गणित, विज्ञान र कम्प्युटर अंग्रेजीमै पढाउनुपर्ने प्रस्ताव
२७ भदौ, काठमाडौं । सरकारले नेपालका विद्यालयमा मातृभाषासँगै नेपाली, संस्कृत र अंग्रेजी भाषामा पनि पढाउन पाइने प्रस्ताव गरेको छ ।
बुधबार संघीय संसद सचिवालयमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकमा शिक्षणको माध्यमभाषा मातृभाषा, नेपाली, संस्कृत र अंग्रेजी हुने व्यवस्था गरिएको छ । तर माध्यम भाषा जे सुकै भए पनि विज्ञान, गणित र कम्प्युटर भने अंग्रेजी भाषामा नै पढाउनुपर्ने व्यवस्था विधेयकमा गरिएको छ ।
कुनै विदेशीले नेपालमा अध्ययन गर्दा नेपाली नपढे पनि हुने भएको छ । उसले नेपालीको सट्टा पाठ्यक्रममा निर्धारित भाषा अर्थात कुनै मातृभाषा, सस्कृत वा अंग्रेजी पढ्न पनि पाउनेछ ।
नेपाली मौलिक कला, …
एसईई रद्द गर्ने तयारी
२६ भदौ, काठमाडौं । सरकारले संसदमा दर्ता गर्ने तयारी गरेको विद्यालय शिक्षा सम्बन्धी विधेयकयमा माध्यमिक शिक्षा परीक्षा (एसईई) नरहने प्रस्ताव गरिएको छ ।
मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार अब कक्षा १० को परीक्षा विद्यालयले सञ्चालन गर्ने र कक्षा १२ को मात्रै राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने छ ।
उनले भने, ‘अब कक्षा १० को परीक्षा स्कुलले गर्छ र १२ को मात्रै बोर्डले गर्छ, एसईई हुँदैन ।’ बिसं. १९९० सालमा नेपालमा एसएलसी परीक्षा वोर्डको स्थापना भएको थियो । ८३ वर्षसम्म रहेको एसएलसीलाई २०७३ सालमा सरकारले शिक्षा ऐनको आठौं संशोधन गरेर सामान्य संशोधन गरेको …
आज अन्तर्राष्ट्रिय साक्षरता दिवस
भदौ २२, काठमाडौँ : आज अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन ९युनेस्को०को आह्वानमा सन् १९६७ देखि विश्वभर यो दिवस मनाइन्छ । यस वर्ष दिवसको नारा ‘प्रोमोटिङ लिटेरेसी फर अ वल्ड इन ट्रान्जिसनः बिल्डिङ द फाउन्डेसन फर सस्ट्यानेबल एन्ड पिसफुल सोसाइटिज’ रहेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दिवसका अवसरमा विद्यमान विद्यार्थी भर्नादर र साक्षरताका प्रगति विवरण प्रकाशन गरेको छ ।
नेपालमा पाँच वर्षमाथिको साक्षरता दर ७६ दशमलव दुई प्रतिशत छ । पन्ध्रदेखि ६० वर्षसम्मको साक्षरता दर ८५ प्रतिशत छ । नेपाल सरकारले एक दशकअघि …
कक्षा १२ को पुरक परीक्षा असोज ९ र १० गते हुने
भदौ २०, काठमाडौँ : राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११र१२) ले कक्षा १२ को ग्रेडवृद्धि (पुरक) परीक्षाको समय तालिका विशेष कारणले परिवर्तन भएको जनाएको छ । कार्यालयले आज एक सूचना जारी गरी राष्ट्रिय परीक्षा बोर्डले आउँदो असोज ६ गते शनिबार र ७ गते आइतबार सञ्चालन हुने भनिएको कक्षा १२ को ग्रेडवृद्धि ९पुरक० परीक्षा असोज ९ गते मङगलबार र १० गते बुधबार हुने जनाएको हो । परीक्षा बिहान ११ बजेदेखि २ बजेसम्म सञ्चालन हुने उक्त सूचनामा जनाएको छ ।
२०८० सालको कक्षा १२ को ग्रेडवृद्धि परीक्षामा सहभागी हुनका लागि यही …
नेपाली इन्जिनियर लाई जापानमा सुनौलो अवसर
१६ भदौ ,काठमाडौ । काठमाडौको युनिभर्सल इन्जिनियरिङ्ग एण्ड साइन्स कलेज र जापानको प्रतिष्ठित इन्जिनियरिङ्ग कम्पनी आइ एम ए सि इन्जिनिरिङ्ग प्रालि विच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
जापानमा व्यवसायिक शिक्षा र प्रशिक्षण भि इ टी तथा व्यावसायिक वृद्धि यू इ एस सि का विद्यार्थीहरुका लागी यो सम्झौता एउटा महत्वपुर्ण आयाम तय हुन सक्ने युनिभर्सल इन्जिनियरिङ्ग एण्ड साइन्स कलेजका प्रिन्सिपल ई.डा. भेष राज थापाले जानकारी दिए ।
हस्ताक्षर कार्यक्रममा अध्यक्ष पुर्ण भद्र अर्याल, आइ एम ए सी इन्जिनियरिङ्ग प्रालि का अध्यक्ष योशिहितो यामागुची तथा निर्देशक मासाकी ओसाकी लगायतको उपस्थिती रहेको थियो ।
यो रणनितिक …
आउँदो भदौ २२ सम्म आवेदन दिएर कक्षा १२ को ग्रेडवृद्धि परीक्षामा सहभागि हुन सकिने
साउन ३१, काठमाडौं : कक्षा १२ को ग्रेडवृद्धि (पुरक परीक्षा) असोज ६ र ७ गतेका लागि तय भएको छ। राष्ट्रिय परीक्षा बोर्डले सूचना जारी गर्दै पूरक परीक्षामा सहभागी हुने विद्यार्थीलाई भदौ ३१ गतेसम्म आवेदन फाराम भरिसक्न आग्रह गरेको छ।
पहिलो दिन असोज ६ गते अनिवार्य अंग्रेजी र एक विषयमा परीक्षा दिने सबै परीक्षार्थीहरूका सबै विषयको परीक्षा हुनेछ। दोस्रो दिन असोज ७ गते दुई विषयमा परीक्षा दिने विषयहरूमध्येको बाँकी रहेको विषयको परीक्षा सञ्चालन हुनेछ।
ग्रेडवृद्धि परीक्षामा सहभागी हुन चाहने विद्यार्थीले भदौ २२ भित्र बोर्डको खातामा ६ सय रूपैँया परीक्षा शुल्क बुझाइसक्नुपर्नेछ। सो अवधिभित्र …
साउन अन्तिम सम्ममा कक्षा १२ को नतिजा प्रकाशनको तयारी
साउन २८, काठमाण्डौ :राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशनको अन्तिम तयारी गरेको छ । उत्तरपुस्तिका परीक्षण सकेर कम्प्युटरमा डाटा इन्ट्री गराउने काम पनि अन्तिम चरणमा पुगेको छ ।
सम्पूर्ण कार्य सकेर अब प्राविधिक टिमसँग छलफल गरेर नतिजा प्रकाशनबारे निर्णय गरिने बोर्डका अध्यक्ष डा।महाश्रम शर्माले बताए । ‘लगभग सबै कुरा सकिएको छ । अब टेक्निकल कुरा बाँकी छ । टेक्निकल कुरा हेरेर निर्णय गर्छौ । शैक्षिक क्यालेण्डरमा यो महिनाको अन्तिम भित्रमा नतिजा प्रकाशन गर्ने भन्ने पनि छ । त्यही भएर यो महिनाभरमा निकाल्छौं ।’ उनले भने ।
प्राविधिक टिमसँग सल्लाह गरेर …
आँखा पाक्ने रोगको संक्रमण फैलिएपछि नवलपुरका पालिकाहरुमा सन्चालित विद्यालयद्वारा सार्वजनिक विदा घोषणा
कावासोतिमा साउन २४ देखि २६ गते सम्म र हुप्सेकोटमा साउन २३ देखि २६ गते सम्म विद्यालयहरुलाई सार्वजनिक विदा: आँखा पाक्ने रोग नियन्त्रण गर्न विषेश गरि सरसफाइ र सामाजिक दूरीमा ध्यान दिन भरतपुर आँखा अस्पतालका आँखा रोग विशेषज्ञ डा. कुमुदिनी सुवेदीको आग्रह ।
