विदेशी पर्यटकको निधारमा सप्तरंगी टीका
कात्तिक २०, पोखरा ।। तिहार खासगरी हिन्दु नेपालीको मुख्य पर्व हो। पछिल्लो समय नेपालका अन्य समुदायमा पनि यो पर्व लोकप्रिय बनिरहेको छ। आजभोलि नेपाली मात्रै होइन, विदेशी पर्यटक पनि सप्तरंगी टीका लर्काएर रमाइलो गर्न थालेका छन्।
पोखरामा रहेको पश्चिमाञ्चल होटेल संघले पर्यटक लक्षित भाइटीका महोत्सव आयोजना गरेको छ। १६ वर्षअघि सुरु भएको यो महोत्सवको १४औं संस्करण शनिबार मनाइएको छ।
‘दुई वर्ष कोभिड संक्रमणका कारण रोकियो। अहिले फेरि सुरु गरेका छौं,’ होटेल संघका अध्यक्ष लक्ष्मण सुवेदीले भने, ‘नेपाल आएका पर्यटकलाई अब भाइटीका महोत्सवबारे थाहा हुन थालिसक्यो। अहिलेको महोत्सवमा यसअघि टीका लगाएर गएकाहरू पनि …
‘बाहिर खुसी देखिए पनि भित्र भने एक्लोपनबाट पीडित छन् सलमान’
कात्तिक २०, मुम्बई , एजेन्सी ।। बलिउड अभिनेता तथा निर्देशक महेश माञ्जरेकरले अभिनेता सलमान खान बाहिर जति खुसी देखिन्छन्, भित्र भने एक्लोपनबाट पीडित रहेको खुलासा गरेका छन्। पछिल्लो समय ‘अन्तिम’ फिल्ममा सलमानलाई निर्देशन गरेका माञ्जरेकरले हालैको एउटा अन्तर्वार्तामा धेरै कुरा खोलेका छन्।
सलमानसँग माञ्जरेकरको लामो समयदेखि संगत छ। सलमान माञ्जरेकरलाई दाइजस्तो व्यवहार गर्छन्। माञ्जरेकरले सुटिङका क्रममा सलमानसम्बन्धी अनुभूत गरेका विविध कुराहरू दर्शकमाझ ल्याएका हुन्।
‘सलमान बाहिर जति खुशी देखिन्छन्, भित्र भने उनी एक्लो छन,’ माञ्जरेकरले भनेका छन्, ‘एक्लै बस्दा उनी कताकता हराइरहेका हुन्छन्। उनलाई एक्लोपनले खाइरहेको छ। त्यसैले उनले अब बिहे गर्नै …
जीवनशैलीः खानेकुरा कसरी खाने?, यी हुन् सात सही तरिका
कात्तिक २०, एजेन्सी ।। संस्कृतिमा हामी जे-जति चीजहरू गर्छाैं, त्यसको एउटा वैज्ञानिक पक्ष रहेको छ। हाम्रो संस्कृतिमा भोजनको सन्दर्भमा पनि उत्तिकै ध्यान दिइएको छ। हामी के खान्छौँ भन्ने मात्र नभई कसरी खान्छौँ भन्ने कुराले समेत निकै महत्त्व राख्दछ। यहाँ केही सरल उपायहरू बताइएका छन्ः
१. कति खाने र कति पटक खाने ?
