि अनावस्यक आयातित औषधीहरुको भर नपरी प्राकृतिक चिकित्सा पद्धती अपनाएर स्वास्थकर जिवनयापन गर्नुपर्ने कुरामा जोड दिनुभयो ।

सन्त वहादुर क्षेत्रीको स्वागत मन्तव्य रहेको कार्यक्रमको सहजिकरण नारायण प्रसाद भण्डारीले सहजीकरण गर्नुभएको थियो ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ पुष २५, बिहीबार २१:३३
    • 28 views
    नारायणी किनारमा १५ औं चितवन महोत्सव सुरु

    चितवन – नारायणगढको नारायणी नदी किनारमा १५ औं चितवन महोत्सव सुरु भएको छ । व्यापारिक तथा औद्योगिक बस्तुको प्रदर्शनीसहित बिहीबारदेखि महोत्सव सुरु भएको हो । चितवन उद्योग वाणिज्य संघले आयोजना गरेको…

    विस्तृत.....

    • २०८१ पुष २४, बुधबार ०९:२९
    • 23 views
    तिब्बत भूकम्प : ९५ जनाको मृत्यु, १३० घाइते

    कावासोती । तिब्बतको सिगात्से सहरमा मङ्गलबार गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ९५ पुगेको छ भने १३० जना घाइते भएका छन् । चिनियाँ सञ्चारमाध्यम सिन्ह्वाका अनुसार मङ्गलबार बिहान गएको भूकम्पमा…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *