आसालाग्दो गित “पाली खरको” सार्वजानिक (भिडियो सहित)
निस्चल गौडेल ,फाल्गुण २३ ,कावासोती ||
थ्री स्टार मिडियाले फेरी पनि उत्कृष्ट र आसालाग्दो गीत ‘पाली खरको’ युट्युवमा सार्वजनिक गरेको छ । पछिल्लो समय उत्कृष्ट गीतहरु बजारमा ल्यायर चर्चा वटुल्न सफल यस मिडियाले भर्खरै सार्वजानिक गरेको यस गितमा माया प्रेममा एकअर्का बिच विश्वाश हराउँदै गएको भावलाइ श्रव्य दृष्य मार्फत प्रस्तुत गरेको छ ।
रमेश गौतम र सरिता अधिकारीको आवाजमा सजियको उक्त गितमा कमल अर्यालको शब्द सिर्जना रहेको छ भने लय टेक नारायण चापागाईं ‘टिएनसी’ ले सिर्जना गरेका हुन । सुनिल परियारको संगीत संयोजन गित वानडिबी एचडी काठमाडौंमा रेकर्डिङ गरिएको हो । गीतको …
प्रमिला वस्नेतको शिर्जना, कृष्ण र रचनाको स्वरमा “घरि घरि” सार्वजानीक (भिडियो सहित)
निस्चल गौडेल,कावासोती – फाल्गुन -२३ – २०७७
पछिल्लो समय वजारमा विभिन्न प्रकृतीका गितहरुले आफ्नो अस्तित्व कायम गरिरहेका छन । यसै विच क्यानडा निवासी नेपाली नारी प्रमिला वस्नेतले नेपाली सङ्गित क्षेत्रमा केही योगदान गर्नुपर्छ भन्ने उदेस्यका साथ नेपाली साङ्गितिक आकासमा आफ्ना सिर्जनाहरुलाइ पुर्ण दिनतर्फ व्यस्त देखीनुभएको छ ।
केही समय अगाडी उहाको को हो तिमी वोलको गित वजारमा आइसकेको छ । फर्कि आउ मेरो हजुर , भगेरी चरि, लगाएतका कयौ गितहरुको सिर्जना गरिसक्नुभएकी वस्नेतको फेरी अर्को आसालाग्दो गित “घरि घरि” वजारमा आएको छ ।
चर्चित गाएक कृष्ण काफ्ले र रचना रिमालको स्वर रहेको उक्त …
चौथो राष्ट्रिय समावेशी म्यूजिक अवार्ड (निम अवार्ड)का लागी ५३ विधामा उत्कृष्ट परेकाहरुको मनोनयन सार्वजानिक
काठमाडौं – पीम नेपालको प्रस्तुती रहेको नेपालको पहिलो समावेशी अवार्ड “चौथो राष्ट्रिय समावेशी म्युजिक अवार्ड २०२१”को मनोनयन सूची सार्वजनिक गरिएको छ । आयोजकले एक विज्ञप्ति मार्फत ५३ विधाका लागी आज उत्कृष्ट परेकाहरुको मनोनयन सूचि सार्वजनिक गरेको हो ।
नेपाल भित्र छरिएर रहेका विविध भाषामा तैयार भएका गीत संगीतहरुको प्रवद्र्धनमा सहयोग पुर्याउने उदेश्यले विगत तीन वर्षदेखि नियमित आयोजना हँुदै आएको अवार्ड श्रष्टा र सर्जकहरुलाई प्रोत्साहन गर्ने उदेश्यले नियमित आयोजना हुँदै आएको कार्यक्रमका अध्यक्ष माधवराज खरेलले वताउनुभयो ।
यसपटकको अवार्डमा नेपाली मुलभाषा अन्तर्गत (स्वदेशगान, गजल, आधुनिक, पप, लोकपप र लोकदोहोरी सहित ६ विधा समावेश …
प्रमिला वस्नेतको घरि घरि वजारमा आउदै ।