अध्ययनहरूबाट यो पत्ता लागेको छ कि मानिसको दिमागले पेट खाली भएको बेला मात्र उच्च ढङ्गले काम गर्छ। अनुसन्धानकर्ताहरूले के पत्ता लगाएका छन् भने, पेट खाली हुँदा घ्रेलिन भनिने रसायन उत्पन्न हुन्छ, जसले मस्तिष्कमा पेट खाली भएको सन्देश पुऱ्याउँछ। रोचक कुरा …
अधिकांश डिप्रेसन व्यक्ति आफैँले निर्माण गर्छन्
हामीले यो बुझ्न जरूरी छ कि आखिर डिप्रेशन (उदासीपन) के हो ? तपाईं उदास रहनुभयो भने, तपाईंभित्र के भइरहेको हुन्छ ? यसलाई मुलभूत रूपमा हेरौँ: तपाईंले केही भइदियोस् भन्ने अपेक्षा राख्नुभएको थियो, तर त्यसो भइदिएन । तपाईंले कोही व्यक्ति वा कुनै चिज तपाईंले चाहेअनुसार भइदियोस् भन्ने आशा गर्नुभयो अथवा भनौँ यो संसार वा नियति तपाईंले चाहेअनुसार भइदियोस् भन्ने अपेक्षा राख्नुभयो, तर त्यो त्यसो भइदिएन । अर्को शब्दमा भन्नुपर्दा, जे भइरहेको छ तपाईं त्यसको विरुद्धमा हुनुहुन्छ, यत्ति नै हो । सायद तपाईं कोही व्यक्ति वा परिस्थितिको विरुद्धमा हुनुहुन्छ होला अथवा तपाईं …
पटाका पड्काउने चलन कहिलेबाट सुरु भयो ?
दीपावलीमा घरलाई झिलीमिली बनाउने प्रचलन पुरानो छ । कतिपयले खुसीयालीमा पटाका पनि पड्काउँछन् । पञ्जाव विश्वविद्यालयमा इतिहास पढाउने प्राध्यापक राजिव लोचनका अनुसार प्राचीन ग्रन्थमा पनि दीपावलीलाई भव्य रुपमा मनाइन्थ्यों । तर, पटाका पड्काउने परम्परा थिएन ।
पटाका पड्काउने परम्परा त चीनको हो । पटाका पड्काउँदा यसको निस्कने ठूलो आवाजले खराब आत्मा, खराब विचार र दुर्भाग्य भाग्ने तथा सौभाग्य प्रबल हुने चिनियाँहरूको मान्यता छ । यही विचार भारतमा आतिश दिपांकर नामका बंगाली बौद्ध धर्मगुरुले १२ औं शताब्दीबाट भित्र्याए ।
उनले सायद चीन, तिब्बत र पूर्वी एसियाबाट यस्तो प्रचलन सिकेर आएका थिए । अन्यथा ऋग्वेदमा …
अध्ययनले भन्छ, ‘तपाईं जुन खानेकुरा खानुहुन्छ, त्यो आफैँमा जीवन हो’
तपाईंले कस्तो किसिमको खाना खानुपर्छ भन्ने कुरा, भोजनबारे तपाईंको सोचाइ कस्तो छ अनि तपाईंका मूल्य र मान्यताहरू के–कस्ता छन् भन्ने विषयमा निर्भर रहनु हुँदैन— बरु, शरीरले के चाहन्छ भन्ने कुरामा निहित रहनुपर्छ। किनकि, भोजन शरीरसँग सम्बन्धित हुन्छ ।
जब के खाने र के नखाने भन्ने कुरा आउँछ, तब आफ्नो डाक्टर वा पोषणविद्लाई नसोध्नुहोस्, किनकि उनीहरू हरेक ५ वर्षमा आफ्ना धारणाहरू फेरिरहेका हुन्छन्। जब खानाको कुरा आउँछ, तब कस्तो प्रकारको खानेकुरा खाँदा यो प्रसन्न महसुस गर्छ भनेर आफ्नै शरीरलाई सोध्नुहोस्। फरक–फरक खानेकुराहरू खानुहोस् अनि खाना खाइसकेपछि शरीरले कस्तो महसुस गर्दछ भन्ने कुरामा …
नेपाली साहित्यका महाकवि देवकोटाको ११३औँ जन्मजयन्ती आज
कात्तिक १८, काठमाडौं ।। नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।