एनसञ्चार संवाददाता, साउन २२, नवलपुर : पछिल्लो समय देशैभर आँखा पाक्ने रोगको संक्रमण बढ्दै गएपछि संक्रमण रोक्न विभिन्न पालिकाहरुले विद्यालय नै बन्द गरिरहेका छन् , नवलपरासि (वर्दघाट सस्ता पूर्व), नवलपुरको दुई पालिका कावासोति नगरपालिका र हुप्सेकोट गाउँपालिकाले पनि एक सुचना जारि गर्दै विद्यार्थिहरुमा बढि मात्रामा यसको संक्रमण देखिएकोले विद्यालय …
गलकोटमा सामुदायिक विद्यालयका विद्यार्थी लिन घरघरमै गाडी
सुरेश छन्त्याल, साउन १९, बागलुङ : जिल्लाको गलकोट नगरपालिकाका सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई लिन घरघरै गाडी पुग्न थालेको छ । समायोजन र तह मिलानपछि विद्यालयबाट टाढा घर भएका बालबालिकालाई आउजाउ गर्न सहज होस् भन्ने उद्देश्यले नगरपालिकाले गाडीको व्यवस्था गरिदिएको हो।
आफूलाई घरमै गाडी लिन आएपछि विद्यार्थी पनि उत्साहित भएका छन् । दैनिक घण्टौँ लगाएर विद्यालय पुग्ने विद्यार्थी अहिले छोटो समयमा नै पुग्छन् भने समयमै घरमा फर्किने गरेका छन् । गलकोट नगरपालिकाको सबैभन्दा टाढाको बस्ती झिर्का र टोकरी गाउँ हुन् ।
यी गाउँबाट आधारभूत र माध्यमिक तह अध्ययन गर्न जनहित माध्यमिक विद्यालय …
गण्डकी आवासीय मा.वि.को नयाँ प्रयोग : बुकलेस फ्राईडे
एनसञ्चार संवाददाता, साउन १९, कावासोति : गण्डकी आवासीय माध्यामिक विद्यालयले शिक्षण सिकाईमा नयाँ अभ्यासको सुरुवात गरेको छ । नवलपुरको कावासोति नगरपालिका ८ मा रहेको विद्यालयले आजैदेखि हरेक शुक्रबारलाई पुस्तक विहिन (बुकलेस फ्राईडे) दिनको रुपमा कार्यक्रमहरु गरि फरक अभ्यास थालेको हो ।
नवलपुर जिल्लामै पहिलो पटक बुकलेस फ्राईडेको सुरुवात गरेको बताउँदै गण्डकी आवासीय मा.वि.का प्रमुख (प्रिन्सिपल) जगत प्रसाद भट्टराईले भने : “हामिले सैद्धान्तिक रुपमा दिईने किताबि ज्ञानलाई भन्दा पनि व्यवहारिक (प्राक्टिकल) सिकाईलाई प्राथमिकता दिन खोजेका हौँ । हप्तामा एक दिन किताब नलिई विद्यालय आउनु, पाठ्यक्रममा जे भनिएको छ त्यसलाई प्राक्टिकल्ली गर्नु, हेर्नु …
संघीय शिक्षा ऐनको विधेयक संसद्मा पेस गर्दै/बाहिर भने आन्दोलनको तयारि
साउन १६, काठमाण्डौ : सरकारले आज (मंगलबार) संघीय शिक्षा ऐनको विधेयक संसद्मा पेस गर्ने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केही दिन अगाडि एउटा कार्यक्रममा बोल्दै मंगलबार मन्त्रिपरिषद्ले मस्यौदा पारित गरी संघीय शिक्षा ऐनको विधेयक संसद्मा पठाउने बताएका थिए।
आइतबार समाजवादी विद्यार्थी मोर्चा घोषणा कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्रीले यसलाई गुणात्मक प्रकृतिको कदम हुने बताएका थिए।