निस्चल गौडेल,कावासोती ।। पछिल्लो समय वजारमा विभिन्न प्रकृतीका गितहरुले आफ्नो अस्तित्व कायम गरिरहेका छन । यसै विच क्यानडा निवासी नेपाली नारी प्रमिला वस्नेतले नेपाली सङ्गित क्षेत्रमा केही योगदान गर्नुपर्छ भन्ने उदेस्यका साथ नेपाली साङ्गितिक आकासमा आफ्ना सिर्जनाहरुलाइ पुर्ण दिनतर्फ व्यस्त देखीनुभएको छ ।
केही समय अगाडी उहाको को हो तिमी वोलको गित वजारमा आइसकेको छ । फर्कि आउ मेरो हजुर , भगेरी चरि, लगाएतका कयौ गितहरुको सिर्जना गरिसक्नुभएकी वस्नेतको फेरी अर्काे आसालाग्दो गित घरि घरि वजारमा आउने तयारीमा रहेको छ ।
चर्चित गाएक कृष्ण काफ्ले र रचना रिमालको स्वर रहेको …
गाएक कृष्ण काफ्लेको ” पिर ” वजारमा
लोक गाएक कृष्ण काफ्लेको नया गित वजारमा आएको छ । पिर वोलको उक्त गितमा गाएक काफ्ले र मोडल तथा कार्यक्रम सञ्चालीका सोभा त्रिपाठीको आवाज रहेको छ । शव्द सङ्गित र लय कृष्ण काफ्लेको नै रहेको उक्त गितमा महेस पुनको एरेन्ज र कृष्ण पुनको सम्पादन रहेको छ ।
म्युजिक वैकं स्टुडियो मा रेकर्ड गरिएको उक्त गितको भिडियोमा स्वयं काफ्ले र सोभा त्रिपाठीको दमदार अभिनय रहेको छ । गितको भिडियो निर्देशन पछिल्लो समयकी चर्चित निर्देशक स्मृती तिमिल्सिनाले गरेकी हुन भने सिनेमेटोगा्रफ सुरेश श्रेष्ठको छ । प्रकास धमलाले सम्पादन गरेका उक्त भिडियोका पोष्ट प्रोड्क्सन …
तेजस रेग्मि र सलिना अधिकारीको ” मुटु फिर्ता ” वजारमा
निस्चल गौडेल कावासोती
संगीतकार तथा सर्जक तेजस रेग्मी र गायिका सलिना अधिकारीको आवाजमा दोहोरी गीत मुटु फिर्ता बजारमा आएको छ ।
तेजस रेग्मीको शब्द, संगीत रहेको गीतलाई एस वि के इन्टरटेन्टमेन्ट बाट रिलिज गरिएको हो ।
छोटो समयमा नै चर्चा बटुल्न सफल भिडियोमा तेजस रेग्मी, लोमश शर्मा र पवित्रा काफ्लेको दमदार अभिनय देख्न सकिन्छ । शिब बिकको निर्देशनमा तयार गरिएको भिडियो जनता डिजिटल एण्ड फिल्म्सको ब्यानरमा तयार गरिएको हो ।
दिपक गिरीको छायांकन रहेको उक्त भिडियो अमृत चापागाईले सम्पादन गरेका हुन् ।
भिडियो हेर्न यहा क्लिक गर्नुहोस ।
४० प्रतिशतसम्म भाडा बढाउनुपर्ने यातायात व्यवसायीको माग
६ फागुन, काठमाडौं । यातायात व्यवसायीहरुले तेल र सवारीजन्य पार्टपूर्जामा भएको मूल्यवृद्धिलाई कारण देखाएर ४० प्रतिशतसम्म भाडा बढाउनुपर्ने माग गरेका छन् । सरकारले एक सातामै दुई पटक तेलको मूल्य बढाएपछि यात्रुबाहक तथा मालबाहक सवारीधनीहरुले अहिले भाडादरले व्यवसायमा टिक्न नसकिने बताएका छन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले गत माघ २९ गते नै विज्ञप्ति जारी गरेर पटक-पटक तेलको मूल्यमा भएको वृद्धि एकमुष्ट रुपमा फिर्ता लिन माग गरेको थियो । महासंघले फागुन ८ गतेसम्म मूल्यवृद्धि फिर्ता नलिए आवश्यक निर्णय लिने गरी अल्टिमेटम दिएको छ ।