महाकवि देवकोटाको जन्म विसं १९६६ मा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा भएको थियो । दश वर्षको उमेरमा कविता लेख्न सुरु गर्नुभएका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् । उनले नेपाली साहित्यलाई सयभन्दा बढी कृति दिए । यी कृतिका माध्यमबाट देवकोटाले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाए ।
नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गर्नुभएका देवकोटाको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित हालसम्म …
‘जीवनमा उज्यालाे चाहनु हुन्छ?, त्यसाे भए आफूभित्रको कालो बादल हटाउनुस्, अरू केही गर्नु पर्दैन’
कात्तिक १८, काठमाडौं ।।
दीपावली मनाइनुको विभिन्न सांस्कृतिक कारणहरू छन्, तर ऐतिहासिक रूपमा यसलाई नरक चतुर्दशी भनिन्छ, किनकि यस दिन एकदमै क्रुर राजा नरकासुरलाई कृष्णले वध गरेका थिए। त्यही दिनको स्मरणको रूपमा यसलाई भव्य उत्सवको रूपमा मनाइने गरिन्छ। अनिष्ट वा अशुभ कुरा राक्षसहरूको रूपमै आउनुपर्छ भन्ने छैन। तपाईंले देख्दै नदेख्नु भएका राक्षसहरूले भन्दा पनि निराशा, कुण्ठा र उदासिपनले तपाईंको जीवनमा बढी क्षति पुऱ्याउन सक्छन्। दीपावली, आफूभित्र रहेका ती सम्पूर्ण नकारात्मक पक्षहरूलाई समाप्त गर्नको लागि स्मरण गराउने पर्व हो।
दीपावली शुभ उत्सव हुनुको पछाडि थुप्रै कारणहरू छन्। यस्तो मान्यता छ कि यस दिन …
तिहारको चिल्लो र गुलियोबाट स्वास्थ्यलाई जोगाऔँ
कात्तिक १७, रासस ।। नेपालीहरुको घरआँगनमा तिहार भित्रिएको छ । तिहारको तयारीमा नेपाली समुदाय जुटेको छ । कैलालीको टीकापुरकी झरना रिमालले तिहारका समयमा थरिथरिका खानेकुरा पकाउँछिन् ।
उनले हरेक वर्षको तिहारमा रमाइलो गर्न, दाजुभाइलाई कोसेली दिन र घरपरिवारमा खानकै लागि भए पनि चिल्ला खानेकुरा पकाउँछिन् ।
“रोटी पकाउन सुरु भइसकेको छ । तिहारमा महिनौंसम्म खानका लागि रोटी पकाउने गर्दछु”, उनले भनिन्, “तिहारमा विभिन्न प्रकारका चिल्ला रोटी र मिठाई बनाएर रमाइलो गर्ने चलन छ । भाइटीकाका दिन दाजुभाइलाई पनि विभिन्न प्रकारका रोटी र मसला कोसेली दिने गर्छौँ ।”
तिहार दाजुभाइ तथा दिदीबहिनीको महत्वपूर्ण पर्व …
विज्ञान भन्छः अन्डा शाकाहारी नै हो
कात्तिक १३, काठमाडौं ।। सामान्यतः शाकाहारी भन्नाले जनावरको निश्चित उत्पादन नखाने व्यक्तिलाई जनाउँछ। सबै शाकाहारीले मासु खाँदैनन्। तर, शाकाहारीले अन्डा खान्छन् भन्दा तपाईंलाई अचम्म लाग्न सक्छ।
प्रायःजसो शाकाहारी खानेकुरा भन्नाले जनावरको मासु नखानु भन्ने बुझिन्छ। तसर्थ, कतिपय शाकाहारीले अन्डा खान्छन्। यद्यपि, उनीहरुले कुखुरा र माछालाई भने आफ्नो दैनिक खानेकुरामा समावेश गरेका हुँदैनन्।
अझै धेरै व्यक्तिले अन्डालाई शाकाहारी खानेकुराका रुपमा मान्यता दिँदैनन्। यदि पोथी र भालेको सम्भोगपछि उत्पादित अन्डाबाट चल्ला कोरलिन्छ। त्यही भएर जनावरको मासु नखाने शाकाहारीले अन्डा खान नहुने तर्क राख्छन्।
यदि अन्डा निषेचित गरिएको छैन र चल्ला कोरलिने सम्भावना छैन भने …
योगका पिता मानिने महर्षि पतञ्जली को हुन्?
