
काठमाडौं : नेकपा एमालेले पार्टीको ३२ सांसदलाई स्पष्टीकरण सोध्ने तयारी गरेको छ। सोमबारको केन्द्रीय कमिटीको निर्णयअनुसार आजै सबै सांसदहरूलाई स्पष्टीकरण पत्र पठाउने तयारी गरेको हो।
संघका २६ र कर्णाल प्रदेशमा फ्लोर क्रस गर्ने पाँच सांसदलाई पार्टीको हितविपरीत चलेको भन्दै दुई दिन म्याद दिएर स्पष्टीकरण पत्र पठाउन लागेको हो। स्पष्टीकरणको चित्त बुझ्दो जवाफ नआए बैशाख १० गते बस्ने केन्द्रीय कमिटीको बैठकले कारवाही गर्ने तयारी गरेको छ।
पार्टीभित्र प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली एकलौटी चलेपछि नेता माधवकुमार नेपाल समूह कर्णाली प्रदेशबाट आक्रमक रुपमा प्रस्तुत हुन थालेको छ।
यसअघि नै नेता नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई पार्टीको साधारण सदस्य समेत नरहने गरी ६ महिनाका लागि कारवाही गरिसकेको छ।
स्पष्टीकरण सोध्ने तयारी गरिएका नेताहरुको सूची :
१) माधवकुमार नेपाल
२) झलनाथ खनाल
३) भीम रावल
४) सुरेन्द्र पाण्डे
५) घनश्याम भुसाल
६) पवित्रा निरौला
७) झपट रावल
८) यज्ञराज सुनुवार
९) मेटमणि चौधरी
१०) जीवनराम श्रेष्ठ
११) विरोध खतिवडा
१२) सोमप्रसाद पाण्डे
१३) भवानी खापुङ
१४) नारायण खतिवडा
१५) जयकुमार राई
१६) गणेश पहाडी
१७) दीपकप्रकाश भट्ट
१८) योगेशकुमार भट्टराई
१९) हिराचन्द्र केसी
२०) पुष्पाकुमारी कर्ण कायस्थ
२१) कल्याणी खड्का
२२) लक्ष्मीकुमारी चौधरी
२३) सरलाकुमारी यादव
२४) कृष्णलाल महर्जन
२५) नीरादेवी जैरु
२६) मुकुन्द नेउपाने
२७) रामकुमारी झाक्री
कर्णाली प्रदेशका सांसद
१) प्रकाश ज्वाला
२) नन्दसिंह बुढा
३) कुर्मराज शाही
४) अम्बरबहादुर थापा
५) देवी ओली