‘म आज तपाईंहरुको अगाडि प्रधानमन्त्रीको हैसियतले भन्न चाहन्छु। पर्सि मंगलबार मन्त्रिपरिषद्को बैठकबाट पहिलोचोटि संघीय शिक्षा ऐन पारित गरेर सदनमा पठाइँदैछ। मलाई लाग्छ, यो आफैंमा निकै गुणात्मक प्रकृतिको कदम हुनेछ। र यसले शिक्षा क्षेत्रमा अहिले देखापरेका थुप्रै समस्याहरुलाई सम्बोधन …
विद्यालय शिक्षा विधेयक प्रस्तुत हुँदै
साउन १५, काठमाण्डौ : लामो समयदेखि प्रतीक्षा गरिएको सङ्घीय शिक्षासम्बन्धी विधेयकलाई परिमार्जन गरी नेपाल सरकारले ‘विद्यालय शिक्षा विधेयक’ चाँडै सङ्घीय संसद्मा प्रस्तुत गर्ने भएको छ । परिमार्जित उक्त विधेयक अघि बढाउन लागिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिए ।
उक्त विधेयक गत असारको पहिलो सातादेखि मन्त्रिपरिषद्को विधेयक समितिमा विचाराधीन अवस्थामा थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समाजवादी मोर्चामा आबद्ध दलनिकट विद्यार्थी सङ्गठनका पदाधिकारीसँग आइतबार गरेको भेटवार्तामा सो विधेयक यही साउन १६ गते संसद्मा पुग्ने बताएका थिए ।
प्रधानमन्त्रीको उक्त जानकारीपछि विधेयकबारे शिक्षा क्षेत्रमा थप चासो बढेको छ …
स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाको एसईई नतिजामा उल्लेखनीय सुधार।
एन सन्चार, १३ श्रावण,स्याङ्जा : यस वर्ष एसईईमा स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाका सामुदायिक विद्यालयमा अध्यन गर्ने विद्यार्थीहरूको एसईई नतिजामा उल्लेख्य शैक्षिक सुधार भएको छ । २०७८को SEE मा आवेदन दिएका २७३ छात्रछात्राहरुमध्ये १ जनाले ३.६-४.० जि.पि.ए.ल्याएका थिए । यस वर्ष २५१ छात्रछात्राले आवेदन दिएकामा ७ छात्रछात्राले ‘ ३.६-४.० जि.पि.ए. ल्याएका छन् । ‘गएको बर्ष ‘३.२-३.६’ जि.पि.ए.ल्याउने छात्रछात्राको संख्या १३ (४.७६%) जना थियो । यस बर्ष ३९ (१५.५३%) पुगेको छ । गएको बर्ष ४४ (१६.११%) जनाले ‘२.८.-३.२जि.पि.ए.मा उत्तीर्ण गरेका थिए । यस बर्ष ४३ (१७.१३%) जनाले ‘२.८.-३.२ जि.पि.ए. ल्याएका छन् । गएको …
विद्यालयका व्यवस्थापन समिति भंग गरेर वडाध्यक्षलाई जिम्मा दिने तयारि
साउन ८, कठमाण्डौ : काठमाडौं महानगरपालिकाले महानगरभित्र रहेका सबै सामुदायिक विद्यालयका व्यवस्थापन समिति भंग गर्ने निर्णय गरेको छ । असार ३० गते बसेको नगरसभाबाट मेयर बालेन्द्र शाहले हालको विद्यालय व्यवस्थापन समिति भंग गरेर सम्बन्धित वडाध्यक्षलाई अध्यक्षको जिम्मेवारी दिने प्रस्ताव पारित गराएका हुन् ।
महानगरका ३२ वडामा ८९ वटा सामुदायिक विद्यालय छन् । विद्यालय व्यवस्थापन समिति भंग गरेर वडाध्यक्षलाई जिम्मेवारी दिने महानगरको तयारी छ ।
उक्त निर्णय नगरसभाले पारित गरे पनि प्रमुख प्रशासकीय अधिकृतबाट प्रमाणीकरणपछि स्थानीय राजपत्रमा प्रकाशित भई कार्यान्वयनमा आउनेछ । नगरसभाले पारित गरेको निर्णय सामान्यतया १५ दिनभित्रमा प्रमाणीकरण गर्ने चलन छ ।
