अन्ततः फुट्नेनै भयो एमाले,घोषणा हुन बाकी
काठमाडौं । झण्डा र व्यानर एउटै प्रयोग भइरहेपनि व्यावहारिक रूपमा प्रष्ट दुई संगठन संरचनामा सञ्चालन भइरहेको नेकपा एमालेको विवाद निर्वाचन आयोग पुगेको छ ।
अध्यक्ष केपी शर्मा ओलीले गरेका निर्णयहरू वैधानिक नभएको भन्दै खारेज गर्नुपर्ने मागसहित माधवकुमार नेपाल समूहले आइतबार मात्रै आठ पृष्ठ लामो निवेदन आयोगमा दर्ता गराएको हो । यो समूहले अदालतको फैसलाअनुसार २ जेठ २०७५ कै अवस्थामा एमाले फर्किनुपर्ने मागदाबी गरेको छ ।
‘फरक मत राख्नेहरूलाई निषेध गरेर बढ्ने काम भयो । त्यसैले अदालतको फैसला अनुसार पार्टी चल्नुपर्छ भनेर आयोगमा निवेदन दिएका छौं,’ नेता बेदुराम भुसाल भन्छन् । वार्ता र …
ओलीको तर्क : माओवादीसँग तत्काल सहकार्य र एकता सम्भावना छैन
काठमाडौं : प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रसँग तत्काल कुनै सहकार्य र एकताको सम्भावना नरहेको स्पष्ट पारेका छन्।
बालुवाटारमा बोलाएको संसदीय दलको बैठकमा उनले माओवादीसँग एकताको कुनै सम्भावना नरहेको स्पष्ट पारेका हुन्।
‘हामी पार्टीलाई अब विल्कुलै नयाँ शिराबाट लान चाहान्छौँ। त्यसैले अहिले माओवादीसँग एकताको कुनै सम्भावना छैन’, ओलीको भनाइ उद्धृत गर्दै एक सांसदले भने, ‘हामीसँग विचार मिल्नेहरूलाई सँगै लिएर अगाडि बढ्छौँ।’
उनले पार्टीलाई नयाँ शिराबाट लाने भएकाले कसैलाई छुवाछुत नगरी अगाडि बढ्नेसमेत बताए। ‘हाम्रो विचारसँग नजिक रहेको दल वा व्यक्तिसँग हाम्रो निरन्तर सहकार्य हुन्छ’, ओलीले भने।
उनले बैठकमा विधान संशोधन किन …
दुइ तिहाइको ऐतिहासीक अवसर गुमाएको नेकपाको ४१ महिना (फर्केर हेर्दा)
२५ फागुन, काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रको शीर्ष नेतृत्वले दिएको ‘दसैं बम्पर उपहार–२०७४’ ले मुलुकमा सानो कम्पन ल्याएको थिएन । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन आउन दुई महिना पनि बाँकी थिएन । निर्वाचनको तयारी तीब्र थियो । दसैं मनाउन गाउँ गएकाहरू राजधानी फर्किएका थिएनन् ।
दसैंको टीकाकै भोलिपल्ट (१५ असोज २०७४ मा) सहमति जुट्यो– नेकपा एमाले र नेकपा माओवादी केन्द्र बीच वाम गठबन्धन बनाउने । नेपाली काँग्रेस नेतृत्वको संयुक्त सरकारमा रहेका माओवादी र प्रमुख विपक्षी दल एमाले बीच १७ असोज २०७४ मा गठबन्धन घोषणा भयो ।
सत्ता साझेदार काँग्रेस नराम्रो गरी …
नेपाल शान्तिपूर्ण युगमा प्रवेश गरेको छ : प्रधानमन्त्री ओली
२१ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल शान्तिपूर्ण युगमा प्रवेश गरेको बताएका छन् । सरकार र विप्लव समूहबीच भएको सहमतिमा हस्ताक्षर गर्न शुक्रबार आयोजित समारोहमा उनले नेपालमा अब हिंसात्मक द्वन्द्व नरहेको बताएका हुन् ।
ओलीले भने, ‘अब कुनै पनि पार्टीले हिंसात्मक बाटो र कार्यदिशा अवलम्बन गरिरहेको छैन । यसको अर्थ नेपालमा हिंसात्मक द्वन्द्व छैन, शान्ति छ ।
उनले समूहका महासचिव नेत्रविक्रम चन्दको एउटा निर्णयबाट मुलुकले उपलब्धि हासिल गरेको भन्दै विप्लवलाई धन्यवाद पनि दिएका छन् ।
सरकार र विप्लव समूहबीच भएको तीनबुँदे सहमतिमा के छ ?
२१ फागुन, काठमाडौं । सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच तीनबुँदे सहमतिमा हस्ताक्षर भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवको उपस्थितिमा दुबै पक्षको वार्ता टोलीका संयोजकहरु रामबहादुर थापा बादल र खड्गबहादुर विश्वकर्माले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।
सहमति पत्र
१. दुबै पक्ष नेपाल सरकार नेपाल कम्युनिस्ट पार्टी देशको राजनीतिक समस्याहरु वार्ता र सम्वादबाट समाधान गर्न सहमत भएका छौं ।
२ नेपाल कम्युनिस्ट पार्टी आफ्ना सबै राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रुपमा गर्न सहमत भएको छ ।
३ नेपाल सरकार नेपाल कम्युनिस्ट पार्टीमाथि लगाएको प्रतिबन्ध हटाउन, कारागारमा …
प्रधानमन्त्री ओली र विप्लवले आज एउटै मञ्चबाट सम्बोधन गर्दै : कतिको प्रगाढ रहला ओली विप्लव सम्वन्ध ?