तर, सरकारले यसै हप्ता फेरि तेलको मूल्य बढाएको छ …
आन्दोलन गर्न हामीसँग पैसा छैन, जबरजस्ती बोलाउन सक्दैनौं : देउवा
६ फागुन, पोखरा । नेपाली कांग्रेका सभापति शेरबहादुर देउवाले हठात प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई ध्रुविकरणमा लगेको बताएका छन् । देश संसद पुनस्र्थापनाको पक्ष र विपक्षमा बाँडिएको भन्दै उनले अदालतले गर्ने फैसला स्वीकार्य हुने बताए ।
बिहीबार नेपाल मगर संघको गण्डकी प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै देउवाले अदालतले पुनस्र्थापना गरे स्वीकार गर्ने बताए । उनले भने, ‘अदालतले पुनस्थार्पना गर भन्यो भने स्वीकार गर्छौं, चुनाव गर भन्यो भने पनि स्वीकार गर्छौं ।’
जुलुस निकालेर अदालतलाई यसो गर, उसो गर भनेर भन्न नहुने उनले दोहोर्याए । जुलुस हेरेर फैसला गर्ने अवस्था आए …
‘जनता सडकमा निस्किन थालेपछि तानाशाहको सातो गयो’
३० माघ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध अभिव्यक्ति दिएको भन्दै राज्यविरुद्धको कसुरमा बिहीबार दिउँसो एक बजे निवासबाटै गिरफ्तार गरिएकी रामकुमारी झाँक्रीलाई प्रहरीले साढे पाँच घण्टापछि छाड्यो ।
प्रहरीले गरेको सोधपुछका क्रममा उनले राष्ट्रपति संस्थाप्रति सधैं सम्मान रहेको बताएकी छन् । शुक्रबार बिहान अनलाइनखबरसँगको कुराकानीमा पनि उनले राष्ट्रपति संस्थाबारे सम्मान जनाउने तर व्यक्तिको प्रवृत्तिबारे बोल्न नछोड्ने बताइन् । झाँक्रीले भनिन्, ‘सम्मानित राष्ट्रपति संस्थाप्रति जहिले पनि मर्यादा छ । व्यक्तिको प्रवृत्तिविरुद्ध हामी सडकमा छौं । लडेर पराजित गर्छौं । हाम्रो उपलब्धिमाथि आक्रमण गर्दै निरंकुशतातर्फ लागेका कार्यकारीको साक्षी बस्ने राष्ट्रपतिलाई त कारबाही हुन्छ ।’
प्रस्तुत …
कुलमान घिसिङले नभई आफैंले लोडसेडिङ हटाएको ओलीको दाबी
३ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई लोडसेडिङ मुक्त गराउने काम कुलमान घिसिङले नभई आफूले गरेको दाबी गरेका छन् । लोडसेडिङ हटाएको जस अरुले लिन खोजे पनि भारतसँग विद्युत खरिद सम्झौता गरेर आफूले लोडसेडिङ हटाएको उनको भनाइ छ ।
प्रधानमन्त्री ओलीले सोमबार काठमाडौंमा आयोजित उद्योगी तथा व्यावसायीको राष्ट्रिय भेलामा बोल्दै उनले भने, ‘जस विभिन्नले लिन खोजे, मलाई जसको कुरा होइन तर भारतबाट विद्युत ल्याउने सहमति मैले गरेको हुँ ।’
भारतबाट विद्युत किन्ने, देशभित्रै उत्पादन बढाउने चाँजोपाँजो मिलाउने र प्रसारण लाइन सुधार गर्ने लगायतका काम आफूले गरेको ओलीले बताए ।
नेकपा ओली …
कुलमानलाई रोक्न प्रतिस्पर्धाको तर्क, शाक्यलाई सोझै नियुक्ति