काठमाडौं …
हाल ४ वर्षे रहेको स्नातकलाई पुनः ३ वर्षे बनाउने त्रिविको तयारी
साउन ४, काठमाण्डौःत्रिभुवन विश्वविद्यालय९त्रिवि०ले केही वर्षअघि चार वर्षे बनाइएको स्नातक तहलाई पुनस्तीन वर्षमा झार्ने तयारी गरेको छ।
हाल चारवर्षे रहेको स्नातक तहको पढाइको प्रभावकारिता र उपयोगिताका बारेमा गरेको व्यापक छलफलपछि त्रिविले यस्तो तयारी गरेको हो।
त्रिविका अनुसार तीन वर्षेलाई चारवर्षे बनाउँदा निरन्तर विद्यार्थी सङ्ख्या घट्न थालेपछि यसलाई पुनस्तीनवर्षे बनाउने तयारी भएको हो। त्रिविले २०७१र७२ सालदेखि व्यवस्थापन संकायबाट स्नातक तहलाई चारवर्षे बनाउन सुरु गरेको थियो।
मानविकी तथा सामाजिकशास्त्र संकायमा चारवर्षे प्रावधान लागु भएको एक चक्र पनि पूरा भएको छैन चारवर्षे पढाइका लागि प्रथम ब्याचमा भर्ना भएका यस संकायका विद्यार्थीले अहिले तेस्रो वर्षको परीक्षा दिइरहेका …
चितवनको रत्ननगरमा कक्षा ११ र १२ बिहान पढाउन नपाइने
२९, असार, चितवन । चितवनको रत्ननगर नगरपालिकाले नगर क्षेत्र भित्र ११ र १२ का कक्षा बिहानी समयमा सञ्चालन गर्न रोक लगाएको छ ।
नगर शिक्षा अधिकारी बद्रीनारायण शर्माले एक सूचना जारी गर्दै कक्षा ११ मा बिहानी सत्रमा भर्ना नलिन र पठनपाठनसमेत नगर्न भनेका छन् ।
नगर क्षेत्र भित्रका कुनै पनि विद्यालयलाई कक्षा ११ बिहानमा सञ्चालन गर्न अनुमतिसमेत नदिइएको सूचनामा उल्लेख छ । नगरपालिकाले विद्यालय सञ्चालन भएको दिनमा विद्यालय समय अनिवार्य रुपमा ६ घण्टा हुनुपर्ने उल्लेख गरेको छ ।
बिहानी कक्षा सञ्चालन गर्ने विद्यालयले अनिवार्य रुपमा ६ घण्टा कक्षा सञ्चालन गर्नुपर्नेमा नगराएको पाइएकोले बिहानी …
शिक्षकहरुका लागि शैक्षिक सामाग्री प्रतियोगिता गर्दै कावासोती नगरपालिका
कावासोती । नवलपुरको कावासोती नगरपालिकाले शैक्षिक सामाग्री निर्माण प्रतियोगिता आयोजना गर्न भएको छ ।
नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा कार्यरत शिक्षकहरुद्वारा निर्मित शैक्षिक सामाग्रीलाई नगर स्तरीय प्रतिस्पर्धामा मुल्यांकन गरेर पुरस्कृत गरिने नगरपालिकाको शिक्षा शाखाका शाखा अधिकृत राजन पाण्डेले जानकारी दिए ।
नगरपालिकाले यहि असार ३१ गते सम्म शिक्षकद्वारा निर्मित शैक्षिक सामाग्री शिक्षा शाखामा पेस गर्न सूचना गरेको छ ।
सूचना भनिए अनुसार उत्कृष्ट हुने शैक्षिक सामाग्रीलाई नगर स्तरीय प्रदर्शनीमा राखिने , उत्कृष्ट शैक्षिक सामाग्री निर्माण गर्ने शिक्षकलाई पुरस्कृत गरिने तथा नगर स्तरीय शैक्षिक सामाग्री निर्माणका लागि आयोजना गरिने तालिम तथा कार्यशालामा विज्ञको रुपमा …
जीपीएमा होइन, जिन्दगीमा सफलता खोजौं
एकजना आफन्तलाई एसईईको नतिजा आएको थाहा पाउनासाथ फोन गरें, ‘छोरीको रिजल्ट के भयो ? कति जीपीए ल्याइछन् नानीले ?’
