नेपाल मगर संघ हुप्सेकोटको दोस्रो अधिबेशन सम्पन्न ।।

  • समाचार
  • २०७७ चैत्र २१, शनिबार २३:५१

शारदा झेडिमगर ,२२ चैत्र – नेपाल मगर संघ हुप्सेकोट गाउपालिकाको दोस्रो अधिबेशन हिजो झ्यालबास्को डिहि स्थित मगर संग्रहालयको भवनमा सम्पन्न भएको छ ।

अधिबेशनले रुपा राना मगरको अध्यक्षतामा १७ सदस्यीय समिति सर्बसम्म्त चयन गरेको हो । जसको उपाध्यक्षमा दल बहादुर सोति मगर, सचिबमा मन बहादुर फाल मगर,सहसचिव निरु कुमारी थापा मगर, सङ्ठन सचिब भिमप्रसाद राना, कोषअध्यक्षमा कृष्ण बहदुर थापा मगर रहनु भएको छ ।

यसैगरी सदस्य हरुमा दमन्ती दर्लामी,देब बहादुर पाटा,अन्तमाया गाहा,हेम सारु मगर, तुलिसरा सोमै मगर, भबिलाल सुनारी मगर,सुरेश थापा मगर ,थमन सोति मगर, बिनिसरा ढेगा मगर,बम बहदुर सारु र देबसिङ सारु मगर रहनु भएको निर्वाचन मन्डलका सदस्य मदन बयम्बु मगरले जानकारी दिनु भयो।

मगर संघ हुप्सेकोट्का निबर्तमान अध्यक्ष नुन बहादुर आलेको अध्यक्षतामा सप्पन्न कार्यक्रममा जिल्ला अध्यक्ष इन्द्र फाल मगर प्रमुख अतिथी रहनु भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि फाल मगरले सामाजिक ,आर्थिक र राजनीतिक रुपमा सक्रिय रहि मगरहरुले आफ्नो अधिकार प्राप्तिका लागि लढ्नु पर्नेमा जोड दिनु भयो ।

सम्बन्धित समाचारहरूः

  • २०८१ फाल्गुन ४, आईतवार १८:१२
  • 48 views
१ रुपैयाँ पठाउँदा ११.३० अतिरिक्त शुल्क तिर्नुपर्ने बाध्यता, प्रमको आश्वासन ‘अलपत्र’ !

काठमाडौं । ठ्याक्कै पाँच महिनाअघि १५ सेप्टेम्बर २०२४ मा प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल पोस्टमार्फत डिजिटल भुक्तानीमा लाग्ने अतिरिक्त शुल्क हटाउने तयारी भएको जानकारी दिएका थिए । जाजरकोटका आफ्ना…

विस्तृत.....

  • २०८१ माघ २०, आईतवार २२:५३
  • 108 views
अर्जुनचौपारीमा एच.पि.भी खोप सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न ।

२० माघ, दिपक विश्वकर्मा: अर्जुनचौपारी गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा एच.पि.भी.खोप अभियान २०८१ अन्तर्गत पालिका खोप समन्वय समितिका पदाधिकारीहरुलाई १ दिने अभिमुखिकरण कार्यक्रम माघ २० गते आइतबारका दिन सम्पन्न भएको छ…

विस्तृत.....

Leave a Reply

Your email address will not be published. Required fields are marked *