२७ माघ, काठमाडौं । गत भदौ २९ गते तत्कालीन ऊर्जामन्त्री वर्षमान पुनले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः नियुक्त गर्ने प्रस्ताव राख्दा प्रधानमन्त्री केपी शर्मा ओलीले भनेका थिए– ‘कानुनअनुसार बुझौंला ।’
कुलमानको पुनः नियुक्ति माग्दै जनस्तरबाट आन्दोलन नै भएपछि कानुन, प्रक्रिया, प्रतिस्पर्धा लगायत कारण देखाएर सरकार पन्छिएको थियो ।
त्यतिबेला नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले कुलमानलाई दोहोर्याउन सरकारसँग आग्रह गर्दै ट्विट गरेपछि प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जालमा जवाफ दिएका थिए– कुलमान घिसिङको पक्ष–विपक्षमा आ–आफ्ना मत/अभिमत होलान् । ‘नेपाल आमाका सपुत’को पुनर्नियुक्तिको कानुनी व्यवस्था एउटा र गैरसपुतको अर्कै हुने हो कि प्रक्रियामा …
दोस्रो निर्मला प्रकरण हुन पाएन भागरथी हत्या !
५ फागुन, काठमाडौं । खोचलेक प्रहरी चौकी, बैतडीमा सामान्य अवस्थामा प्रहरी नायब निरीक्षक (सई) को कमाण्डमा १० जनाको टोली बस्थ्यो । अझ दरबन्दी त प्रहरी सहायक निरीक्षक (असई) को मात्रै हो, सुरक्षा संवेदनशीलताका कारण पछिल्लो समय सई खटाउन थालिएको थियो ।
तर पछिल्लो दुई साता ७५ जना प्रहरी अधिकारीहरुले यही चौकीमा अड्डा जमाए, सिंगो मुलुकलाई स्तब्ध पार्ने गरी भएको १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्याको गुत्थी सुल्झाउन खटिए ।
यो टोलीमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, क्षेत्रीय अनुसन्धान टिम (आरआईटी), संघीय प्रहरी इकाई, केन्द्रीय अनुसन्धान ब्युरो, जिल्ला प्रहरी कार्यालय, बैतडीका गरी ४५ …
भागरथी हत्या प्रकरणका आरोपित प्रहरीद्वारा सार्वजनिक
५ फागुन, काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिका–७ मा १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्न दिनेश भट्टलाई प्रहरीले सार्वजनिक गरेको छ ।
भागरथी पढ्ने सनातन माध्यमिक विद्यालयको कक्षा ११ मा पढ्ने भट्टको प्रकरणमा संलग्नता पुष्टि भएपछि उनलाई प्रहरीले सार्वजनिक गरेको हो ।
सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख उत्तमराज सुवेदीले जिल्ला प्रहरी कार्यालय, बैतडीमा आयोजित पत्रकार सम्मेलनमा प्राप्त प्राविधिक प्रमाण, प्रत्यक्षदर्शी, साबिती बयान लगायतका आधारमा भट्टलाई पक्राउ गरिएको बताए ।
भट्टले प्रहरीसँग दिएको बयानमा प्रतिसोध साध्न भागरथीको हत्या गरेको बताएका छन् । भागरथीको बुबाले आफ्नी फूपूलाई दुर्व्यवहार गरेकाले उनको हत्या गरेको भट्टले बताएको प्रहरीले जनाएको छ ।
घटनापछि …