साहित्यमा निकै रुचि राख्छिन् नानीले, बेलाबेलामा कविता पनि लेख्छिन् । मिहिनेती, इमानदार स्वभावकी नानीको पढाइप्रति निरन्तरको लगाव देख्थें, पक्कै राम्रो नतिजा ल्याइन् भन्नेमा संशय थिएन ।
मेरो कौतूहलमा ती आफन्त खासै खुशी देखिइनन् ।
‘खै के भन्नु र ? ल्याउन त ल्याई तर उसले जति सोचेकी थिई त्यस्तो भएन … । हेर्नु न … जम्मा ३.६५ जीपीए मात्रै आएछ ।’
यो जीपीएलाई प्रतिशतमा परिणत गर्दा झन्डै ८९ प्रतिशत हुने रहेछ । तर पनि यी आफन्त …
एसइईको ग्रेड वृद्धि परीक्षा साउन २६ र २७ गते हुने
२३ असार, काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसइई) को पूरक (ग्रेडवृद्धि) परीक्षा आगामी साउनमा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले एक सूचना प्रकाशित गरी पूरक परीक्षा साउन २६ र २७ गते हुने जनाएको छ ।
अन्तिम ग्रेड ‘सी’ वा ‘सी’भन्दा कम प्राप्त गरेका विद्यार्थीले पूरक परीक्षा दिन पाउने छन् । बढीमा दुई विषयसम्म अनुपस्थित रहेका परीक्षार्थीले पनि पूरक परीक्षा दिन पाउने बोर्डले जनाएको छ । ग्रेडवृद्धिका लागि साउन २१ गतेभित्र फारम भरेर विद्यालयबाट शिक्षा विकास तथा समन्वय एकाइमा पेस गर्नुपर्ने उक्त सूचनामार्फत जनाइएको छ ।
परीक्षा रद्द भएका …
शिक्षकहरुका लागि शैक्षिक सामाग्री प्रतियोगिता गर्दै कावासोती नगरपालिका
कावासोती । नवलपुरको कावासोती नगरपालिकाले शैक्षिक सामाग्री निर्माण प्रतियोगिता आयोजना गर्न भएको छ ।
नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा कार्यरत शिक्षकहरुद्वारा निर्मित शैक्षिक सामाग्रीलाई नगर स्तरीय प्रतिस्पर्धामा मुल्यांकन गरेर पुरस्कृत गरिने नगरपालिकाको शिक्षा शाखाका शाखा अधिकृत राजन पाण्डेले जानकारी दिए ।
नगरपालिकाले यहि असार ३१ गते सम्म शिक्षकद्वारा निर्मित शैक्षिक सामाग्री शिक्षा शाखामा पेस गर्न सूचना गरेको छ ।
सूचना भनिए अनुसार उत्कृष्ट हुने शैक्षिक सामाग्रीलाई नगर स्तरीय प्रदर्शनीमा राखिने , उत्कृष्ट शैक्षिक सामाग्री निर्माण गर्ने शिक्षकलाई पुरस्कृत गरिने तथा नगर स्तरीय शैक्षिक सामाग्री निर्माणका लागि आयोजना गरिने तालिम तथा कार्यशालामा विज्ञको रुपमा …