काठमाडौं : सरकार र प्रतिबन्धित नेपाल कम्यूनिष्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले आज एउटै मञ्चबाट सम्बोधन गर्ने भएका छन्। हिजो भएको सरकार र विप्लव समूहको वार्ता टोलीबीच भएको वार्ता सफल भएको छ।
दुई पक्षबीच तीन बुँदे सहमति भएको छ। विस्तृत सहमति आज नै प्रधानमन्त्री केपी शर्मा ओली र विप्लव नेतृत्वको नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले सार्वजनिक गर्नेछन्। औपचारिक वार्ता शुरु भएको दोस्रो दिनमै सरकार र विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीबीच सहमति भएको हो। तीन बुँदे सहमतिमा सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा र नेकपाका तर्फबाट खड्कबहादुर विश्वकर्मा प्रकाण्डले हस्ताक्षर गरेका छन्।।
सरकारले …
संसदमा प्रचण्ड–माधव र ओली : के के छन् कानुनी जटिलता ?
१८ फागुन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवाद उसको संसदीय दल र प्रतिनिधिसभामा पुगेको छ ।
अंकको हिसाबले लगभग समान हैसियतमा रहेका प्रधानमन्त्री केपी ओली समूह र पुष्पकमल दाहाल प्रचण्ड–माधव नेपाल समूह दुवैका लागि कानुनी जटिलताहरु छन् ।
सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभाको बैठक आह्वान गरेकाले अब नेकपाभित्रको विवाद र संसदीय अंकगणित प्रक्रियाबाटै अगाडि बढ्ने लगभग निश्चित छ ।
ओलीका लागि कति सहज ?
प्रम ओली र उनी नजिकका नेताहरुले भनिरहेका छन्– प्रधानमन्त्रीले संसदमा अविश्वासको प्रस्तावसहित सबै परिस्थितिको सामना गर्नुहुन्छ । तर, सर्वोच्च अदालतको आदेशपछि प्रतिनिधिसभामा रहेका अन्य राजनीतिक दलहरु विपक्षमा भएका कारण …
प्रधानमन्त्री ओलीद्वारा पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन :
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गर्नुभएको छ ।
एक वर्ष अघि सञ्चालनमा आएको झापाको विर्तामोडमा रहेको क्यान्सर अस्पतालको प्रधानमन्त्रीले उद्घाटन गर्नुभएको हो । अस्पताल सञ्चालनमा आएसँगै पूर्व क्षेत्रमा रहेको क्यान्सरका बिरामीहरू भारत जानुपर्ने वा काठमाडौं आउनुपर्ने बाध्यता हटेको छ ।
अस्पताल उद्घाटनमा प्रधानमन्त्री ओलीसँगै संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ, मन्त्रीहरू भानुभक्त ढकाल, गोपालमान श्रेष्ठ, प्रभु साह, कलाकारहरू मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, मनिषा कोइराला र भारतीय अनिनेतृ सोनाली बेन्द्रेलगायतको पनि उपस्थित हुनुहुन्छ ।
केही मतिभ्रष्ट व्यक्तिले राष्ट्रपतिलाई महाभियोग लगाउन सक्छन् : प्रधानमन्त्री ओली
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले कही व्यक्तिले राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाअभियोग लगाउन सक्ने बताएका छन्। हिमालय टेलिभिजनमा प्रशारण भएको कार्यक्रम ‘यक्ष प्रश्न’मा बोल्दै प्रधानमन्त्री ओलीले केही व्यक्तिले राष्ट्रपति भण्डारीलाई केही मतिभ्रष्ट व्यक्तिहरुले महाभियोग लगाउन सक्ने बताएका हुन्।
सरकारले आगामी फागुन २३ गते संसद बैठक बाेलाउन राष्ट्रपति समक्ष सिफारिस गरेकाे छ। राष्ट्रपति भण्डारी प्रधानमन्त्री ओलीकाे उत्तराधिकारीजस्तै भएकाे प्रचण्ड नेपाल समूहले आरोप लगाउँदै आएकाे छ।
प्रधानमन्त्री ओलीले राष्ट्रपतिले सरकारले सिफारिस गरेका काम कारबाहीबारे निर्वाध रुपमा सदर गर्नुपर्ने पनि बताए। उनले संविधानले राष्ट्रपतिलाई यही अधिकार दिएकाे जिकिर गरे।
कार्यक्रममा सोधिएको नेपालको दोस्रो राष्ट्रपतिमाथि महाअभियोग लगाउने चर्चा चलिरहेको …
आन्दोलन गर्न हामीसँग पैसा छैन, जबरजस्ती बोलाउन सक्दैनौं : देउवा
६ फागुन, पोखरा । नेपाली कांग्रेका सभापति शेरबहादुर देउवाले हठात प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई ध्रुविकरणमा लगेको बताएका छन् । देश संसद पुनस्र्थापनाको पक्ष र विपक्षमा बाँडिएको भन्दै उनले अदालतले गर्ने फैसला स्वीकार्य हुने बताए ।
बिहीबार नेपाल मगर संघको गण्डकी प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै देउवाले अदालतले पुनस्र्थापना गरे स्वीकार गर्ने बताए । उनले भने, ‘अदालतले पुनस्थार्पना गर भन्यो भने स्वीकार गर्छौं, चुनाव गर भन्यो भने पनि स्वीकार गर्छौं ।’
जुलुस निकालेर अदालतलाई यसो गर, उसो गर भनेर भन्न नहुने उनले दोहोर्याए । जुलुस हेरेर फैसला गर्ने अवस्था आए …