कात्तिक १३, पतञ्जली प्राचीन समयका महान आध्यात्मिक अगुवा हुन्, जसले आध्यात्मिक बाटोमा दिशानिर्देश गर्नका लागि ‘योगसूत्र’को रचना गरे। उनले विभिन्न चरण व्याख्या गर्दै अनन्तसम्म पुग्न हरेक व्यक्तिले अन्तर्यात्रा गर्नुपर्ने उल्लेख गरेका छन्। एउटा नीतिकथाअनुसार उनी आकाशबाट सर्पको रुपमा आइमाईको हातमा खसेको हुनाले उनको नाम ‘पतञ्जली’ रहन गएको हो।
पतञ्जलीको जीवन इतिहास करिब–करिब अज्ञात जस्तै छ। यो पूरापुर कहानी र विरोधाभाषले भरिएको छ। पतञ्जलीको जन्मको बारेमा त्यस्तो स्पष्ट प्रमाण कतै भेटिँदैन।
पतञ्जलीको जन्ममितिबारे उल्लेख गरिएको मितिमा एकरुपता पाइँदैन। अधिकांश विद्वानहरुले पतञ्जलीको जन्म ईशापूर्व तेस्रो शताब्दीमा भएको उल्लेख गरेका छन् भने अन्य विद्वानहरुले भने …
वैज्ञानिक अध्ययनको निचोड : अस्पताल भर्ना भएका बच्चालाई कथा सुनाउँदा चाँडै निको हुन्छन्
काठमाडौं, ८ कात्तिक ।। अभिभावक, शिक्षक र रेखदेखकर्ताले बच्चालाई कथावाचनको जादूबाट शान्त र सौम्य पार्न सकिन्छ भन्ने तथ्य वैज्ञानिक अनुसन्धानबाट पुष्टि भएको छ । अस्पताल भर्ना भएका बालबालिकामा अनुसन्धानात्मक काम गरिरहेका अनुसन्धाताले एकदमै उत्कृष्ट ढंगले वाचन गरिएको कथाले बच्चाको शारीरिक र संवेगात्मक विकासमा मद्दत पुग्ने स्पष्ट पारेका छन् ।
हामीलाई थाहा छ कि कथावाचनमा यस्तो शक्ति हुन्छ, जसले हरेक व्यक्तिलाई अर्कै संसारमा लैजान्छ,’ अनुसन्धाता गुइलहर्मे ब्रोकिङटन भन्छन् । ब्रोकिङटन ब्राजिलको साओ पाउलोस्थित फेडेरल युनिभर्सिटी अफ एबीसीमा मानसिक संवेग र सिकाइबारे अध्ययन गर्छन् ।
उनी नेसनल एकेडेमी अफ साइन्सेज, अमेरिकाको जर्नलमा प्रकाशित नयाँ …
तपाइले बट्टाईको अण्डा खानु भएको छ ? यस्ता यस्ता रोगको लागि अचुक ओखती हो बट्टाईको अण्डा !
नेपालमा बट्टाई पालन निकै फस्टाएको छ। बट्टाईको अन्डा र मासुलाई पौष्टिक खाद्य पदार्थ मानिन्छ। यसको मासुभन्दा पनि अन्डा निकै स्वास्थ्यबर्धक हुने विज्ञहरुको भनाइ छ। बट्टाईको अन्डा स्वास्थ्यका हिसाबले बच्चादेखि वृद्धसम्मलाई फाइदाजनक मानिन्छ।नेपालमा पाँच प्रजातिका बट्टाई पाइन्छन् ।
तीमध्ये ‘कमन क्वेल’ बट्टाई पाल्ने सोख र अन्डा वा मासु खाने कार्यमा प्रयोग हुन्छ। आजभोलि यसको अन्डा र मासुको व्यापार बढ्दै छ । बट्टाईलाई कागुनोको दाना खुवाइन्छ। अन्डामा भिटामिन ए, डी, बी तथा बी १२, लुटिन तथा जिएजेनथिन लगायतका तत्व पाइन्छ।
यी तत्व आँखाका लागि निकै फाइदाजनक मानिन्छ। बजारमा पाइने बट्टाईको अन्डामा अन्य पक्षीको अन्डामा …
यौन सुखका लागि प्राकक्रीडा
यौन शारीरिक क्रिया हो । तर, यसमा हाम्रो भावना, कल्पना जस्ता मानसिक कुराले प्राथमिकता पाउँछ । जुन यौन क्रियामा भावना हुँदैन, त्यो बर्बरतापूर्ण सम्बन्धलाई ‘यौन हिंसा’को रुपमा लिनुपर्ने हुन्छ । यस किसिमको सम्बन्धले यौनको कुलत जनाउँछ । खासगरी कामवासनाले ग्रस्त व्यक्तिहरुमा यस किसिमको प्रवृत्ति हुन्छ । अहिले यौन विकृति र यौनको कुलत संख्या बढ्दै गएको पाइन्छ ।
यौन क्रिया अनादिकालदेखि चल्दै आएको यस्तो प्रक्रिया हो, जसले सृष्टिलाई चलायमान बनाइरहेको छ । त्यसैले त हाम्रा ऋषिमुनिहरुले यौनलाई महत्व दिँदै त्यसको विधि र प्रक्रियाको बारेमा व्याख्या र विश्लेषण गरेका छन् ।
महर्षि वात्यासनले कामसूत्रको …
के योनीको आकारले यौन सन्तुष्टिमा फरक पर्छ ? थाहा पाउनुहाेस ।
व्यक्तिपिच्छे मानिसको अनुहार आकारप्रकार फरक फरक हुने गर्छ । सबै मानिसहरुको आकारप्रकार र रुप एकै हुने गर्दैन । ठीक यही कुरा यो’नी अर्थात् महिलाका प्रजनन अंगको मुख्य भागको हकमा पनि लागू हुन्छ ।
महिलाको योनीको आकारले के फरक पर्छ ? यो युगौंदेखि उठ्दै आएको प्रश्न हो । यो प्रश्नबारे बढी चासो राख्नेहरुमा पुरुष रहने गर्छन् तर स्वयं महिलाको हकमा पनि यो कुरा कम चासोको विषय चाहिँ होइन ।
महिलाहरुले यो विषयमा खासै कुरा गर्न नचाहन पनि सक्छ, कतिपय महिलाहरुले तिनका यो’नीको आकारका बारेमा चिन्ता गर्न पनि सक्छ र त्यसले यौ’नान्दमा वा बच्चा …
बिबाह पछि किन माेटाउछन महिलाहरू ? याे पढ्नुहाेस ।
दुव्लो भएका युवा युवती विवाह पछि मोटाएका हामीले धेरै देखेका छौं । अझ साथी भाईहरुबीच त बिहेपछि त मोटाइस् नी भन्ने प्रतिक्रिया दिने गरिएको सुनिन्छ । विवाहपछि किन मोटाउछन् त पातला मानिस यसबारे अनुसन्धान भइरहेको छ । फेमिली सिस्टम एण्ड हेल्थ जर्नलमा प्रकाशित एक अनुसन्धानका अनुसार विवाह पछि थुप्रै महिला र पुरुषको तौल तेज रुपमा बढ्ने गर्दछ ।
यस्तै एक अन्य अनुसन्धानका अनुसार विवाहको ५ वर्ष्भित्र करिब ८२ प्रतिशत जोडीको तौल ५ देखि १० किलो बढ्ने गर्दछ । विशेषज्ञका अनुसार तौल बढ्नुमा हाम्रो परिवर्तित जीवनशैली र बडी चेन्ज नै हो । …
राेचक विश्वः मान्छेको जस्तै दाँत भएको माछा फेला !
संयुक्त राज्य अमेरिकामा मान्छेको जस्तो दाँत भएको एउटा माछा फेला परेको छ।
नोर्थ क्यारलाइनाको न्याग हेडमा माछा मार्न जाने मानिसहरूमाझ प्रख्यात जेनेट्स पीएरले आफ्नो फेसबुक पेजमा गत साता उक्त माछाको तस्बिर प्रकाशित गरेको थियो।
उक्त माछा शीप्सहेड जातको भएको बताइएको छ। आफ्नो सिकार चबाउन उक्त जातका माछाको मुखमा बङ्गाराका लहरहरू हुन्छन्।
उक्त माछाको मुख र भेडाको मुख झट्ट हेर्दा उस्तै देखिने भएकाले अङ्ग्रेजीमा उक्त माछालाई सम्भवतः “शीप्सहेड” नामकरण गरिएको हो।
जेनेट्स पीएरमा नियमित रूपमा माछा मार्न जाने नेथन मार्टिन नामक व्यक्तिले उक्त माछा समातेका हुन्।
“मुखभरि दाँत भएको” माछा देखेपछि आफूलाई पनि शीप्सहेड जातको माछा …
साउन महिनामा माछा मा-सु खान नहुने यस्ता छन् राेचक वैज्ञानिक कारणहरु !
साउन महिनामा माछा मा-सु खान नहुने यस्ता छन् राेचक वैज्ञानिक कारणहरु ! साउन महिना, धार्मिक आस्था राख्नेहरुका लागि विशेष महिना र यो महिनामा केही धार्मिक पर्वहरु पनि पर्छ । यो साउने संक्रान्तिको महिना हो र यो बोलबमको महिना हो । भगवान शिवको आरधानाको महिना हो । उपवासको महिना हो ।
पूर्विय दर्शन अनुसार साउन महिनामा भगवान शिवको आरधना गर्ने, उपवास बस्ने, शिवलिंगमा जल अर्पण गर्ने गरिन्छ । धार्मिक मान्यता के छ भने, साउनको सोमवार व्रत बस्ने र शिवलिंगमा जल चढाउनाले घरमा सुख समृद्धि मिल्छ । भलै अहिलेका पुस्तालाई यी कुरा भलै …
सपना सम्बन्धी राेचक तथ्यहरू
एजेन्सी – एक रहस्यमय विषय मानिने सपना हामी सबैले देखिरहेका हुन्छौँ। धार्मिकरुपमा पनि सपनाको आफ्नो महत्व रहेको बताइन्छ। मानिसहरु सपनाले भएका वा हुनसक्ने घटनाबारे जानकारी गराउँदछ भन्ने विश्वास गर्दछन्।
त्यतिमात्र हैन सपनामा के दखियो अनि त्यसले गर्दा के हुन्छ भन्नेबारे पनि चर्चा हुन्छ। विभिन्न मनोवैज्ञानिकहरु सपनाबारे अहिले पनि खोज तथा अनुसन्धान गरिरहेका छन्। कसैलै सपनालाई मानिसको कल्पना भनेका छन् त कसैले यसलाई ऐनाको रुपमा व्याख्या गरेका छन्। खैर जे होस् यहाँ चर्चा गर्यौँ सपनाबारे केहि रोचक तथ्यहरुः
१. सपना धेरै समयसम्म यादमा रहँदैन
विज्ञहरूका अनुसार हामीले देखेका सपना सबै सझ्नि सक्दैनौँ। सपनाको करीब ९० प्रतिशत …
सुन बारे हामीलाई थाहा नभएका यी रोचक तथ्य
एजेन्सी : सुन एक बहुमूल्य धातु भएकाले यसको महत्व संसारभरि नै छ । नेपालमा पनि सुनका गहना लगाउने प्रचलन धेरै भएकाले सुनलाई विशेष महत्व दिइन्छ । सुनलाई नचिन्ने नजान्ने कोही छैन् । तर सुनसँग सम्बन्धित केही रोचक तथ्यहरु छन् । जसबारे हामी धेरै जानकार नहुन सक्छौं ।
समुद्रमा यतिधेरै सुन छकी समुद्रको सबै सुन निकाल्ने हो भने पृथ्वीका प्रत्येक व्यक्तिलाई चार किलोका दरले भाग लगाउँन पुग्छ ।
पृथ्वीको सबैभन्दा भित्री भागमा धेरै सुन छ । पृथ्वीको आकार निर्माण भइरहँदा सुन पृथ्वीको भित्र भासिदै गएको वैज्ञानिकहरु बताउँछन् ।
न्दैमा आश्चर्य लाग्ने कुरा के भने कुनै …
